×

NIC ASIA

नेकपा माओवादी केन्द्र, नेकपा एमालेसहित ४ दलबीच नयाँ गठबन्धन बनाउने सहमति भएसँगै संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस सत्ताबाट विमुख हुने भएको छ ।

Muktinath Bank

माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेसले आफूलाई काम गर्न नदिएको भन्दै एमाले, रास्वपा, जसपासहितको नयाँ गठबन्धन बनाउने सहमति गरेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राष्ट्रिय सभाको अध्यक्ष, कांग्रेस महासमिति बैठकमा पेश भएका दस्तावेज, टीआरसी लगायत विषय सतहमा देखिए पनि गठबन्धन टुट्नुको मुख्यकारण अर्थमन्त्री डा. प्रकाशशरण महत भएको विश्वस्त स्रोतले दाबी गर्‍यो ।


Advertisment
Nabil box
Kumari

प्रधानमन्त्रीको चासो भएका कुनै पनि फाइल अगाडि नबढाउने, समानान्तर सत्ताको अभ्यास गर्ने काम अर्थमन्त्रीबाट हुन थालेपछि प्रचण्डले देउवासमक्ष पटक-पटक गुनासो गरेका थिए । तर, देउवा महतलाई हटाउन तयार नभएपछि प्रचण्डले एमाले अध्यक्षसँग सघन छलफल अघि बढाएको स्रोतको दाबी छ ।

Vianet communication

‘प्रधानमन्त्रीले अह्राएको काम नगर्ने, आफूखुसी गर्दै हिँड्ने र समानान्तर सत्ता चलाउन खोज्ने प्रवृत्ति अर्थमन्त्रीमा देखिएको थियो,’ प्रधानमन्त्री निकट स्रोतले लोकान्तरसँग भन्यो ।

गत बिहीबार सार्वजनिक रूपमै पनि प्रचण्डले अर्थमन्त्रीप्रति गुनासो गरेका थिए ।

महतप्रति लक्षित गर्दै उनले भनेका थिए, ‘हामीले निर्धारण गरेको लक्ष्य धरातलीय यथार्थतासँग मेल खाएन । अझ पुँजीगत खर्च त २४ प्रतिशतभन्दा पनि कम भएको छ । पुँजी निर्माण नभई विकासले गति लिँदैन भन्ने सबैलाई थाहा छ ।’ उक्त कार्यक्रममा महतसमेत उपस्थित थिए ।

 ‘नीति तथा कार्यक्रम, बजेट र कार्यक्रमबीच तादम्यता नमिल्दा परिणाम आइरहेको छैन,’ प्रचण्डले महतकै अगाडि भनेका थिए, ‘मन्त्रालयहरू तथा अन्य निकायले निर्धारित वार्षिक लक्ष्य र सूचकअनुसार कार्यसम्पादन पूरा नगर्ने र राजनीतिक तथा प्रशासनिक नेतृत्वहरू निर्णय लिन हिच्किचाउने प्रवृत्ति मौलाउँदै जानु सकारात्मक सन्देश होइन ।’

महतले आगामी बजेटमा प्रधानमन्त्रीले निर्देशन दिएका विषय समेट्ने छाँटकाँट समेत देखाएका थिएनन् । ‘बजेटको सिद्धान्तमै कुरा मिलिरहेको थिएन,’ स्रोतको भनाइ छ, ‘अन्य विषयमा गठबन्धनमा सामान्य खटपट हुने भएता पनि देशकै समृद्धिको विषयमा अर्थमन्त्री बाधक बन्दा गठबन्धन नै भत्किने अवस्था आयो ।’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समेत आइतबार पार्टी संसदीय दलको बैठकमा अर्थमन्त्रीकै कारण कांग्रेस-माओवादी गठबन्धनमा समस्या आएको ब्रिफिङ गरेका थिए । उक्त बैठकमा ओलीले कांग्रेस र अर्थमन्त्री महतको आलोचनामै समय खर्चिएको बैठकमा सहभागी एक सांसदले बताए ।

प्रधानमन्त्री प्रचण्डले पनि निकटस्थहरूसँग मुख्य समस्या अर्थमन्त्रीकै कारण आएको ब्रिफिङ गरेका छन् ।

आफूलाई काम गर्न अप्ठ्यारो भएको भन्दै प्रधानमन्त्री प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवासँग कांग्रेसबाट जो भएपनि हुन्छ, अर्को अर्थमन्त्री चाहियो भन्ने गरेका थिए ।

तर, देउवाले कुरै नसुनेपछि प्रचण्ड गठबन्धन बदल्ने मनस्थितिमा पुगेको स्रोतको दाबी छ ।

‘अर्थमन्त्री चेन्ज गर्न कांग्रेस सभापति देउवा तयार नभएपछि प्रधानमन्त्रीले नयाँ ढंगबाट सोच्नुभएको हो,’ बालुवाटार स्रोतको दाबी छ ।

२०७९ को पुस १० मा एमाले-माओवादी गठबन्धन बन्नुको पृष्ठभूमिमा पनि महत नै थिए । महतसहितका नेताले कुनै पनि हालतमा प्रचण्डलाई प्रधानमन्त्री दिनु हुँदैन भनेर देउवालाई उक्साएको आरोप थियो ।

कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले पार्टी बैठकमै नेताहरूको भूमिकाप्रति असन्तुष्टि जनाउँदै माओवादीलाई गठबन्धनमा फिर्ता ल्याउन आफूले खेलेको भूमिकाबारे प्रकाश पारेका थिए ।

पढ्नुहोस्, यो पनि :

मुखैमा आएको सत्ता फुत्किने गरी कसले उचाल्यो देउवालाई ?

यसपटक पनि सोमबार बिहान सिटौलासहित भएर खड्का बालुवाटार पुगेका थिए । प्रधानमन्त्रीले उनीहरूलाई धेरै ढिला भइसक्यो भनेर फिर्ता पठाएको स्रोतको दाबी छ ।

माओवादी, एमाले, जसपा र रास्वपाका कम्तीमा १-१ जनाले आजै मन्त्रीको शपथ लिने तयारी छ । विकसित घटनाक्रमबारे छलफल गर्न कांग्रेस पदाधिकारी बैठक समेत बसिरहेको छ ।

एमालेले पदम गिरीलाई मन्त्रीमा पठाउने तयारी गरेको छ । माओवादी, रास्वपा र जसपाले मन्त्री टुंग्याउन बाँकी छ । चारैजनाले विना विभागीय मन्त्रीका रूपमा शपथ लिनेछन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x