×

NIC ASIA

निरीह सरकार, कामविहीन सांसद

लुम्बिनी प्रदेश सभाको एक वर्ष : ६ करोड खर्चिएर जम्मा एउटा कानून

बुटवल | माघ १, २०८०

Prabhu Bank
NTC
Premier Steels

लुम्बिनी प्रदेश सभामा हरेक महिना सांसदलाई तलब भत्तामा खुवाउन मात्रै ५० लाख खर्च हुन्छ । 

Muktinath Bank

एक वर्षको अवधिमा प्रदेश सभाका पदाधिकारी र सदस्यको तलबमा मात्रै ६ करोड रूपैयाँ खर्च भएको छ । लुम्बिनीले एक वर्षमा ६ करोड खर्चिएर एउटा मात्र मूल कानून बनाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रदेश सभाले एक वर्षका दुईवटा अधिवेशनमा ३५ वटा बैठक बसेर एउटा मात्र कानून बनाएको हो । ३५ बैठकमा ५७ घण्टा खर्चिएर एउटा मात्र कानून निर्माण भएको हो । झन्डै आधा दर्जन अत्यावश्यक कानून बनाउनुपर्ने प्रदेश सभा सचिवालयले बताएको छ ।


Advertisment
Nabil box
Kumari

कानून निर्माणको अभावमा जनचासोका विषय अलपत्र भएपछि प्रदेश सभाको भूमिका अतिकमजोर देखिएको भन्दै सबै क्षेत्रबाट आलोचना भइरहेको छ । 

Vianet communication

प्रदेश सभाका सांसदको सुविधा, बैठक भत्ता, विषयगत समितिको बैठक भत्ता, इन्धन खर्च, भ्रमण भत्ता, गरी साधारण खर्च मात्रै एक वर्षका लागि १९ करोड रूपैयाँ छ । सांसदले १३ शीर्षकमा सेवा सुविधा पाउने ऐनमा व्यवस्था छ ।

‘यो एकदमै लाजमर्दो कुरा हो,’ प्रदेश सभा सचिवालयका एक कर्मचारीले भने, ‘संसदीय गतिविधिभन्दा सरकार बनाउने र भत्काउने खेल भइरहेको छ । सरकारले संसदलाई ‘बिजनेस’ नदिने अवस्था छ । सरकार भुलभुलैयामा अल्मलियो, प्रदेशसभाप्रति गम्भीर भएन ।’ 

सदनलाई प्रभावकारी बनाउन सभामुखले समेत कुनै चासो दिएका छैनन् । प्रदेश सरकारका कानून सचिव समेत छैनन् । प्रदेश सभाका सचिव दुर्लभकुमार पुन समग्रमा प्रदेश सभाका गतिविधि कमजोर नभएको दाबी गर्छन् ।

‘प्रदेश सभाले एक वर्षमा मूल कानून निजामती विधेयक बनायो,’ पुन भन्छन्, ‘चारवटा विधेयक प्रदेश सभाबाट पारित भए । संसदीय समितिका सभापति पनि सर्वसम्मत रूपमा चयन होलान् । माघको दोस्रो हप्ता सदन शुरू हुन्छ होला ।’ 

पुन थप्छन्, ‘केही अत्यावश्यक कानून बनाउनुपर्ने छन् । ११ वटा विधेयकमाथि अहिले छलफल चलेको छ, जसमध्ये ४ वटा मात्रै सचिवालयमा दर्ता भएका छन् ।’

लुम्बिनी प्रदेश सभाको दोस्रो कार्यकाल शुरू भएको एक वर्ष पूरा भएको छ । प्रदेश सभाको पहिलो कार्यकालमा ५० वटा मात्र मूल कानून बनाएको थियो । प्रदेश सभाका निर्वाचित सदस्यले पुस १७ गते शपथ लिएपछि प्रदेश सभाले औपचारिक रूपमा काम थालेको थियो । 

पहिलो कार्यकालमा ५ राजनीतिक दलको मात्र सहभागिता रहेको लुम्बिनीमा यसपटक दलको संख्या १० पुगेको छ । नेकपा एमालेका प्रमुख सचेतक तुलसी चौधरीले प्रदेश सभा सरकारकै कारण निष्क्रियजस्तो बनेको बताउँछन् ।

‘यो सरकार आफैं अलमलमा छ । विषयगत समिति सभापति नुहँदा विधेयकमाथि छलफल हुन सकेको छैन । मन्त्रालयअन्तगर्तका विधेयक कानून सचिव नै नहुँदा बन्न सकेको छैन । विभागीय मन्त्रीहरू पनि टेबलवर्क गर्दैनन्, उद्घाटन र शिलान्यासमा व्यस्त छन् । यो सरकार कुहिरोमा हराएको कागजस्तै छ । अनि कसरी सदनलाई बिजनेस दिन्छ ?,’ चौधरीले भने । 

सांसदहरूको मुख्य काम संसद् बैठकमा उपस्थित भएर विधेयकहरू निर्माण गर्ने, छलफल गर्ने र निर्णय प्रक्रियामा भाग लिने हो । जनताका समस्या बोल्ने र सरकारका कमजोरीमा प्रश्न उठाउने हो । तर, सांसदहरू संसद् चलेको बेलामा समेत बस्न छाडेका छन् ।

मुख्यमन्त्री चौधरी सार्वजनिक कार्यक्रममा प्रायः माथिबाट अधिकार नपाएको भन्दै चर्को भाषण गर्छन् । प्रदेशले अधिकार नपाएको भनेर संघीय सरकारलाई दोष दिइराख्छन् । तर, उनकै अधिकारमा रहेको र उनकै निर्णयअनुसार अघि बढ्ने थुप्रै काम भने झन्डै एक वर्षदेखि अलपत्र छन् । 

प्रदेश सभा बैठक करिब ६ महिनादेखि बसेको छैन । संसदीय समितिका नाम र सदस्य घोषणा गरेर छाडिएको छ, तिनको नेतृत्व छान्ने सुरसार छैन । सरकार समेत पटक–पटक विस्तार गरे पनि अझै पूर्णता दिन सकेका छैनन् । 

सरकार र सदन दुवै अस्तव्यस्त भएको एवं प्रदेशमा बेतिथि चुलिएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मुख्यमन्त्री चौधरीलाई भेटेरै ज्ञापनपत्र समेत बुझाएको थियो । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

जेठ १६, २०८१

जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

x