×

NMB BANK
NIC ASIA

टिकटकबाट उदाएका अनुहार

टिकटकको चर्चाले म्युजिक भिडियोमा अवसर, फिल्मसम्म यात्रा

काठमाडाैं | पुस १४, २०८०

NTC
Premier Steels

टिकटकबाट चर्चामा आएका पवित्रा साकी (मिस पबी) र सिम्रन पन्तले ‘राजमहल’मार्फत् फिल्ममा डेब्यु गर्दैछन् । केही दिनअघि मात्र निर्माण घोषणा भएको फिल्ममा उनीहरूले रमेश उप्रेती, आँचल शर्मा, सलोन बस्नेतजस्ता चर्चित कलाकारसँग काम गर्ने अवसर पाउने भएका छन् । 

Muktinath Bank

डडेल्धुराकी ‘मिस पबी’ डोटेली भाषामा बोलेर टिकटकबाट चर्चामा आएकी थिइन् । टिकटकबाट पाएको लोकप्रियताकै कारण उनले म्युजिक भिडियोमा मोडलिङको अवसर पाइन् । थुप्रै म्युजिक भिडियोमा अभिनय गरिसकेकी उनले अहिले फिल्ममा अभिनयको अवसर पाएकी हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘राजमहल’ फिल्मको घोषणा कार्यक्रममा चर्चित कलाकारहरूका साथ मिस पबी र सिम्रन पन्त ।


Advertisment
Nabil box
Kumari

यस्तै, सिम्रनले पनि टिकटकको माध्यममार्फत् म्युजिक भिडियोमा मोडलिङको अवसर पाएकी थिइन् । ‘टिकटकमा देखेका आधारमा म्युजिक भिडियोका लागि अफर गर्नुभएको थियो । केही भिडियोमा अभिनय गरेपछि अहिले फिल्ममा अवसर पाएँ,’ उनले भनिन् । उनी विगत ८ महिनादेखि मुम्बईमा रहेर अभिनय र नृत्यको प्रशिक्षण लिइरहेकी थिइन् । फिल्मको अफर आएपछि उनी काठमाडौं आएकी हुन् । 

Vianet communication

मिस पबि र सिम्रन मात्र होइन, यसअघि पनि टिकटकबाट उदाएकाहरूले फिल्ममा अभिनय गरिसकेका छन् । नेपालमा विगत डेढ महिनादेखि टिकटक प्रतिबन्ध छ । ‘सामाजिक सद्भाव र वातावरणमा खलल पुर्‍याउन भूमिका खेलेको’ भन्दै सरकारले गत कात्र्तिकबाट टिकटकमाथि प्रतिबन्ध लगाएको थियो । धेरैले मनोरञ्जनको माध्यम मान्दै आएको टिकटकमा पछिल्लो समय धेरै विकृति भित्रिएको गुनासो बढेको थियो । यद्यपि, प्रतिभा भएकाहरूलाई भने टिकटक फगत मनोरञ्जनको माध्यम मात्र नभएर अभिनय करिअर शुरू गर्ने बलियो प्लेटफर्म समेत बनिदिएको थियो । जसमध्ये केहीले फिल्मसम्म यात्रा तय गरिसकेका छन् । 

टिकटकबाट म्युजिक भिडियोमा उदाएर फिल्मसम्मको यात्रा तय गर्नेमा सबैभन्दा चर्चामा देखिएकी छन् गरिमा शर्मा । 
म्युजिक भिडियोमा डिमाण्डेड उनले मोडलिङ गरेका थुप्रै गीतहरू निकै रुचाइएका छन् । उनले दुईवटा फिल्ममा काम गरिसकेकी छन् ।

गरिमाको अभिनय रहेको फिल्म ‘लण्डन टु पेरिस’को टिम ।

उनको शीर्ष भूमिका रहेको फिल्म ‘लन्डन टु पेरिस’को छायांकन सकिएको धेरै भइसकेको छ । यद्यपि, प्रदर्शन मिति भने तय भइसकेको छैन । उनले यतिबेला फेरि अर्को फिल्ममा काम गरेकी हुन् । नीता ढुंगाना र हरिहर अधिकारीको फिल्म ‘ह्रस्वदीर्घ’मा उनले काम गरेकी छन् । यस्तै फिल्म ‘दौतरी’मा पनि काम गर्ने उनको तयारी छ । 

त्यस्तै, मोडल रेश्मा घिमिरे पनि टिकटकबाट चर्चामा आएकी हुन् । केही वर्ष पहिले ‘यो साइनो मायाको’ फिल्ममा अभिनय गरे पनि नोटिस हुन नसकेकी उनी पछि टिकटकबाट चर्चामा आएर म्युजिक भिडियोमा छाउन पुगिन् । उनले मोडलिङ गरेका थुप्रै म्युजिक भिडियो निकै रुचाइए । पछिल्लो समय भने उनी म्युजिक भिडियोमा पहिलेजस्तै व्यस्त देखिएकी छैनन् । उनको अभिनय रहेको फिल्म ‘अन्तिम संस्कार’ गत असारमा प्रदर्शनमा आएको थियो । 

‘अन्तिम संस्कार’ फिल्मको एक दृश्यमा रेश्मा घिमिरे ।

‘टिकटकर’ भन्नेवित्तिकै सबैभन्दा चर्चित मानिन्छन् ‘ट्विनी गर्ल्स’ नामबाट परिचित जुम्ल्याहा दिदीबहिनी, प्रिज्मा–प्रिन्सी खतिवडा । 

छोटो समयमै टिकटकमा लाखौं फ्लोअर्स र लाइक पाउने प्रयोगकर्ता बनेका उनीहरू लोकप्रियताकै खातिर म्युजिक भिडियोमा उदाए र निरन्तर सक्रिय रहे । उनीहरूले मोडलिङ गरेका एकपछि अर्को म्युजिक भिडियो चल्दै गए । यी दुईले फिल्ममा अभिनेत्रीका रूपमा काम गरिसकेका छैनन् । यद्यपि, फिल्मको गीतमा भने नृत्य गर्ने अवसर पाइसकेका छन् । केही वर्ष अगाडि प्रदर्शनमा आएको ‘लभ डायरिज’ फिल्मको गीत ‘छम छम’मा उनीहरूले नृत्य गरेका थिए । 

‘लभ डायरिज’ फिल्मको गीतमा नृत्य गर्दै प्रिज्मा–प्रिन्सी खतिवडा ।

टिकटकबाटै उदाएर अहिले म्युजिक भिडियोमा छाइरहेकी मोडल गीता ढुंगानाले पनि फिल्ममा अभिनेत्रीका रूपमा अभिनय नगरे पनि फिल्मको गीतमा भने नृत्य गरिसकेकी छिन् । 

टिकटकमा एक हिसाबको चर्चा कमाएपछि ‘ओए काजल’ बोलको गीतबाट उनी म्युजिक भिडियोमा उदाएकी थिइन् । त्यसयता दर्जनौं म्युजिक भिडियोमा अभिनय गरिसकेकी उनले गत मंसिरमा प्रदर्शनमा आएको फिल्म ‘दुई कदम’को ‘काग भन्दा कोइली चलाख’बोलको गीतमा नृत्य गरेकी हुन् । 

‘दुई कदम’ फिल्मको गीतमा अभिनेता विल्सनविक्रम राईका साथ नृत्य गर्दै गीता ढुंगाना ।

टिकटकबाट उदाएर फिल्मसम्मको यात्रा तय गर्नेहरू कम भए पनि म्युजिक भिडियोसम्म आउनेहरू भने थुप्रै छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x