कात्तिक १८, २०८०
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
बुटवल | फागुन ३, २०८०
कपिलवस्तुमा भएको यात्रुबाहक बस दुर्घटनामा ज्यान गुमाएका १० जनाकै सनाखत भएको छ । मृतकमध्ये ७ पुरुष र ३ महिला हुन् । ज्यान गुमाउनेमध्ये सात जना कञ्चनपुरका छन् ।
मृत्यु हुनेमा रौतहटको औराही–३ का ४६ वर्षीय नारायणबहादुर भण्डारी, सल्यान सौनिक हल-३ बस्ने कालिजंग गण गोरुसिंगेमा कार्यरत नेपाल आर्मीका ४१ वर्षका अर्जुनकुमार योगी, भारत उत्तरप्रदेश मुरदाबादका ५५ वर्षीय सकिल मुसलमान, महेन्द्रनगर-१ कन्चनपुरका २७ वर्षीय राहुलराम कामी र भिमदत्त-४ कन्चनपुरका २४ वर्षीय उमेश भण्डारी रहेका छन् ।
यस्तै, दुर्घटनामा भिमदत्त नगरपालिका–१६ कन्चनपुर सन्जु थापा, कञ्चनपुरको भिमदत्त नगरपालिकाका २७ वर्षीया खगेश्वरी खाती, भिमदत्त नगरपालिका–२ का २२ वर्षीय सुदीप भट्ट, पुर्नवास–९ बिसफाटाका अन्दाजी ७० वर्षकी विमलादेवी भट्ट, पुर्नवास–९ बिसफाटा कञ्चनपुरका अन्दाजी ८० वर्षका विशनदत्त भट्टको ज्यान गएको कपिलवस्तु प्रहरी प्रमुख नवरत्न पौडेलले जानकारी दिए ।
जिल्लाको शिवराज नगरपालिका–१ सुरही खोलामा भएको बस दुर्घटनामा १० जनाको मृत्यु भएको थियो भने ३० जना घाइते भएका छन् । महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको सुनौलो महाकाली यातायातको सुपप्र ०२–००१ ख ००९८ नम्बरको बस गएराति सडकबाट २०० मिटर तल खसेर दुर्घटना भएको थियो ।
दुर्घटनाका घाइतेमध्ये ओखलढुङ्गा घर भई रुद्रध्वज गण महेन्द्रनगरमा कार्यरत हवलदार लोकबहादुर कार्की, गाडी चालक भिमदत्त–४ का पूर्णबहादुर चन्द, कैलालीको बेलडाडी नपा–१ बस्ने वर्ष २४ को महेश सुनार, बाँके राप्ति सुनारी गापा–२ बस्ने वर्ष २३ को सुशील कुँवरको बुटवलस्थित चौराहा अस्पतालमा उपचार भइरहेको छ ।
यस्तै, गुल्मी मालिका गापा–७ बस्ने वर्ष २९ का अर्जुन कार्की, कन्चनपुर भिमदत्त न.पा.–१८ बस्ने बर्ष २८ का सन्तोष चौधरी, कन्चनपुर महेन्द्रनगर न.पा.–१८ बस्ने वर्ष ३५ का केशव हमाल, बैतडी मेनौली न.पा. –१ बस्ने वर्ष २२ का राजेश दयाल, कन्चनपुरको महेन्द्रनगर नगरपालिका–१ बस्ने वर्ष १८ को नितेश सुनारको पनि सोही अस्पतालमा उपचार भइरहेको छ ।
अन्य घाइतेको चन्द्रौटास्थित कपिलवस्तुको विभिन्न अस्पतालहरूमा उपचार भइरहेको उनले बताए । तीब्र गतिका कारण अनियन्त्रित भएर दुर्घटना बस दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...