×

NMB BANK
NIC ASIA

हौसला बढाउने नयाँ तरिका

उत्कृष्ट विद्यार्थीलाई भैँसी पुरस्कार

बुटवल | माघ २६, २०८०

NTC
Premier Steels

सञ्जय लोध रूपन्देहीको मायादेवी गाउँपालिकास्थित सुण्डी माविमा कक्षा ९ मा पढ्छन् । गाउँमै कृषि गर्ने सञ्जयको परिवारलाई सामुदायिक विद्यालयमा पढ्ने छोरोको सामान्य पढाइ खर्च जुटाउन पनि समस्या छ ।

Muktinath Bank

पढाइमा लगनशील सञ्जलले विद्यालयमा उत्कृष्ट भएबापत् पुरस्कार स्वरूप भैँसी पाए । आर्थिक अभाव झेलिरहेको परिवारमा सञ्जयले भैँसी पुरस्कार पाएपछि हर्ष थपिएको छ । सञ्जयका बाबा विजय लोध भन्छन्, ‘छोरोले ल्याएको भैँसीको दुध खान्छौं, केही बेच्छौं पनि । जसबाट आउने आम्दानीले छोरालाई पढाउन पनि सजिलो हुन्छ ।’ 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

null


Advertisment
Nabil box
Kumari

विद्यालयकै विद्यार्थी मनिषा भैँसी पाउने अभिलाषाले पढ्ने मनोबल पनि बढेको बताउँछिन् । सञ्जय र मनिषाजस्ता धेरै विद्यार्थी विद्यालयमा पढ्छन् । विद्यालयले विद्यार्थीको मनोबल र परिवारको आयस्तर पनि बढाउन विद्यालयले भैँसी उपहार दिन थालेको हो । विद्यालयले भैँसी पुरस्कार दिने भएपछि अभिभावकमा पनि आफ्ना छोराछोरी उत्कृष्ट बनाउने प्रतिस्पर्धा चलेको छ । यो वर्ष विद्यार्थीहरूले दुधालु, ब्याउने र पाडी गरेर १० वटा भैँसी विद्यार्थीले पाएका छन् । 

Vianet communication

null

विद्यालयका प्राधानाध्यापक शतिशचन्द्रमणि त्रिपाठीले विद्यालय र पढाइप्रति लगाव बढाउने उद्देश्यले भैँसी पुरस्कार बाँड्ने कार्यक्रम निकै प्रभावकारी भएको बताए । विद्यालय ४ वर्षदेखि भैँसी वितरण गर्दै आएको छ । ‘तराई मधेशका विद्यार्थीहरू पढाइभन्दा काममा बढी ध्यान दिन्छन् । अभिभावको ध्यान पनि बढी काममै हुन्छ,’ प्रअ त्रिपाठीले भने, ‘यो कार्यक्रमले विद्यार्थी पढाइप्रति ध्यान दिएका छन् ।’ 

जिल्लाको दक्षिणी क्षेत्रका अधिकांश जनताको जिविको पार्जनको माध्यम कृषि र पशुपंक्षी हो । प्रायः गरिबीको रेखामुनि रहेका परिवारका छोराछोरी पढ्ने विद्यालयमा गरिबीकै कारण धेरैले बीचमै विद्यालय छाड्ने गर्छन् । 

अध्ययनलाई बेवास्ता गरेका विद्यार्थीहरूलाई समेत भैँसी पाउने अभिलाषाले पढ्ने प्रेरणा थपेको उनी बताउँछन् ।

null

विद्यालयले आयोजना गरेको पुस्तक समीक्षा प्रतियोगितामा उत्कृष्ट भएका विद्यार्थीहरूलाई भैँसी पुरस्कार दिइएको हो । पाँच वटा कक्षा समूह बनाएर प्रतिस्पर्धा गराइएको प्रतियोगितामा ७३२ जना विद्यार्थी सहभागी थिए । हरेक समूहबाट सात/सातजनालाई पुरस्कार वितरण गरिएको थियो । जसमा प्रत्येक समूहको पहिलो र दोस्रो हुने विद्यार्थीले भैँसी तथा अन्यले नगद पुरस्कार पाएका हुन् ।

हरेक वर्ष पुस्तक समीक्षा प्रतियोगिता आयोजना गर्दै विद्यालयले भैँसी पुरस्कार दिने गर्दै आइरहेको छ । अहिलेसम्म ४० विद्यार्थीले भैँसी लगिसकेका छन् । दक्षिण कोरियाका पर्वतारोही उम् होङ गिल र उनका सहयोगीले पुरस्कारबापत सहयोग रकम विद्यालयलाई उपलब्ध गराउँदै आएका छन् । भैंसी पुरस्कार पाउन कक्षामा उत्कृष्ट भएर मात्र पुग्दैन । लेखन सीप, पठनशैली र सिर्जनात्मक क्षमता बढाउनुपर्छ । सिर्जनात्मक विद्यार्थी छान्न हरेक वर्ष विद्यालयले फरक–फरक प्रतियोगिता गरेर पुरस्कृत गर्ने गरिएको प्रअ त्रिपाठीको भनाइ छ । 

null

विद्यालयमा १ हजार विद्यार्थी अध्ययनरत छन् । वि.स.२०२० सालमा स्थापित विद्यालय ८ वर्षअघिसम्म अन्य सामुदायिक विद्यालयजस्तै भौतिक पूर्वाधारविहीन थियो । पूर्वाधारविहीन विद्यालयलाई दक्षिण कोरियाका पर्वतारोही उम होङ गिल र उनका सहयोगीले परोपकारी काम थालेपछि विद्यालयको मुहार फेरिएको हो । ५ करोड रूपैयाँभन्दा बढीको लगानीमा २ तले आधुनिक विद्यालय भवन तयार गरिदिएका छन् । भैंसी पुरस्कारको रकम उनीहरूले नै जुटाइदिएका हुन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

सामुदायिक क्याम्पसमा विद्यार्थीको हाहाकार भइरहेका बेला बुटवल कालिका क्याम्पसले यसै शैक्षिक सत्रदेखि स्नातकोत्तर तहको अध्यापन शुरू गर्न लागेको छ । बुटवल– १० रामनगरस्थित क्याम्पसले एमएममा आर्टसतर्फ अंग्रेजी र ग्र...

फागुन ४, २०८०

‘म त रित्ता हातमा हतियार बनाइदिन्छु  तिमी होली भन म दिवाली बनाइदिन्छु  शब्दका पोखरी यसरी खनाइदिन्छु मेरै कुरामा हो हो बनाइदिन्छु’ कक्षा ११ मा अध्ययन गर्दै गर्दा शिक्षकले घमण्ड...

बैशाख १३, २०८१

रूपन्देहीको तिलोत्तमास्थित शान्ति नमूना माविमा यो वर्ष कक्षा १ देखि ९ सम्म भर्ना हुन १ हजार ३६५ विद्यार्थीले आवेदन दिएका थिए । तर, विद्यालयमा ५८५ जना विद्यार्थीले मात्रै भर्ना पाए । भर्ना पाउनेमध्ये ९० प्रतिशतभन्द...

बैशाख २९, २०८१

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले पालिकाबाट सेवासुविधा लिने कर्मचारी तथा शिक्षकले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने अभियान सञ्चालन गरेको   छ ।  नगरपालिकाले सामुदायिक विद्या...

जेठ १, २०८१

सरकारले आगामी पाँच वर्षभित्र सबै बालबालिकालाई आधारभूत शिक्षा प्राप्त हुने सुनिश्चितता गरेको छ । आर्थिक वर्ष २०८१/८२ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले विद्याल...

माघ २४, २०८०

‘डा.ओम फाउन्डेसन’ले ‘विद्यालयस्तरीय खुल्ला राष्ट्रव्यापी कविता, बाल चित्रकला र हाजिरी जवाफ प्रतियोगिता’ गर्ने भएको छ । प्रणय दिवस तथा सरस्वती पूजाको अवसरमा फाउन्डेसनका संस्थापक वर...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x