×

NMB BANK
NIC ASIA

सरकारी अस्पतालमध्ये देशकै ठूलो भवन

स्वास्थ्यमा नारायणी पश्चिमको ‘गेम चेन्जर’ आयोजनाः बुटवलमा १२ सय शय्याको १२ तले अस्पताल

बुटवल | फागुन २०, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

प्रदेशका नागरिकका लागि सहज स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यसहित बुटवलमा देशकै ठूलो र सुविधासम्पन्न अस्पताल भवन निर्माण शुरू भएको छ ।

Muktinath Bank

पश्चिम क्षेत्रमा उपचारको प्रमुख गन्तव्य रूपन्देहीको बुटवलमा १२ सय शय्याको १२ तले अस्पताल भवन निर्माणको थालनी गरिएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यो अस्पताल नारायणी पश्चिमको स्वास्थ्य क्षेत्रमा ‘गेम चेन्जर’ परियोजना हुने स्वास्थ्य क्षेत्रका जानकारहरू बताउँछन् ।


Advertisment
Nabil box
Kumari

लुम्बिनी प्रदेश सरकारको गौरवको आयोजनाका रूपमा अघि बढाइएको अस्पताल भवन देशकै सरकारी अस्पतालहरूमध्ये सबैभन्दा अग्लो र ठूलो हुनेछ । 

Vianet communication
Laxmi Bank

पश्चिम नेपालका नागरिकले उपचारका लागि धाउने प्रादेशिक अस्पतालमा जनशक्तिको अभाव, सरोकारवालाको बेवास्ता र उपचारमा ढिलासुस्तीले बिरामी र आफन्तले भोग्दै आएको सास्ती सुविधासम्पन्न अस्पताल भवन निर्माणपछि अन्त्य हुने अपेक्षा गरिएको छ ।

लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालका अनुसार प्रादेशिक अस्पताल बनेपछि देशकै नमूनाको रूपमा विशेषज्ञ अस्पतालमा परिणत हुनेछ । 

११४ वर्ष पुरानो अस्पतालका पुराना संरचनाहरू हटाएर सोही ठाउँमा देशकै ठूलो र सुविधासम्पन्न अस्पताल बनेपछि चितवनपश्चिमको उपचारको ‘हब’ बुटवल बन्ने निश्चित भएको मन्त्री खनालको दाबी छ । 

प्रादेशिक अस्पतालले लुम्बिनी, गण्डकी, सुदुरपश्चिम प्रदेश र सीमावर्ती भारतीय क्षेत्रका गरी करिब ५० लाख नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको अस्पतालको रेकर्डमा उल्लेख छ । यो मुलुककै पुरानोमध्येको तृतीय स्तरको सरकारी अस्पताल हो । 

null

स्वास्थ्यको ‘गेम चेन्जर’ परियोजना 

लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुदर्शन थापाले दैनिक १ हजार ५०० बिरामी उपचारका लागि आउने अस्पताललाई अत्याधुनिक र सुविधासम्पन्न बनाउने गुरुयोजनाले मूर्त रूप लिएर काम शुरू भएको जानकारी दिए । बहुउपचारीय ‘गेम चेन्जर’ र रणनीतिक महत्त्वको परियोजना भएकाले निर्माणको काम तीव्र गतिमा अगाडि बढाइने मेसु थापाले बताए ।

बनेको लामो समयसम्म पटक–पटक विवादले अलमलमा परेको महत्त्वपूर्ण आयोजना हालै निर्माणको बाटो खुलेको छ । अहिले सबैखाले विवाद निरूपण भई वातावरणीय प्रभाव मूल्यांकन समेत भएर आधुनिक अस्पताल भवनको निर्माण कार्य अगाडि बढेको छ ।

कहिले वातावरणीय प्रभाव मूल्यांकन नभएको, कहिले ठेक्का प्रक्रिया नमिलेको अनेक अप्ठ्यारा चिर्दै गएको पुसमा आयोजना निर्माण कार्यले मूर्त रूप लिएको थियो । प्रदेश पूर्वाधार विकास प्राधिकरणमार्फत नयाँ भवन निर्माण कार्य अगाडि बढेको छ । अब बन्ने अस्पतालको मुख्य भवन अन्डरग्राउण्डसहित १२ तलाको हुनेछ भने क्यान्सर उपचारका लागि अन्डरग्राउन्डसहित पाँच तलाको अलग्गै भवन ‘ओन्कोलोजी ब्लक’ बन्नेछ ।

null 

६ अर्ब १८ करोड निर्माण लागत

गुरूयोजना अनुसार अस्पतालको संरचना निर्माणका लागि ८ अर्ब ९९ करोड ७५ लाख ६४ हजार १९९ रूपैयाँ बराबरको लागत अनुमान गरिएको थियो । तर, निर्माण कम्पनीले ६ अर्ब १८ करोड ७५ लाख रूपैयाँमा पाँच वर्षमा निर्माण सक्ने गरी हालै (पुस २६ गते) ठेक्का सम्झौता गरेको छ ।

बुटवल उपमहानगरपालिका वडा नम्बर ९ मा रहेको ६ बिगाहा १२ कठ्ठा जग्गामा यी अत्याधुनिक संरचनासहितको अस्पताल भवन निर्माण हुन प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इञ्जिनीयर छविराज पोखरेलले जानकारी दिए ।

हालको ३०० (सीमितबाट थप भएका समेत गरी ५००) शय्याको अस्पताललाई विस्तार गरी न्यूनतम् १ हजार २०० शय्याको क्षेत्रीय बहुअनुशासनात्मक अस्पतालमा स्तरोन्नति गर्ने प्रस्ताव गरिएको सीईओ इञ्जिनीयर पोखरेलको भनाइ छ । विशेषज्ञ सेवासहितको अत्याधुनिक अस्पताल भवन निर्माणका लागि लुम्बिनी प्रदेश सरकारले यसअघि वि.सं. २०७७ मा नै गुरुयोजना बनाएको थियो । 

प्रदेश सरकार मातहत रहेको अस्पतालको गुरुयोजना तथा भवनको ड्रइङ र डिजाइनलाई यसअघि नै मन्त्रिपरिषद्ले पारित गरेको थियो । 

हेलिप्याडबाट सिधै इमर्जेन्सीमा आउजाउ 

प्राधिकरणले चरणबद्ध निर्माणमा आधुनिक स्वास्थ्य उपचार सुविधासहित १२ सय शय्याको अस्पताल निर्माण गर्नेछ । एउटा आधुनिक अस्पतालका लागि आवश्यक पर्ने सबै प्रकारका सुविधासहितको विशेष अस्पताल भवन निर्माणको प्रस्ताव गरिएको सीईओ पोखरेलले जानकारी दिए ।  

अहिले पहिलो चरणमा अस्पतालको सबैभन्दा पुराना भवन र संरचनाहरू हटाइने छ । जोखिमरहित तरिकाले उपचारमा कुनै डिस्टर्ब नहुने गरी पुराना संरचनालाई मार्किङ गरेर हटाउने प्रक्रिया शुरू भएको डा. सुदर्शन थापाले जानकारी दिए । यो ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले नै समन्वय गरेर हटाउने तयारी थालेको छ । 

पहिलो चरणमा हटाउनुपर्ने भवन परिसरलाई बारबन्देज गरेर सुरक्षित तरिकाले हटाउन लागिएको र परिसरमा रहेका रुखहरू काट्न थालिएको छ । नयाँ बन्ने अस्पताल भवनको अगाडिको भागमा अत्याधुनिक बहिरंग सेवा (ओपीडी), आपतकालीन (इमर्जेन्सी), इन्डोर सर्भिस कक्ष रहनेछन् । साथै, विशिष्टिकृत ग्यास्ट्रो, न्यूरो, कार्डियोलोजी लगायतका सबै विशेषज्ञ सेवा एउटै भवनबाट व्यवस्थित तरिकाले प्रदान गर्नेगरी संरचना निर्माण हुनेछन् । 

null

हाल उपचारका लागि प्रयोगमा रहेका तीनवटा नयाँ भवनमा डाइग्नोस्टिक एन्ड रिसर्च, प्रसूति र महिला तथा बालरोगको उपचारका लागि प्रयोग गरिने मेसु थापाको भनाइ छ । भवनको माथि हेलिप्याडसमेत रहने उल्लेख गरिएको छ । हेलिप्याडबाट सिधै इमर्जेन्सीमा आउजाउ गर्न मिल्ने व्यवस्थित लिफ्टसमेत बन्नेछ ।

निर्माणमा झन्झट खेप्न नपरे २०८५ बाट सेवा शुरू गर्ने

अस्पताल निर्माण सम्झौता भएको पाँच वर्ष (वि.सं.२०८५ साल पुस)मा निर्माण सक्ने गरी भवन निर्माणको सम्झौता भएको छ । 

प्रतिष्ठित अन्तर्राष्ट्रिय (भारतीय) कम्पनी क्यापासाइट–आशिष–रेलिग्रेट भेञ्चरले नेपाली कम्पनीसँग संयुक्त रूपमा काम गर्नेगरी गएको पुस २६ गते सम्झौता गरी निर्माणको काम पनि अघि बढाएको छ । 

null

अस्पताल भवन निर्माणको शिलान्यासका लागि प्रदेश पूर्वाधार विकास प्राधिकरणले प्रदेश सरकारसँग समन्वय गरिरहेको प्राधिकरणका साइट इन्जिनियर रमेश शर्माले जानकारी दिए । 

‘सीईओ सापले मुख्यमन्त्रीज्यू, पूर्व मुख्यमन्त्री र मातहतका कार्यालय प्रमुखहरूसँग आवश्यक परामर्श र समन्वय गरिरहनुभएको छ । अबको केही समयमा आवश्यक प्रक्रिया पूरा गरेर औपचारिक शिलान्यास कार्यक्रम गरिनेछ,’ इन्जिनियर शर्माले भने । 

के–के हुँदै आएको छ उपचार सेवा ?

लुम्बिनी प्रदेशको प्रमुख प्रादेशिक अस्पतालको रूपमा सेवा प्रदान गर्दै आइरहेको छ । ३०० बेड सरकारी र १०० बेड समितितर्फ गरी ४०० बेड स्वीकृत भएको भए पनि अहिले ५२४ बेड सञ्चालनमा रहेका छन् । 

यस अस्पतालमा बहिरंग सेवाहरूमा जनरल मेडिसिन, न्यूरो मेडिसिन, यौन तथा छाला रोग, नेफ्रोलोजी, जनरल सर्जरी, हाडजोर्नी तथा नसा रोग, नाक, कान, घाँटी रोग, आँखा रोग, युरोलोजी, न्यूरो साइक्याट्रिक, दन्त रोग, कार्डियोलोजी, प्लास्टिक सर्जरी, मनोरोगको उपचार सञ्चालनमा रहेको अस्पतालका सूचना अधिकारी वरिष्ठ बालरोग विशेषज्ञ तथा सूचना अधिकारी डा. नेत्रबहादुर रानाको भनाइ छ । 

null

मातृशिशुसम्बन्धी सम्पूर्ण उपचार सेवा हुने गरी प्रसूती तथा स्त्री रोग उपचार र बाल रोग उपचारका लागि बेडको व्यवस्थासहित विभागमा ओपीडी, इमर्जेन्सी, डेलिभरी कक्ष, खोप, परिवार नियोजन समेटेर मातृशिशु क्लिनिक, नवजात शिशु सघन उपचार कक्ष, बच्चाहरूका लागि सघन कक्षसहितको भवन निर्माण सम्पन्न भई सञ्चालनमा रहेको छ । साथै, अन्य सेवाहरू फार्मेसी, प्याथोलोजी, एक्स–रे, सिटी स्क्यान, अल्ट्रासाउन्ड, इन्डोस्कोपी, क्लोलोनोस्कोपी, ईसीजी, ओपीजी, इकोकार्डिओग्राम, आईसीयू, सामाजिक सेवा इकाइ, विस्तारित अस्पताल सेवा पनि उपलब्ध रहेको सूचना अधिकारी डा. रानाको भनाइ छ । 

अस्पतालको अक्सिजन अभावलाई मध्यनजर गर्दै अक्सिजन प्लान्ट सञ्चालनमा आएको छ । कोरोना महामारीको समयमा भएको आपतकाललाई मध्यनजर गर्दै अहिले अस्पतालमा स्तरीय सेवा विस्तारको काम भइरहेको प्रादेशिक अस्पतालका शाखा अधिकृत राजन केसीले बताए ।

क्याबिन अभावलाई हटाउन सुविधा सम्पन्न क्याबिनहरू निर्माण सम्पन्न भई सञ्चालनमा रहेको र सेवा विस्तारका साथै सहज सेवा प्रवाहमा ध्यान दिइएको शाखा अधिकृत केसीले बताए । 

null

तत्कालीन मुख्यमन्त्री पोखरेलको परिकल्पना 

मुख्यमन्त्री भएर बुटवल आएदेखि नैं लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री शंकर पोखरेलले लुम्बिनी प्रादेशिक अस्पताललाई स्तरवृद्धि गरी सुविधासम्पन्न बनाउने सोच बनाएका थिए । अस्पतालको गुरुयोजना तथा भवनको ड्रोइङ र डिजाइन पूर्वमुख्यमन्त्री तथा नेकपा एमालेका महासचिव पोखरेल नेतृत्वको सरकारले पारित गरेको थियो । 

लुम्बिनी प्रदेश सरकारले चालू आव २०८०/८१ मा अस्पताल भवन निर्माणका लागि ७० करोड रूपैयाँ रकम छुट्ट्याएको छ । प्रदेशको महत्त्वपूर्ण आयोजना भएको र प्रभावकारी रूपमा काम हुनेगरी ठेक्का अघि बढेकाले रकम अभाव नहुने सरकारले बताएको छ । 

हेर्नुहोस्, थप तस्वीर :

null

null

null

null

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x