×

NMB BANK
NIC ASIA

१२ सय शय्याको अस्पताल निर्माणप्रति एमाले उपाध्यक्ष पौडेलको चासो, समयमै काम थाल्न सुझाव

बुटवल | फागुन १४, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा अगाडि बढेको अत्याधुनिक संरचनासहितको अस्पताल भवन निर्माणप्रति चासो देखाएका छन् ।

Muktinath Bank

रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य पौडेलले समयमै आयोजना सक्ने गरी काम गर्न प्रदेश पूर्वाधार विकास प्राधिकरण र निर्माण कम्पनीलाई आग्रह गरेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सोमवार अस्पतालको निरीक्षणपछि आयोजनाको बारेमा जानकारी लिँदै पौडेलले कुनै पनि बहानामा आयोजना सम्पन्न गर्ने काममा ढिलाई नगर्न सचेत गराए । 


Advertisment
Nabil box
Kumari

‘यो वा त्यो बहानामा आयोजना निर्माणमा ढिलाई गर्नु हुँदैन, समयमा सम्पन्न गर्ने र गुणस्तरीय काम गर्ने गरी आवश्यक परेको समयमा हामी भोलिन्टियर खटिन तयार छौं’, उनले भने ।

Vianet communication
Laxmi Bank

लुम्बिनी प्रादेशिक अस्पतालमा ६ अर्ब १८ करोड ७५ लाखको लगानीमा १ हजार २ सय शय्याको आधुनिक अस्पताल भवन निर्माणका लागि प्रक्रिया अगाडि बढेको छ । पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजना अन्तर्गत १० तले भवन बन्नेछ ।

यस क्षेत्रका उद्योगी व्यवसायी, सामाजिक व्यक्तित्व, प्रदेश सभाका सदस्यलगायत पार्टीका नेता कार्यकर्ताको साथमा अस्पताल पुगेका पौडेलले जनताको जीवनसँग जोडिएको आयोजना भएकाले समयमै काम शुरू गर्न पनि आग्रह गरे ।

null

‘५ वर्षे अवधिको लागि क्यालेन्डर बनाएर काम गर्नुस्, तोकिएको अवधिभित्रै भवन निर्माणसहितका संरचना तयार होस्, त्यसो नभए नागरिक स्तरबाट प्रश्न उठ्छ, प्रश्न उठ्ने काम कतैबाट पनि नहोस्’ पौडेलले भने ।

चलखेलविना नै काम सम्पन्न होस् भन्ने नागरिकको चाहना रहेको उनले बताए।

‘प्रदेश सरकारले पनि यो आयोजना त्यत्तिकै अगाडि बढाएको होइन, यसका लागि ठूलो पापड बेलिएको छ, यसमा कहीं कतै पनि चलखेल नगरी काम सम्पन्न होस् भन्ने यहाँका नागरिकको चाहना छ’ उनले भने ।

आफूले यस अस्पतालमा कहिले बिरामी बनेर र कहिले कुरुवा बनेर दिनरात बिताएको स्मरण गर्दै पौडेलले आयोजना आफ्नो लागि सर्वाधिक सरोकारको आयोजना भएको पनि बताए ।

अस्पतालको संरचना निर्माणका लागि ८ अर्ब ९९ करोड ७५ लाख ६४ हजार एक सय ९९ रुपैयाँ २३ पैसा बराबरको लागत अनुमान गरिएको थियो ।

निर्माण कम्पनीले ६ अर्ब १८ करोड ७५ लाखमा निर्माण शुरू भएको पाँच वर्षमा सक्ने गरी ठेक्का सम्झौता गरेको छ ।

null

null

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x