×

NMB BANK
NIC ASIA

सुन तस्करीको जालो

त्रिभुवन विमानस्थल सुन तस्करीको अखडा– कसरी बाहिरिन्छ सुन ?

काठमाडाैं | मंसिर २४, २०८०

NTC
Premier Steels

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुन तस्करीको अखडा बनेको छ । शनिवार राति भन्सार पास भएर आएको साढे ६ केजी सुनसहित विदेशी नागरिक पक्राउ परेका छन् । 

Muktinath Bank

फ्लाई दुबईको विमानबाट आएका इजिप्सियन नागरिक मोहम्मद सलेह भन्सार पास भइसकेको अवस्थामा ६ केजी ५९० ग्राम सुनसहित पक्राउ परेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

धूलो बनाइएको सुन उनले ज्याकेटको खल्तीमा राखेर ल्याएका थिए ।


Advertisment
Nabil box
Kumari

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयका प्रमुख डीआईजी अर्जुन चन्दका अनुसार भन्सार पास भइसकेपछि उनलाई पक्राउ गरिएको थियो ।

Vianet communication

‘उनी भन्सार पास भइसकेपछि विमानस्थलको टर्मिनल एरियाभित्र पक्राउ परेका हुन्,’ डीआईजी चन्दले लोकान्तरसँग भने । 

उनका अनुसार सलेहका अलावा अन्य २ जना विदेशी नागरिक पनि पक्राउ परेका छन् । यस प्रकरणमा उनीहरूको संलग्नताका विषयमा अनुसन्धान भइरहेको छ ।

बिहीवार मात्र ज्याकेटमै राखेर ल्याएको अवस्थामा १४ किलो सुनसहित गोरखाका ४५ वर्षीय चन्द्र घले पक्राउ परेका थिए । एक्सरेमा जाँच गरेर उनले कपडाभित्र लुकाएको सुन निकालिएको थियो । 

केही महिनाअघि ६०.७१६ केजी सुन भन्सार कार्यालयको सबै प्रक्रिया पूरा गरेर पास भइसकेको अवस्थामा राजश्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो । 

साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एक्सरे मशिनलगायतका सम्पूर्ण प्रक्रिया पूरा गरेर बाहिर निकाल्दै गरिएको ठूलो परिमाणको सुन बरामद भएको थियो ।

१९ दिनसम्म अनुसन्धान गरेर विभागले थप अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई जिम्मा लगाएको थियो । 

यो घटनालगत्तै भदौ २५ गते भन्सार पास भइसकेपछि नै सिनामंगलबाट काठमाडौं प्रहरी परिसरले १ केजी सुनसहित ३ जनालाई पक्राउ गरेको थियो ।

सोही दिन बिहान साढे ९ बजे दुबईबाट हिमालयन एयरलाइन्समार्फत नेपाल आएका काभ्रेको खानीखोला गाउँपालिका– ३ घर भई हाल पनौती नगरपालिका– ५ बस्ने २८ वर्षीय बाबुलाल दोङलाई काठमाडौं प्रहरीले विमानस्थलबाट १ किलो सुनसहित पक्राउ गरेको थियो । 

अर्को दिन अर्थात २६ गते काभ्रेको रोसी गाउँपालिका– ३ घट्टेखोलाका ३३ वर्षीय जगत लामा र महाभारत गाउँपालिका– ३ का ३६ वर्षीय मिङ्मा दोर्जे स्याङ्तानलाई पक्राउ गरिएको थियो । 

उनीहरूको साथबाट प्रहरीले ९६० ग्राम (करिब एक किलो) सुन, मोबाइल र बागमती प्रदेश ०२ ०३० प ८५१७ नम्बरको कालो बुलेट बाइक बरामद गरेको थियो । अहिले उनी पुर्पक्षका लागि थुनामा छन् । 

अघिल्लो वर्ष २०७९ पुसमा २ वटा सुटकेसमा ७ सय ३० वटा भेपमा राखेर तस्करी भएको ९ केजी सुन पनि भन्सार पास भएर गोदाममा थन्किएको समयमा साटिएको थियो ।

त्यो प्रकरणमा भन्सार कार्यालयका नासु रेवन्त खड्कासहित दिनेश बस्नेत, वेदप्रकाश अग्रवाल, अमृत कार्की, निर्मलकुमार विक, दीपेश बस्नेतलगायतविरुद्ध गत असार २७ मा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । 

यो प्रकरणमा पूर्व सभामुख कृष्णबहादुर महरा र उनका छोरा राहुल महराको समेत नाम जोडिएको थियो । राहुल पक्राउ समेत परेका छन् ।

मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलबाट यसरी पटक–पटक सुन बरामद हुँदा भन्सारको कमजोरी पटक–पटक देखिँदै आएको छ ।

भन्सार विभागका निर्देशक तथा सूचना अधिकारी पूण्यविक्रम खड्काले अहिले सुन तस्करीको छानबिनका लागि आयोग बनेकाले आफूहरूले यस बारेमा केही नबोल्ने बताए । 

‘सरकारले सुन कसरी आयो भन्ने अनुसन्धानका लागि समिति बनाएको छ, त्यसले के पत्ता लगाउँछ हेरौं,’ खड्काले लोकान्तरसँग भने ।

पछिल्लो प्रकरणमा भन्सार विभागको प्रत्यक्ष कमजोरी देखिँदा पनि आफूहरूको विषय नभएको जवाफ सूचना अधिकारी दाहालले दिए ।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) कुवेर कडायतले पछिल्लो समय तस्करी बढेको बताए ।

‘पछिल्लो समय सुन तस्करी बढेको देखिन्छ । तस्करहरू बढी नै सक्रिय भएकाले बरामद हुने दर पनि बढेको हो,’ डीआईजी कडायतले लोकान्तरसँग भने ।

उनका अनुसार पछिल्लो ३ वर्ष अर्थात् आर्थिक वर्ष २०७७/०७८ देखि २०७९/०८० को असार मसान्तसम्ममा प्रहरीले मात्रै ६१ किलोभन्दा धेरै सुन बरामद गरेको छ । यसमा राजस्व अनुसन्धान विभागले बरामद गरेको ६० किलो सुनको तथ्यांक समावेश छैन ।

गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले भन्सारमा प्रहरीको पहुँच नहुने भएकाले बाहिर आएपछि सुन बरामद गर्ने गरेको बताए । ‘भन्सार हाम्रो क्षेत्राधिकारभित्र पर्दैन, हामीले आफ्नो क्षेत्रमा आएपछि सूचनाका आधारमा काम गर्ने हो,’ प्रवक्ता भट्टराईले लोकान्तरसँग भने । 

सुरक्षा निकायबाट कमजोरी नभएको दाबी उनले गरे ।

नेपाल प्रहरीका पूर्व डीआईजी हेमन्त मल्ल ठकुरी भन्सार कर्मचारीको असक्षमताका कारण यस्ता घटना दोहोरिएको बताउछन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x