×

NMB BANK
NIC ASIA

स्वास्थ्य उपकरणको ठेक्कामा गोलमाल

९ करोड पर्ने २ सिटीस्क्यान मशिन किन्न १८ करोडको ठेक्का, एउटालाई मात्र मिल्ने स्पेसिफिकेसन

काठमाडाैं | फागुन १६, २०८०

NTC
Sarbottam
तस्वीरमा माथिबाट क्रमश: सिंह, पण्डित र पाण्डे
Premier Steels
Marvel

मधेश प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले अघि बढाएको सिटीस्क्यान मशिन खरिद प्रक्रियामा अनियमितता भएको पाइएको छ ।

Muktinath Bank

बढीमा ९ करोड रुपैयाँमा खरिद गर्न सकिने २ सिटीस्क्यान मशिनको लागत अनुमान झन्डै १८ करोड राखेर खरिद प्रक्रिया अगाडि बढाएको पाइएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

फिलिप्स कम्पनीको मात्र फिचर मिल्ने गरी स्पेसिफिकेसन बनाएर टेन्डर गरिएको छ । विभिन्न विदेशी कम्पनीका सिटीस्क्यान मशिन बजारमा आपूर्ति हुने गरे पनि फिलिप्स कम्पनीको मात्र फिचर मिल्नेगरी स्पेसिफिकेसन तयार गरेको देखिन्छ ।


Advertisment
Nabil box
Kumari

फिलिप्स कम्पनीको नेपालका एक मात्र लोकल आपूर्तिकर्ता हस्पिटेक इन्टरप्राइजेजका विशाल पण्डित हुन् ।

Vianet communication
Laxmi Bank

सिंहदरबारको मुखैमा सञ्चालित बसेरा होटलका सञ्चालक समेत रहेका पण्डित स्वास्थ्य उपकरण आपूर्ति गर्ने प्रमुख आपूर्तिकर्ता हुन् । तीन वर्षअघि नेपालमा आएको कोभिड महामारीदेखि हालसम्म मधेश प्रदेशमा अर्बौं रुपैयाँका स्वास्थ्य उपकरणहरू विशाल पण्डितले आपूर्ति गर्दै आएका छन् ।

मधेशका स्वास्थ्य मन्त्री वीरेन्द्र सिंहसँगको सेटिङमा यसरी ठेक्का प्रक्रिया अगाडि बढेको स्रोतको दाबी छ ।

टेन्डर आह्वान गर्न निमित्त निर्देशक र बायोमेडिकल इन्जिनियरको सरुवा

'स्पेक लक' गरी टेन्डर आह्वान गर्न स्वास्थ्य मन्त्री सिंहले स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका तत्कालीन निमित्त निर्देशक डा. नागेन्द्र यादवलाई दबाब दिएका थिए । कुनै एक कम्पनीको फिचर मिल्ने गरी स्पेसिफिकेसन बनाउन दबाब दिएपछि तत्कालीन निमित्त निर्देशक यादवले मानेनन् ।

'मन्त्रीज्यूले टेन्डर निकाल्न पटक-पटक भन्नुभएको थियो । तर, मैले कुनै एक मात्र आपूर्तिकर्तालाई मिल्ने गरी स्पेसिफिकेसन बनाउनुभन्दा सबै कम्पनीले खुला प्रतिस्पर्धा गर्नेगरी टेन्डर खुलाउँछु भनेको थिएँ,' यादवले लोकान्तरसँग भने, 'लागत अनुमान बढी राखिएको छ, त्यसलाई कम गरेर प्रतिस्पर्धामा सबैभन्दा कम प्रस्ताव गर्नेलाई छनोट गरी स्पेसिफिकेसन बनाएर टेन्डर खुलाउँछु भन्ने मेरो अडान थियो ।'

त्यसपछि आफ्नो सरुवा भएको उनले बताए ।

यादव संघीय सरकारका स्थायी कर्मचारी हुन् । प्रादेशिक अस्पताल सिरहामा दरबन्दी भए पनि स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा २०८० जेठ १ गते काज सरुवा भएको थियो । तर, सिटीस्क्यान खरिदका लागि मन्त्री सिंहले भने जस्तै स्पेसिफिकेसन बनाउन नमानेपछि मंसिर १८ गते स्वास्थ्य मन्त्रीस्तरीय निर्णय गरेर प्रादेशिक अस्पताल सिरहामै काज फिर्ता गरिएको थियो ।

'अचानक सरुवा भयो । मन्त्रीज्यूले भन्नु भएजस्तै टेन्डर नखुलाएका कारण सरुवा भएको हुनसक्ने मेरो अनुमान छ,' यादवले भने ।

यादवको ठाउँमा स्वास्थ्य मन्त्री सिंहले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान जनकपुरमा कार्यरत डा. मनिष पाण्डेलाई ल्याएका छन् ।

स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको निमित्त निर्देशक बनेपछि पाण्डेले केन्द्रका बायोमेडिकल इन्जिनियर शैलेन्द्र यादवलाई फिलिप्स कम्पनीको फिचरसहितको स्पेसिफिकेसन बनाउन निर्देशन दिएको स्रोतको दाबी छ ।

शैलेन्द्र यादव स्थायी कर्मचारी हुन् । दरबन्दी प्रादेशिक अस्पताल सिरहामा भए पनि उनी काजमा केन्द्रमै थिए । झन्डै ५ वर्षदेखि काजमा केन्द्रमा कार्यरत यादवले स्पेसिफिकेसन लक गर्न नमानेपछि स्वास्थ्य मन्त्री सिंहले उनलाई पनि दरबन्दी रहेको स्थान प्रादेशिक अस्पताल सिरहामा फिर्ता पठायो । माघ १२ गते शैलेन्द्र यादव दरबन्दी रहेको स्थान सिरहामा फिर्ता भए ।

त्यसपछि स्पेसिफिकेसन तयार पार्नका लागि स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निमित्त निर्देशक पाण्डेले विशाल पण्डितको कम्पनीकी पूर्व कर्मचारी बन्दना मिश्रालाई परामर्शदाताका रूपमा नियुक्त गरेका थिए ।

मिश्राले विगतमा स्वास्थ्य सेवा विभागअन्तर्गत विशाल पण्डित समूहको एक परियोजनामा काम गरेकी थिइन् । स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाअन्तर्गत विशाल पण्डित समूहले हात पारेको परियोजनाको पूर्वाञ्चल निर्देशनालयमा उनले मेन्टिनेन्स चिफको रूपमा काम गरिसकेकी छिन् । स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निमित्त निर्देशक डा. पाण्डेले त्यही मिश्रालाई परामर्शदाताको रूपमा हायर गरी स्पेसिफिकेसन तयार पार्न लगाएका हुन् । स्पेसिफिकेसनमा पाण्डे र मिश्राको हस्ताक्षर छ ।

केन्द्रले फागुन १० गते टेन्डर आह्वान गरेको छ । झन्डै १८  करोड रुपैयाँको लागत अनुमानमा दुईवटा सिटीस्क्यान खरिदका लागि अन्तर्राष्ट्रिय बिडिङ हुनुपर्नेमा नेसनल बिडिङ मात्र गरेर प्रतिस्पर्धालाई सीमित गरिएको छ । अर्कातर्फ वार्षिक १३ करोड रुपैयाँको कारोबार भएकाले मात्र प्रतिस्पर्धामा भाग लिन पाउने गरी शर्त राखिएको छ ।

फिलिप्स कम्पनीको फिचर भएका वस्तु मात्र स्पेसिफिकेसनमा राखिएको छ । १२८ स्लाइस, ८० किलोवाटको जेनरेटर, ५-६६७ एमए, ८०-१४० केभी, ८ एमएचयुको ट्युबर क्यापासिटी, स्क्यान टाइम ०.३५ सेकेन्ड, स्पाइरल स्क्यान टाइम १२० सेकेन्डसहितका फिचर मिल्ने गरी स्पेसिफिकेसन तयार पारिएको छ ।

उदाहरणका लागि स्लाइस थिकनेस फिलिप्स कम्पनीको ०.६२५ एमएम हुन्छ भने निउसफ्ट कम्पनीको०.३१२५ एमएम, साइमन्स कम्पनीको ०.६ एमएम, क्यानन कम्पनीको ०.५ एमएम हुन्छ । तर, केन्द्रले तयार पारेको स्पेसिफिकेसनमा फिलिप्स कम्पनीबराबर ०.६२५ एमएम राखिएको छ ।

त्यसैगरी स्क्यान टाइम फिलिप्स कम्पनीको ०.३५ सेकेन्ड हुन्छ भने निउसफ्ट कम्पनीको०.३७ सेकेन्ड, साइमन्स कम्पनीको ०.३५ सेकेन्ड, क्यानन कम्पनीको ०.३५ सेकेन्ड हुन्छ । तर, केन्द्रको स्पेसिफिकेसन हेर्ने हो भने फिलिप्सलाई मिल्ने गरी ०.३५ सेकेन्ड राखिएको छ ।

त्यसैगरी पिच फिलिप्स कम्पनीको ०.५-१.५  हुन्छ भने निउसफ्ट कम्पनीको०.१३-२, साइमन्स कम्पनीको ०.३५-१.५ , क्यानन कम्पनीको ०.५६३-१.५ हुन्छ । केन्द्रले तयार पारेको स्पेसिफिकेसनमा पिच फिलिप्स कम्पनीको बराबर ०.५-१.५ राखिएको छ ।

त्यसैगरी स्पाइरल स्क्यान टाइमअन्तर्गतको फिचर हेर्ने हो भने फिलिप्स कम्पनीको १२० सेकेन्ड हुन्छ । निउसफ्ट कम्पनीको ३ सय सेकेन्ड, साइमन्स कम्पनीको १५० सेकेन्ड, क्यानन कम्पनीको १ सय सेकेन्ड हुन्छ । तर, केन्द्रले तयार पारेको स्पेसिफिकेसनमा फिलिप्स कम्पनीजस्तै १२० सेकेन्डमा मिल्ने गरी राखिएको छ ।

यी त उदाहरण मात्र हुन् । यसरी विभिन्न फिचरहरू फिलिप्स कम्पनीसँगै मेल खानेगरी स्पेसिफिकेसन तयार गरिएको छ ।

हेर्नुहोस्, विभिन्न चार कम्पनीको फिचरको तुलनात्मक विशेषता :

null

यस विषयमा एक आपूर्तिकर्ता नारायण कार्कीले मधेश प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी समेत गरेका छन् ।

null

'टेन्डरमा एक मात्र कम्पनी फिलिप्सको स्पेसिफिकेसन मिलेको देखिएको हुनाले सार्वजनिक खरिद ऐनविपरीत भएको सो कार्यमा संलग्न निमित्त निर्देशक मनिष पाण्डे र बायोमेडिकल इन्जिनियर बन्दना मिश्रालाई कारबाही गरिदिनुहुन अनुरोध छ,' अख्तियार दुरुपयोग अनुसन्धान आयोग बार्दिवासमा दर्ता गरिएको उजुरीमा उल्लेख छ । फागुन १५ गते अख्तियारमा गरिएको उक्त उजुरीको दर्ता नम्बर ४४०४ छ ।

null

यस विषयमा स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निमित्त निर्देशक पाण्डेसँग जिज्ञासा राख्दा कुनै सेटिङ नभएको बताए ।

'बजारमा धेरै कम्पनीहरू छन् । एउटा, दुईवटा कम्पनीको मिलाउने हो, सबैको त कहाँबाट मिलाउने हो ? सबैको त मिलाउन सकिँदैन नि,' पाण्डेले लोकान्तरसँग भने, 'जसको नमिलेको छ, त्यस्ता सप्लायर्सले अनावश्यक आरोप लगाएका हुन् ।'

सिटीस्क्यान खरिद हुने अस्पतालमा सिटीस्क्यान राख्न घर समेत निर्माण गर्नुपर्ने भएकाले अन्तर्राष्ट्रिय बिडिङ नगरेको उनले बताए ।

यस विषयमा हस्पिटेक इन्टरप्राइजेजका सञ्चालक विशाल पण्डितसँग कुरा गर्न खोज्दा पछि कुरा गर्दै भन्दै फोन काटिदिए । मधेशका स्वास्थ्य मन्त्री सिंहलाई पनि पटक-पटक फोन गर्दा समेत सम्पर्क हुन सकेन ।

हेर्नुहोस्, आह्वान गरिएको ठेक्का :

 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x