कात्तिक १८, २०८०
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
काठमाडाैं | मंसिर २१, २०८०
ईपीएस अन्तर्गत कोरिया जान सीप बिल्डिङमा आवेदन दिएका परीक्षार्थीले म्यानुफ्याक्चरमा आफूहरूले पनि आवेदन दिन पाउनुपर्ने माग गर्दै ईपीएस कार्यालय ग्वार्को हाताभित्र प्रदर्शन गरेका छन् ।
यसअघि सीप बिल्डिङमा आवेदन दिएका तथा परीक्षा दिएकाहरूले म्यानुफ्याक्चरमा आवेदन दिन नपाउने नयाँ नियम आएसँगै उनीहरू आन्दोलित भएका हुन् । ३२ हजार परीक्षार्थीहरू भविष्यमाथि खेलवाड भएको भन्दै ईपीएस सीप बिल्डिङ पीडितहरू आन्दोलित भएका हुन् ।
जसमा ‘बुँदा नम्बर छ खारेज गर, २४ को कोटा २४ मै खोल, ३२ हजार विद्यार्थीमाथि खेलवाड गर्न पाइन्न’ लगायत मागहरू छन् । प्ले कार्ड बोकी परीक्षार्थीहरूले शान्तिपूर्ण प्रदर्शन गरेका हुन् । कोरियाको रोजगार अनुमति प्रणाली ईपीएसको सीप बिल्डिङमा ३२ हजारले आवेदन दिएका थिए ।
सिफलबाट आएका रामलाल श्रेष्ठले पहिले अरू क्षेत्रमा पनि काम गर्न पाइने भनियो तर अहिले अन्य क्षेत्रमा फारम भर्न पाइँदैन भनेपछि आन्दोलित हुनुपरेको बताए ।
‘हामीले पहिला सीप बिल्डिङ क्षेत्रमा फारम भर्यौ । त्यतिबेला हामीलाई अरु क्षेत्रमा पनि फारम भर्न पाउनुहुन्छ भनियो । तर अहिले अन्यमा नपाइने भनेर सूचना जारी गरियो’ उनले लोकान्तरसँग भने, ‘यो त हामीमाथि अन्याय भयो हामीले म्यानुफ्याक्चर क्षेत्रमा पनि फारम भर्न पाउनुपर्छ ।’
२०२४ को कोटा १२ दिन बाँकी हुँदा खुलाएकोमा पनि उनले आक्रोश व्यक्त गरे । ‘२०२४ को कोटा आज १२ दिन अघि २०२३ मा किन खुलाएको २४ को कोटा २४ मै खुलाउनुपर्यो नि’ आक्रोशित हुँदै उनले भने, ‘यो त सरासर हामीमाथि धोखा धडी भएन र ?’
३ दिनदेखि जारी शान्तिपूर्ण प्रदर्शनलाई मंसिर २५ गतेसम्म जारी राख्ने उनीहरूले बताएका छन् । माग पूरा नभए २५ गतेदेखि थप सशक्त आन्दोलन थाल्ने चेतावनी समेत उनीहरूले दिएका छन् ।
पीडितहरूले ‘२०२४ को म्यानुफ्याक्चरमा समेत आवेदन भर्न पाऊँ’ भनि ईपीएस कार्यालय ग्वार्को, श्रम मन्त्रालय र वैदेशिक रोजगार विभागमा दुई सय जना पीडितहरूले हस्ताक्षरसहित ज्ञापन पत्र बुझाएका छन् ।
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...