×

NIC ASIA

वर्षौंदेखि अल्झिएको 'लाइफ लाइन' सडक

कछुवा गतिमा बुटवल–नारायणगढ सडक स्तरोन्नति : कहिलेसम्म हो यात्रुलाई सास्ती ?

बुटवल | माघ ११, २०८०

Prabhu Bank
NTC
Premier Steels

विगतमा स्थलमार्गबाट सार्वजनिक गाडीमा बुटवलदेखि राजधानी काठमाडौं साढे ६ देखि ७ घण्टामा पुगिन्थ्यो । रूपन्देहीसहित पश्चिम क्षेत्रका यात्रु हवाइमार्ग भन्दा स्थलमार्ग रोज्थे । तर, यो अवस्था फेरिएको करिब चार वर्ष पुग्न थाल्यो । बुटवल–नारायणगढ सडक विस्तारको काम बेलैमा नसकिँदा भताभुंग र बेहाल छ । अहिले यो सडक भएर सकसपूर्ण यात्रा गरी बुटवलबाट नारायणगढ पुग्न मात्रै ८ घण्टासम्म लाग्ने गर्छ । 

Muktinath Bank

धूलो, धुवाँ र हिलोमा डुबेर यात्रा गर्नुपर्ने सर्वसाधारणको बाध्यता छ । सडक खण्डमा पर्ने मुख्य बजार क्षेत्र धूलो र खाल्डाखुल्डीले हिँड्नै नसक्ने अवस्था भएको रुपन्देहीको देवदहका स्थानीय दीपक न्यौपाने बताउँछन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘कतै पनि सग्लो र कालोपत्रे सडक भेट्टाउन मुस्किल पर्छ,’ न्यौपाने भन्छन्, ‘बाटोमा निस्कनै सकिन्न । धूलोले सास फेर्न समेत मुस्किल बनाउँछ । सडकमा पानी नहालेको दिन त झनै गाह्रो पर्छ ।’


Advertisment
Nabil box
Kumari

पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ ११४ किलोमिटर सडक खण्डको स्तरोन्नतिले अपेक्षित गति नलिँदा यात्रु, पर्यटक र यातायात व्यवसायीले ठूलो मार खेप्दै आएका छन् । तीन जिल्लाका दर्जनौं पालिका, बस्तीसँगै दैनिक हजारौं यातायातका साधन र यात्रुहरू ठूलो जोखिम व्यहोर्दै घण्टौंसम्म सडकमा बस्ने बाध्यतालाई सरकारले अझै देख्न सकेको छैन । 

Vianet communication

null

संघीय सरकारले एसियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा  सडकको स्तरोन्नतिको काम अघि बढाइरहेको छ । ठेकेदार कम्पनीको ढिलासुस्ती र आलटालकै कारण यो मुख्य राजमार्गको महत्त्वपूर्ण खण्डमा यात्रा गर्ने सर्वसाधारणले विभिन्न खालका सास्ती बेहोर्नुपरेको देखिन्छ  ।

तीन वर्षमा सक्ने गरी ‘चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनीयरिङ कर्पोरेसन’ ले वि.सं. २०७५ देखि काम शुरू गरे पनि अहिलेसम्म जम्मा ४५ प्रतिशतमात्र भौतिक प्रगति भएको छ । थपिएको म्याद सकिन जम्मा ६ महिना मात्र बाँकी रहँदा पनि ५५ प्रतिशत काम बाँकी रहनुले अझै दुई वर्षभन्दा बढी यो सडक सम्पन्न हुने सम्भावना देखिँदैन । पछिल्लोपटक असार वि.सं.२०८१ सम्मलाई सडक निर्माणको म्याद दिइएको छ । 

ठेकेदार कम्पनीको ढिलासुस्तीका कारण अपेक्षित प्रगति हुन सकेको छैन । परियोजनाका लागि राज्यका तर्फबाट निर्माण सामग्री आपूर्ति रोकिएर झञ्झट समेत बेर्होदै आएको छ । बुटवल–नारायणगढ सडक आयोजना पश्चिम खण्डका प्रमुख शशांक मिश्रले नदीजन्य पदार्थको अभावले गर्दा कालोपत्र गर्ने अवस्थामा पुगेको खण्डमा पनि काम हुन नसकेको दाबी गर्छन् ।

null

‘हामीलाई अहिले ९ लाख घनमिटर नदीजन्य पदार्थ (ढुंगा, बालुवा र मिस्कट) आवश्यक छ,’ प्रमुख मिश्रले लोकान्तरसँग भने, ‘जम्मा ५० हजार घनमिटर मात्र सुनिश्चित भएको छ । धेरै पालिकासँग कुराकानी भए पनि निकाल्न पाइएको छैन । अब कालोपत्रे गर्ने तयारी अवस्था धेरै ठाउँमा पुगेका छन् ।’

‘पछिल्लो समय काम तीब्र रूपमा अघि बढेको छ । काम पनि भइरहेको छ । पुलहरू धेरै बनिसके कालोपत्रे नहुँदासम्म काम भएको नदेखिएर मात्रै हो । रुपन्देही खण्डमा कालोपत्रे अझै शुरू भएको छैन । बर्दघाट, हर्कपुललगायत धेरै ठाउँमा कालोपत्रे पनि भइरहेको छ,’ मिश्रले थपे ।

सडक दाउन्ने पूर्व र दाउन्ने पश्चिम गरी दुई खण्डमा विभाजन गरेर काम भइरहेको छ । दाउन्ने पूर्व ४८ र पश्चिम खण्ड ६५ किलोमिटर पर्छ ।

null

सडक विस्तार पूर्वी खण्डका प्रमुख आशिष थापा मगरले ठेकेदारलाई कामको गति बढाउन दबाब दिए पनि प्रभावकारी काम हुन नसकेको बताए । 

‘गति बढाउन निरन्तर दबाब र खबरदारी भइरहेको छ । तर, कामको गति कछुवा गतिमा छ,’ आशिषले भने ।

शुरूको चरणमा बिजुलीका पोल सार्ने, खानेपानी पाइप, रूख काट्ने, घर भत्काउने जस्ता प्रक्रियागत विषयले ढिला बनाएको थियो । 

null

‘सडकको दुरावस्थाले यातायात र आर्थिक क्षेत्रमा ठूलो धक्का पुगेको छ,’ बुटवलका यातायात व्यवसायी जीवनकुमार बञ्जाडेले भने, ‘सरकारले यो सडक स्तरोन्नतिको काम छिटो सकाउन पहल गर्नुपर्छ । अहिले यो सडक राज्यले बिच्छ्याएको वैधानिक धरापजस्तै भएको छ । यसबाट यातायात क्षेत्रले ठूलो मूल्य चुकाउनु परिरहेको छ । गाडीको मर्मत खर्च थेगिसाध्य छैन । दश वर्ष बढी चल्ने गाडी कामै लाग्ने भइसकेका छन ।’ 

केही दिन अघि सडकखण्डको डाइभर्सनमा खसेर रुपन्देहीको देवदहका २२ वर्षका निराजन श्रीषको मृत्यु भएको थियो । 

निर्माण कम्पनी कर्पोरेसनलाई अहिले प्रयोग गरेको जनशक्ति र मशिन अपर्याप्त छ, जसले गर्दा जुन गतिमा प्रगति हासिल गर्नुपर्ने हो त्यसो हुन सकेको छैन । निर्माणको गति न्यून रहेकाले कामको प्रगति बढाउन निर्देशन गरिरहेको प्रमुख थापाले बताए । 

null

भारतबाट आउने मालबाहक ट्रकदेखि काठमाडौंबाट पश्चिमका विभिन्न जिल्लामा जाने गाडीका लागि यो एक मात्र सडक हो । सडक विस्तार कार्यको तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले वि.सं.२०७५ चैत ८ गते बुटवलमा शिलान्यास गरेका थिए । एसियाली विकास बैंकको ऋण सहयोगमा बन्ने सडकका लागि १६ अर्ब ९९ करोड ५२ लाख रूपैयाँमा लागत अनुमान छ । सडक समयमा निर्माण नहुँदा लागत बढ्ने देखिएको छ ।

आर्थिक केन्द्र बुटवल र पर्यटकीय केन्द्र चितवनको नारायणगढलाई ‘फास्ट ट्रयाक’ सडकले जोड्न सडक विस्तार शुरू गरिएको हो । 

भारतबाट भैरहवा हुँदै आउने मालबाहक ट्रकदेखि काठमाडौंबाट पश्चिमका विभिन्न जिल्लामा जाने गाडीका लागि यो एक मात्र सडक हो ।

null

चौबीसै घण्टा गाडीको चाप हुने सडक आसपासका बस्ती सेताम्मे देखिन्छन् । यो सडक खण्ड रूपन्देही, पश्चिम नवलपरासी र नवलपुर गरी तीन जिल्लामा पर्छ । सडकसँग जोडिएका गैंडाकोट, देवचुली, कावासोती, मध्यबिन्दु, विनयत्रिवेणी, बर्दघाट, सुनवल, देवदह र बुटवलपालिका पर्छन् ।

ट्राफिक प्रहरीका अनुसार यो सडकमा दैनिक सरदर ३ हजार मालबहाक ट्रक, १ हजार ५०० यात्रुबाहक बस, ३ हजार ५० कार, ३ हजार ७०० मोटरसाइकल र ८०० अन्य सवारी साधन ओहोरदोहार गर्छन् । यो सडक बनाउँदा ४६ हजार रूख काटिएका थिए । 

सडक निर्माणको कूल लागतमध्ये एसियाली विकास बैंक (एडीबी) ले ८५ प्रतिशत रकम ऋण उपलब्ध गराएको छ भने बाँकी रकम नेपाल सरकारकै लगानी हुनेछ । पूर्वपश्चिम राजमार्ग वि.सं. २०२२ सालमा तत्कालीन राजा महेन्द्रको योजनाअनुसार शिलान्यास भई वि.सं.२०२८ सालमा निर्माण सम्पन्न भएको थियो । 

सडक निर्माण पूरा भएपछि बुटवलबाट नारायणगढ डेढ घण्टामै पुग्न सकिने छ । विस्तारित सडक बस्तीमा छ लेन र जंगलमा चार लेनको हुनेछ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक पूर्वधार मन्त्री प्रकाश ज्वालाले निरीक्षण र कामलाई तीव्रता दिन निर्देशन दिए पनि प्रभावकारी रूपमा काम भएको छैन । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सडक विस्तारलाई दबाब दिन केही दिन अघिमात्रै नारायणगढबाट बुटवलसम्म तीन दिन पैदलयात्रा समेत गरेका थिए ।

null

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

जेठ १६, २०८१

जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

x