पुस २५, २०८०
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
पुनःनिर्माणसम्बन्धी कार्यविधि नबन्दा स्थायी संरचना निर्माणमा ढिलाइ भएको स्थानीय तहले गुनासो गरेका छन् ।
रुकुम पश्चिम जिल्ला प्रशासन कार्यालयमा आयोजित विपद् व्यवस्थापन समितिको बैठकमा भूकम्प पीडित क्षेत्रमा पुनःनिर्माणका लागि तत्काल कार्यविधि पठाउन सङ्घीय सरकारसमक्ष स्थानीय तहका प्रमुख तथा अध्यक्षहरूले माग गरेका हुन् ।
जिल्लामा अस्थायी आवास निर्माणको काम अन्तिम चरणमा पुगेको तर पुनः निर्माणसम्बन्धी कार्यविधि नआउँदा स्थायी संरचना निर्माण गर्न ढिलाइ भएको आठबीसकोट नगरपालिका प्रमुख रवि केसीले बताए ।
कतिपय अस्थायी आवास, मापदण्ड विपरीत बनेकाले त्यसमा विपद् व्यवस्थापन समितिले पनि ध्यान दिनुपर्ने उनको भनाइ थियो ।
'बर्खायामको समय नजिकै आएकाले सरकारले तत्काल पुनःनिर्माणसम्बन्धी कार्यविधि नल्याए पीडित क्षेत्रका नागरिकले थप सास्ती भोग्नुपर्ने देखिन्छ । सङ्घीय सरकारले यसतर्फ पनि ध्यान दिएर तत्काल पुनः निर्माणसम्बन्धी कार्यविधि ल्याउनुपर्छ', नगरप्रमुख केसीले भने ।
सरकारले दिएको अनुदान पाउने आशमा घर बनाए पनि भोलि सरकारले बनाएको कार्यविधि र पीडितले बनाएको घरको मापदण्ड नमिलेमा फेरि जनता र सरकारबीच अविश्वास पैदा हुने भएकाले तत्काल पुनः निर्माणका लागि कार्यविधि आवश्यकता रहेको उनको भनाइ थियो ।
चौरजहारी नगरपालिकाका प्रमुख पुष्प बादीले पनि अस्थायी निर्माणको काम करिब सकिएकाले सङ्घीय सरकारले जतिसक्यो छिटो भूकम्प पीडितको स्थायी संरचना निर्माणमा ध्यान दिन पुनःनिर्माणको कार्यविधि तत्काल आवश्यक रहेको बताए ।
सानीभेरी गाउँपालिका अध्यक्ष वीर्खबहादुर विष्टले शुरूशुरूमा अस्थायी आवास निर्माणको समस्या रहेकामा अब भने पुनःनिर्माणको आवश्यकता रहेको उल्लेख गरे ।
त्रिवेणी गाउँपालिका अध्यक्ष गणेशकुमार केसी, बाँफिकोट गाउँपालिका अध्यक्ष जनक बाठालगायत अन्य सरोकारवालाहरूले भूकम्प पीडितलाई वर्षायाम शुरू नहुँदै स्थायी संरचनामा बसाल्न स्थानीय, प्रदेश र सङ्घीय सकारले समयमै ध्यान दिनुपर्ने आवश्यकता औंल्याएका थिए ।
विपद् व्यवस्थापन बैठकमा अन्य सहभागी राजनीतिक दल, सङ्घसंस्थाहरूले पनि पीडित नागरिकका लागि स्थायी संरचना आवश्यक रहेकाले पुनः निर्माणसम्बन्धी कार्यविधि पारित गरेर तत्काल पुनः निर्माणमा लाग्नुपर्नेमा जोड दिएका थिए ।
दोस्रो किस्ता प्राप्त गर्न मापदण्ड पालन गर्नुपर्ने
अस्थायी आवास निर्माणका लागि पहिलो किस्ता दिए जसरी सजिलै दोस्रो किस्ता दिन नसकिने प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिए ।
उनका अनुसार दोस्रो किस्ता प्राप्त गर्न अस्थायी आवास मापदण्डअनुसार बनाउनुपर्ने, जग्गाको तिरो तिर्नुपर्ने र वडा, तथा पालिकाबाट स्वीकृत भई अस्थायी आवासको मापदण्डअनुसार डाटा बेसमा प्रमाणित गरेपछि मात्र लाभग्राहीले दोस्रो किस्ता प्राप्त गर्नेछन् ।
एकै परिवारका सदस्यले एकभन्दा बढी अस्थायी आवासका लागि पहिलो किस्ता प्राप्त गरेको पाएमा त्यस्ता लाभग्राहीलाई वडाबाट हुने सिफारिश, सामाजिक सुरक्षा भत्तालगायत सेवा सुविधा रोक्का हुने कार्यविधि रहेकाले दोस्रो किस्ताका लागि कडाइका साथ मापदण्ड पालना गर्नुपर्ने प्रजिअ पन्तले जानकारी दिए ।
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
राणा शासनकालको प्रशासनिक व्यवस्थामा 'माथि' भन्नाले प्रधानमन्त्रीलाई बुझाउँदथ्यो । राजाको शासनकालमा दरबार वा राजालाई माथि भनिन्थ्यो । कर्मचारीले इमान्दारिता छाडेमा वा अनैतिक काम गरेमा कुरा माथि पुग्दथ्यो ...
जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...
नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...