×

NIC ASIA

रूपन्देही व्यापार संघको अधिवेशन: एमाले निकटकै दुई प्यानल प्रतिस्पर्धामा

काठमाडाैं | माघ ५, २०८०

Prabhu Bank
NTC
Premier Steels

रुपन्देही व्यापार संघको नयाँ नेतृत्वका लागि दुई प्यानल प्रतिस्पर्धामा उत्रिएका छन् । नेकपा एमालेनिकट  व्यवसायीको बाहुल्य रहेको संघमा दुवै प्यानल एमाले निकट हुन् । संघको २२औं साधारणसभा तथा १२औं अधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ ।

Muktinath Bank

नयाँ नेतृत्वका लागि वरिष्ठ उपाध्यक्ष डिल्लीराज भण्डारी र द्वितीय उपाध्यक्ष दीपक अधिकारीले प्यानलसहित उम्मेदवारी दर्ता गरेका छन् । भण्डारी संघको कार्यसमिति सदस्य भएयता सचिव, महासचिव हुँदै वरिष्ठ उपाध्यक्ष भएर काम गरेका छन् । अधिकारी कार्यसमिति सदस्य, कोषाध्यक्ष, उपाध्यक्ष हुँदै प्रथम उपाध्यक्ष भएर काम गरेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर, पार्टी निकटकै व्यवसायी दुई प्यानलमा विभाजित भएपछि पार्टी जिल्ला नेतृत्वलाई टाउको दुखाइ बनेको छ । संघको वरिष्ठ उपाध्यक्षमा प्रकाश ढकाल र महासचिवमा फर्सुराम पन्तको एकल उम्मेदवारी परेपछि उनीहरू निर्विरोध भएका छन् ।


Advertisment
Nabil box
Kumari

प्रथम उपाध्यक्षमा भण्डारीको प्यानलबाट दयानिधि भण्डारी र अधिकारीको प्यानलबाट ऋषिराम पाण्डे उम्मेदवार छन् । द्वितीय उपाध्यक्षमा भण्डारीको प्यानलबाट नामदेव पाण्डे र अधिकारीको प्यानलबाट प्रेमनाथ पाण्डे, कोषाध्यक्षमा भण्डारीको प्यानलबाट झविन्द्र अधिकारी र अधिकारीको प्यानलबाट मनिराम खनाल उम्मेदवार छन् ।

Vianet communication

सचिवमा भण्डारीको प्यानलबाट मनहरी बस्याल र अधिकारीको प्यानलबाट मनिमदिन मिया, सहसचिवमा भण्डारीको प्यानलबाट प्रकाशराज पौडेल तथा अधिकारीको प्यानलबाट मेघनाथ पौडेल तथा सहकोषाध्यक्षमा भण्डारीको प्यानलबाट विनित भट्टराई र अधिकारीको प्यानलबाट अर्जुनप्रसाद भट्टराईको उम्मेदवारी परेको छ ।

अध्यक्षका उम्मेदवार अधिकारीले आफू नेतृत्वमा आएपछि संघलाई गतिशील र व्यावसायिक संस्था बनाउँदै सबै व्यवसायीको हकहितमा काम गर्ने बताए ।

व्यावसायिक संघ संस्थाहरू परम्परागत ढंगले नचल्ने हुँदा संघको नेतृत्वमा युवा पंक्ति आवश्यक भएको उनको भनाइ छ । भण्डारीले आफूले संघमा हालसम्म गरेको मेहनत र योगदानलाई व्यवसायीले बुझेको भन्दै नेतृत्वमा आउने बताए ।

‘सबै व्यवसायीहरूले संघमा कसले महत्वपूर्ण योगदान गरेको छ भन्ने बुझेका छन्, मेरो नेतृत्वको टिमले सहजै विजय हासिल गर्छ,’ भण्डारीले भने । संघमा एक हजार ५०० भन्दा बढी व्यवसायी सदस्य छन् ।

साधारणसभाको उद्घाटन नेकपा एमालेका सचिव तथा रुपन्देही क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य छविलाल विश्वकर्माले उद्घाटन गर्ने कार्यक्रम छ । साधारणसभा सकिएलगतै दिउँसो १ बजेदेखि मतदान सुरु हुने निर्वाचन समितिले जानकारी दिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कर्मचारीले भन्ने 'माथि' कहाँ हो ? को हो ?

कर्मचारीले भन्ने 'माथि' कहाँ हो ? को हो ?

जेठ १८, २०८१

राणा शासनकालको प्रशासनिक व्यवस्थामा 'माथि' भन्नाले प्रधानमन्त्रीलाई बुझाउँदथ्यो । राजाको शासनकालमा दरबार वा राजालाई माथि भनिन्थ्यो । कर्मचारीले इमान्दारिता छाडेमा वा अनैतिक काम गरेमा कुरा माथि पुग्दथ्यो ...

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

जेठ १६, २०८१

जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

x