×

NIC ASIA

फिल्ममा देखिँदै यी नेताहरू, कसलाई कस्तो ‘रोल’ ?

काठमाडाैं | माघ १५, २०८०

Prabhu Bank
NTC
Premier Steels

कलाकार राजनीतिमा प्रवेश गर्ने ‘ट्रेन्ड’ नौलो होइन । नेपालमा यस्ता थुप्रै कलाकारहरू छन्, जो कलाकारिताबाट राजनीतिमा पाइला चाले । यद्यपि, पछिल्लो समय भने राजनीतिबाट कलाकारितामा आउनेहरू पनि देखिएका छन् । यतिबेला केही चर्चित नेताहरू फिल्ममा देखिने तयारीमा रहेको खबरको चर्चा भइरहेको छ । 

Muktinath Bank

नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले ‘नमेटिने घाउ’ नामक फिल्ममा अभिनय गर्दैछन् । सांसद ज्ञानेन्द्र शाहीले पनि उक्त फिल्ममा अभिनय गर्नेछन् । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले ‘खजुरे ब्रो’ नामक फिल्ममा अभिनय गरिसकेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘नमेटिने घाउ’ अभिनेता रमित ढुंगानाको निर्माण एवं निर्देशनमा बन्न लागेको फिल्म हो । आइतवारमात्रै निर्माण घोषणा गरिएको फिल्म एसिड आक्रमण पीडितको कथामा बन्न लागेको छ । 


Advertisment
Nabil box
Kumari

Vianet communication

निर्माण पक्षले राजधानीमा आयोजना गरेको फिल्म घोषणा एवं​ शुभमुहूर्त कार्यक्रममा ओलीले फिल्ममा प्रधानमन्त्रीकै भूमिका निर्वाह गर्ने जानकारी दिइएको हो । 

घोषणा कार्यक्रममा ओली प्रमुख अतिथिका रुपमा सहभागी थिए । उसो त ओलीले यसअघि दीपेन्द्र दाहालको निर्देशनमा फिल्म ‘रातो सूर्य’मा अभिनय गरे पनि यो फिल्मको छायांकन पूरा हुन सकेको छैन ।

‘नमेटिने घाउ’ टिमलाई शुभकामना दिँदै ओलीले निर्माण टिमले प्रधानमन्त्रीको भूमिकामा अभिनय गर्नुपर्छ भनेर राखेको प्रस्ताव आफूले स्वीकार गरेको बताए । 

फिल्मको घोषणा एवं शुभमूहुर्त कार्यक्रममा सांसद शाही पनि उपस्थित थिए । निर्माण टिमले फिल्ममा उनको अभिनय रहने जानकारी दिए पनि भूमिकाबारे भने केही खुलाएको छैन । 

शिवम् अधिकारीको कथा रहेको ‘नमेटिने घाउ’ एसिड पीडितहरुको बायोपिक फिल्मका रुपमा निर्माण हुन लागेको हो । 

फिल्ममा सुरवीर पण्डित र रामचन्द्र अधिकारी पुराना अनुहार रहने छन् भने, मुख्य भूमिकामा अधिकांश नयाँ अनुहारहरू रहने छन् । फिल्ममा एसिड आक्रमणबाट पीडितहरुको पनि अभिनय रहनेछ । 

मुस्कान खातुन, सिम्रन खड्का, सुप्रज्ञा शर्मा, इभा गिरी, प्राप्ति पौडेल, सन्जोग रसाइली, सन्दीपबाबु लोहनी, रचना गौतम, प्रभात पाल ठकुरी, आरती आचार्य, अखिल बजगाईँ, उपेक्षा न्यौपाने, क्रान्ति शाह, वीरेन्द्र सिंह कुसुहा लगायतले फिल्ममा अभिनय गर्ने निर्माण टिमले जानकारी दिएको छ । अभिनेता ढुंगाना पनि फिल्ममा केमियो रोलमा देखिने छन् । 

एसिड आक्रमणका घटना भएका ठाउँमा यो फिल्म छायांकन गर्ने तयारी छ । 

यस्तै, धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ फिल्म ‘खजुरे ब्रो’मा अतिथि कलाकारका रुपमा देखिँदै छन् ।

उनको भूमिकामा दृश्य  निर्माण टिमले गत शनिवार खिचिसकेको छ । साम्पाङले फिल्ममा मेयरकै भूमिकामा अभिनय गरेका हुन् । अभिनयपश्चात मेयर साम्पाङले धराङमा छायांकन हुने फिल्मको टिमलाई विशेष सहयोग गर्ने समेत जनाएका छन् । 

सुरज सुनुवारको निर्देशनमा बनिरहेको यो फिल्म ‘लाइट कमेडी’ जनरामा आधारित रहेको निर्माण पक्षले जनाएको छ ।

फिल्ममा नीति शाह, रेयर राई, महेश त्रिपाठी, नवीन मानन्धर, प्रकाश भुजेल, बिनिता थापा मगर, सुष्मा निरौला, पुष्कर कार्की, मनिष राउत, प्रेम सुब्बा, सुजाता राई लगायतका कलाकारहरू देखिँदै छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x