×

NIC ASIA

प्रहरीमा रहेर अपराध

बर्दीमै अपराध : श्रीमतीलाई गोली हान्नेदेखि नाबालक छोराको हत्यासम्म

बुटवल | फागुन ६, २०८०

Prabhu Bank
NTC
Premier Steels

नेपाल प्रहरीका सहायक हवल्दार यामबहादुर झाँक्रीले गत साता दाङको घोराहीमा ड्युटीमा खटिएकी श्रीमती धनमाया थापालाई गोली प्रहार गरी हत्या गरे । 

Muktinath Bank

सदरमुकामस्थित व्यस्त मानिने दामोदर चोकमा सम्साँझै तीन ‘राउन्ड’ गोली हानेर श्रीमतीको हत्या गरेको घटनाले समाजलाई नै भयभीत बनायो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यो घटनाले सिंगो सुरक्षा संयन्त्रमाथिको विश्वसनीयतामै प्रश्न खडा भएको छ ।


Advertisment
Rupse Holidays
Nabil box
Kumari

२६ वर्षीया धनमाया फागुन ३ गते साँझ जिल्ला प्रहरी कार्यालयनजिकै रहेको प्रहरी बिटमा ड्युटीमा थिइन् । थापासँगै अन्य दुई सहकर्मी समेत ड्युटीमा थिए । 

Vianet communication

बेलुका ८ बजेतिर मोटरसाइकलमा आएका यामबहादुरले धनमायामाथि गोली प्रहार गरेका थिए । तीन ‘राउन्ड’ गोली लागेकी धनमाया बिटमै ढलिन् ।

यामबहादुर मोटरसाइकलमै भागे । गम्भीर घाइते धनमायालाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानतर्फ लैजाँदै गर्दा बाटोमै निधन भयो ।

उनीसँग काम गरेका सहकर्मी प्रहरीहरूका अनुसार धनमाया यामबहादुरसँग सम्बन्धविच्छेद गर्न चाहन्थिन् । 

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक जनकबहादुर मल्लले अदालतमा धनमायाले ‘सम्बन्धविच्छेद गरिपाऊँ’ भनेर ‘फिराद पत्र’ दर्ता गरेपछि यामबहादुरले गोली प्रहार गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको बताए । 

प्रहरी जवान धनमाया एक साताअघि मात्रै नेपालगञ्जबाट सरुवा भएर दाङ आएकी थिइन् ।

श्रीमान्ले झै–झगडा गरेर सताउन थालेपछि उनले सरुवा मिलाएका थिइन् । प्रहरी तालिम केन्द्रमा प्रहरी उपरीक्षकको बडीगार्ड रहेका यामबहादुर नेपालगञ्जमै थिए ।

प्यूठानको नौबहिनी गाउँपालिका– ४, खवाङ स्थायी घर भएका यामबहादुरले प्रहरी जवान थापासँग दोस्रो विवाह गरेका थिए । यामबहादुरको जेठी श्रीमतीतर्फ एक सन्तान (५ वर्षीया) छोरी रहेको सहकर्मीहरू बताउँछन् ।

सुर्खेतको पञ्चपुरी नगरपालिका वडा नम्बर ९ विद्यापुरकी २६ वर्षीया धनमाया राम्रो काम गर्ने महिला प्रहरी जवानका रूपमा चिनिन्थिन् । 

सरुवा हुनुअगाडि माघ १५ गते सम्बन्धविच्छेदका लागि उनले जिल्ला अदालत, दाङमा निवेदन दिएको पाइएको जिल्ला प्रहरी कार्यालयका एसपी मल्लले बताए ।

लुम्बिनी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) कुँवेर कडायतले ‘पारिवारिक कारणले यमबहादुरले पत्नीको हत्या गरेको अनुसन्धानमा देखिएको बताए । 

डीआईजी कडायतले लोकान्तरसँग भने, ‘सहायक हवल्दारले पेस्तोल बोक्न पाउँदैन । कसरी पेस्तोल लिएर दाङ पुग्यो भन्ने विषयमा अनुसन्धान गर्न डीआईजीकै नेतृत्वमा अनुसन्धान समिति बनेको छ । घरायसी विवाद बढ्दै जाँदा हत्या गरेको देखिन्छ ।’

घरायसी विवादको विषयलाई संगठनसँग जोड्न नहुने डीआईजी कडायतले बताए ।

जब प्रहरीले नै श्रीमती र छोराको हत्या गरे !

गत माघको तेस्रो हप्ता दाङमै प्रहरीले नै श्रीमती र नाबालक छोराको वीभत्स हत्या गरे । जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत ३२ वर्षीय प्रहरी जवान पिमलाल नेपालीले २२ वर्षीया श्रीमती टीका विक र साढे दुई वर्षका छोरा सुशान्तको हत्या गरेका थिए ।

माघ २० गते शनिबार पिमलालले श्रीमती र छोरालाई नेपालगञ्जबाट घोराही बोलाए । नेपालगञ्जमै कोठा भाडामा लिएर बस्ने श्रीमतीलाई हत्या गर्न अघिल्लो दिनदेखि उनी बिदामा बसेको पाइएको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरू बताउँछन् । उनी त्यसदिन घोराहीकै एक होटलमा श्रीमतीसँगै बास बसेका थिए । भोलिपल्ट श्रीमतीसँग झगडा बढ्दै जाँदा आवेशमा आएर हत्या गरेको बयान उनले दिएका छन् ।

‘कि हामीलाई पनि सँगै लैजा, हैन भने तँलाई यहीँ मार्छु भनेर श्रीमतीले जिद्दी गरेपछि आवेशमा आएर घाँटी थिचेर हत्या गरेको र त्यसपछि आफू जेल बस्दा छोराको विचल्ली हुने सोचेर उसको पनि हत्या गरेको बयान उनले दिएका छन्,’ प्रहरीका एक अधिकारीले लोकान्तरसँग भने ।

श्रीमती र नाबालक छोराको हत्यापछि पिमलाल आफैं जिल्ला प्रहरी कार्यालय पुगेका थिए ।

रोल्पाको रून्टीगढी गाउँपालिका वडा नम्बर ९ घर भएका पिमलालले रुकुमको चौरजहारीकी टीकासँग विवाह गरेका थिए । पिमलाल लामो समय नेपालगञ्जस्थित प्रहरी तालिम केन्द्रमा कार्यरत थिए । दुई महिनाअघि मात्रै उनी सरुवा भएर दाङ आएका थिए । 

मानव अधिकार तथा शान्ति समाजका पूर्व केन्द्रीय अध्यक्ष गोविन्द खनालले विधि र कानून परिपालनाको सुनिश्चितता गर्नुपर्ने निकायमा रहेको व्यक्तिबाट यस किसिमको अपराध हुनु गम्भीर विषय भएको बताउँछन् ।

‘कानूनको कार्यान्वयनकर्ता आफैंले कानून हातमा लिनु र जघन्य अपराधमा उत्रनुले समाजमा नकारात्मक सन्देश जान्छ,’ खनालले लोकान्तरसँग भने, ‘घटना हुनुमा समाजको मनोवृत्तिले पनि काम गरेको छ । कानूनको कार्यान्वनकर्ताबाटै अपराध हुनु डरलाग्दो कुरा हो ।’

कतिपय प्रहरी कर्मचारीमाथि अवैध रूपमा रकम असुलीको आरोप समेत लाग्ने गरेको छ ।

केही समयअघि तत्कालीन इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसी लाखौं नगद र सुनसहित पक्राउ परेका थिए ।

केसी अहिले जागिरबाट बर्खास्त भइसकेका छन् । 

प्रेसर/तनावले मानसिक विचलनपछि मृत्यु 

लामो समयदेखि हराइरहेका एक प्रहरी हवल्दार बुटवल नजिकैको जंगलमा मृत फेला परे । प्रहरी चौकी डडेल्धुराको भातागाडामा कार्यरत हवल्दार भूपेन्द्र ठकुल्ला मानसिक स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि काठमाडौं गएका थिए । 

उपचारपछि उनी पुस अन्तिम साता एक्लै काठमाडौंबाट घर फर्किए । बुटवल आसपासमा आइपुग्दा उनको समस्या फेरि बल्झियो । गाडी बुटवलको हस्पिटल लाइनमा रोक्न लगाएर त्यहीँ झरे । त्यसपछि उनी सम्पर्कविहीन थिए । परिवारले खोजीका लागि जताततै खबर गर्‍यो, केही पत्ता लागेन । केही दिनअघि उनको शव सडेको अवस्थामा भेटियो ।

कामको दबाब र प्रेसरले गर्दा उनको मानसिक स्वास्थ्य बिग्रिन पुगेको परिवारका सदस्य बताउँछन् । ठकुल्लाको मानसिक अवस्था ठीक नभएको पाइएको रूपन्देही प्रहरी प्रमुख (एसपी) भरतबहादुर विकले बताए ।

‘उनको मानसिक अवस्था ठीक रहेनछ । एक्लै यात्रा गर्ने क्रममा गाडीबाट झरेछन् । जंगलमा खान नपाएर पनि उनको मृत्यु भएको पनि हुनसक्छ । तर, पोस्टमार्टम रिपोर्ट आउन बाँकी छ’, एसपी विकले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कर्मचारीले भन्ने 'माथि' कहाँ हो ? को हो ?

कर्मचारीले भन्ने 'माथि' कहाँ हो ? को हो ?

जेठ १८, २०८१

राणा शासनकालको प्रशासनिक व्यवस्थामा 'माथि' भन्नाले प्रधानमन्त्रीलाई बुझाउँदथ्यो । राजाको शासनकालमा दरबार वा राजालाई माथि भनिन्थ्यो । कर्मचारीले इमान्दारिता छाडेमा वा अनैतिक काम गरेमा कुरा माथि पुग्दथ्यो ...

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

जेठ १६, २०८१

जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

x