कात्तिक ३०, २०८०
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
संसारमा ईश्वरवादी, अनीश्वरवादी र ईश्वर मरिसक्यो भन्ने गरी तीन किसिमका मानिस छन् । ईश्वरवादीहरू ईश्वर छन् भन्छन्, उनकै कारण जीवन र जगत चलेको छ भन्ने मान्यता राख्छन् । अनीश्वरवादीहरू ईश्वरको कुरा नै वकवास हुन् । जीवन र जगतसम्बन्धी यावत गतिविधि प्रकृतिबाट स्वतः हुन्छ भन्ने गर्छन् । त्यस्तै ईश्वर मरिसक्यो भन्नेहरू भने ईश्वर थियो थिएन भन्ने होइन बरू ऊ मरिसक्यो भन्ने हो भन्ने मान्यता राख्छन् । तथापि वास्तविकता के हो भने न ईश्वर छन् भन्नेहरूले यस्तै हुन्छन् भनेर देखेका छन्, देखाउन सकेका छन् । न छैन भन्नेहरू र मर्यो भन्नेहरूको मत नै सर्वमान्य हुन सकेका छन् । सबै आ–आफ्नै तर्क पेश गरिरहेका छन्, आ–आफ्नै डम्फू बजाइरहेका छन् । थाहा छैन ईश्वर छन् कि छैनन् भए पनि कस्ता छन् तर कुनै न कुनैरूपमा ईश्वरीय अस्तित्व भने पक्कै छ, जसले सारा संसार बनाएको छ, चलाएको छ, खेलाएको छ, नचाएको छ र हँसाएको छ । आउनुस् केही उदाहरणद्वारा यिनलाई नियाल्ने प्रयास गरौँ ।
जस्तो हामीलाई थाहा छ, एउटा सानो यन्त्रलाई चलाउन पनि कुशल चालकको अवश्यकता पर्छ । नत्र कुनै पनि बेला दुर्घटना हुन पुग्छ । यस्तो अवस्थामा हामी नै भन्न सक्छौँ– के यति ठूलो विश्व–ब्रह्माण्ड आफूखुसी सुचारू हुन सकेको होला ? के उसका पछाडि कुनै चालक वा निर्देशक छैन होला ? पृथिवी छ, उसको विशेषता छ, ग्रहहरू छन् नक्षत्रहरू छन् । जो निरन्तर अनन्तमा झुण्डिएर हिँडेका छन्, आ–आफ्ना काम गरिरहेका छन् । न दुर्घटना छ, न थकाइ भन्ने नै कतै देखिन्छ । कुनै कुशल चालकविना आफैँ यस्तो कसरी सम्भव हुन्छ ? सानो यन्त्रलाई निर्वाध चल्न त चालक चाहिन्छ भने विश्वब्रह्माण्डको व्यवस्थापनजस्तो कुरा विनाचालक कसरी सम्भव हुन्छ ? हुँदैन, पक्कै हुँदैन । यसका पछाडि कुनै न कुनै अदृष्य शक्ति छ, जसले यी सब गराएको छ । होऽऽ यही नै ईश्वरीय अस्तित्व हुनुको वा छ भन्नुको पहिलो प्रमाण हो ।
दोस्रो कुरा हामीले आकाशमा जहाज उडेको देखेका छौँ । कतिले चडेका छौँ । कतिले के धेरैले चडेका छौँ । जहाज आफैँ सयौँ टनको छ । त्यसमाथि हजारौँ यात्री छन्, तिनका समान छन्, जसलाई बोकेर आकाशमा उडेको छ । के यो पनि कम आश्चर्यको कुरा हो र ? तर आश्चर्य मान्नुपर्दैन । किनकि त्यहाँ समन्वय छ, सङ्गति छ । ज्ञान र विज्ञानको समन्वय र सङ्गति, र्ईश्वर निर्मित हावा र मानव निर्मित यन्त्रको समन्वय र सङ्गति । अव हामी नै भनौँ त्यो समन्वय र सङ्गति मिलाउने को होला ? कतिलाई लाग्न सक्छ यस्तो काम चालकले गरेको हुन्छ तर त्यसो होइन । हो, रूपमा त त्यही हो तर सारमा होइन । सारमा त यही हो कि चालकले गर्ने भनेको त्यस समन्वय र सङ्गतिलाई बिग्रन नदिनु, असन्तुलित हुन नदिनु मात्र हो । मिलाउने काम त उही अदृष्य शक्तिले नै गरेको हुन्छ, जसलाई केही भन्छन्, कोही केही । अदृष्ट भन्ने पनि छन्, प्राकृतिक शक्ति भन्ने पनि छन्, हिग्सबोशन भन्नेहरू पनि छन् । जसले जे भने पनि नाम मात्र फरक हो आखिर हो उही ईश्वरीय सत्ता नै । ईश्वरीय अस्तित्व हुनुको अर्को प्रमाण हो यो ।
यी त भए विज्ञानका कुरा । एक छिन हेरौँ आफ्नै शरीरलाई । हाम्रो शरीर पनि आफैँमा कम चमत्कार होइन । लाखौँ तत्व र तन्तुहरू मिलेर बनेको छ । सबै आ–आफ्ना काममा सक्रिय छन् । पञ्चकोष अर्थात् अन्नमय कोष, प्राणमय कोष, विज्ञानमय कोष, मनोमय कोष र आनन्दमय कोष छन् । नव प्रणाली अर्थात् अस्थि प्रणाली, मांसपेशी प्रणाली, रक्तसञ्चार प्रणाली, श्वासप्रश्वास प्रणाली आदि विभिन्न प्रणाली आफैँ सक्रिय भइरहेका छन् । के यस्तो चमत्कार कुनै वैज्ञानिक प्रयोगशालामा सम्भव होला रु हुँदैन, पक्कै हुँदैन । विज्ञानले भोजनसम्म तयार पार्न सक्छ भोक निर्माण गर्न सक्दैन । सुत्ने स्थान दिन सक्छ निद्रा दिन सक्दैन । साधन दिन सक्छ शान्ति दिन सक्दैन । खान दिन सक्छ पचाउन सक्दैन । विसर्जन गर्नुपर्छ भन्छ विसर्जन गराउन सक्दैन । शरीरले गर्ने काम शरीरले गरेको छ । मनले गर्ने काम मनले गरेको छ । बुद्धिले गर्ने काम बुद्धिले गरेको छ, मस्तिष्कले गर्ने काम मस्तिष्कले गरेको छ । मुटु, कलेजो, फोक्साको अवस्था त्यस्तै छ । यहाँ पनि हामी नै भन्न सक्छौँ यी सब गर्ने, गराउने को होला ? पक्कै उही अदृष्य शक्ति वा ईश्वरीय सत्ता नै हो । त्यसैले यो पनि ईश्वरीय सत्ता हुनुको अर्को प्रमाण हो ।
विज्ञानले गर्ने भनेको बिग्रेको अङ्गलाई मर्मत गर्नेसम्म हो । त्यस्तै परे ओभरहलसम्म गर्न सक्ला तर निर्माण गर्न सक्दैन । निर्माण गर्ने त यही र्ईश्वरी सत्ताले नै हो । यद्यपि आधुनिक दार्शनिक खासगरी मार्क्सवादीहरू यी सब आफैँ हुन्छ, प्रकृतिले नै यसको तारतम्य मिलाएको हुन्छ भन्छन् तर प्रकृतिलाई पनि चलाउने वा व्यवस्थित गर्ने कुनै तत्व त हुनैपर्छ । अब प्रश्न उठ्न सक्छ त्यसो भए उसलाई बनाउने चाहिँ को हो त ? प्रश्न गम्भीर छ, तर उत्तर गाह्रो छैन । ऊ त आफैँ भएको स्वयम्भू हो । उसलार्ई कसैले बनाउनै पर्दैन, बनाउनै सक्दैन । ऊ आफैँ यति बढी सर्वव्यापक, सर्व शक्तिवान् र सर्वगुण सम्पन्न छ कि आफूलाई बनाउन पनि सक्छ र अरूलाई बनाउन पनि सक्छ ।
त्यसैले ईश्वर छन् कि छैनन् भन्ने चक्करमा पर्नुभन्दा उसको सत्तालाई स्वीकार्नुको विकल्प छैन । यही नै आत्मिक अनुशासन हो अनि यही नै आध्यात्मिकता हो । आध्यात्मिकता भनेको सन्तुलित र अनुशासित जीवन पद्धतिकै अर्को नाम हो । आध्यात्मिक हुन मठमन्दिर चहार्दै हिँड्नु पनि पर्दैन, यज्ञअनुष्ठानको पछि लाग्न पनि पर्दैन । चन्दन धारण गरी गेरु वस्त्र लगाउँदै हिँड्न त झनै पर्दैन । मात्र अनुशासित व्यवहार र सन्तुलित जीवन पद्धति भए पुग्छ । जहाँ यस्तो हुन्छ त्यहाँ स्वतः ईश्वरीय अस्तित्व रहेको हुन्छ, ईश्वरीय अस्तित्वले काम गरेको हुन्छ । अनि जहाँ ईश्वरीय अस्तित्वले काम गरेको हुन्छ, त्यहाँ सबै काम स्वतः भइरहेका हुन्छन् । यही नै सत्य हो, यही नै शिव हो अनि यही नै सत्यंम् शिवम् सुन्दरम् हो । अस्तु अहिलेलाई यति नै ।
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...