×

NIC ASIA

नयाँ सत्ता समीकरण

कोशीबाहेक सबै प्रदेशका कांग्रेस सरकार धरापमा, मुख्यमन्त्रीमा एमाले-माओवादी आलोपालो

काठमाडाैं | फागुन २१, २०८०

Prabhu Bank
NTC
फाइल तस्वीर
Premier Steels

केन्द्रमा सत्ता समीकरण फेरिएसँगै प्रदेश सरकारहरू पनि फेरबदल हुने भएका छन् । यसअघि कांग्रेस-माओवादी गठबन्धनका आधारमा बनेका सरकारहरू नयाँ समीकरणसँगै फेरिने पक्का भएको हो । 

Muktinath Bank

हाल सुदूरपश्चमसहित लुम्बिनी, गण्डकी र कोशीमा कांग्रेस नेतृत्वमा सरकार छन् । यस्तै, कर्णाली र बाग्मतीमा माओवादी र मधेशमा जसपाको सरकार छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मधेश र माओवादीले नेतृत्व गरेका दुई प्रदेशबाहेक अन्यमा प्रदेश सरकार तत्काल सरकार फेरिने देखिएको छ । कांग्रेसले नेतृत्व गरेका प्रदेश सरकार फालेर आलोपालो नेतृत्व गर्ने समझदारी एमाले र माओवादीले गरेका छन् ।


Advertisment
Nabil box
Kumari

कोशीको सरकार भने विस्थापन गर्न संवैधानिक जटिलता छ । कोशीमा संविधानको धारा १६८ (५)अनुसारको सरकार बनेकाले मुख्यमन्त्री आफैंले राजीनामा नदिएसम्म सरकार परिवर्तन सहज छैन ।

Vianet communication

मुख्यमन्त्रीले विश्वासको मत पाउन नसकेमा मध्यावधिमा जानसक्ने अधिकार संविधानले नै दिएको छ । सोही कारण कोशीको सरकार भने तत्काल ढल्न गाह्रो छ ।

गत पुस १० मा बनेको गठबन्धनअनुसार बनेका प्रदेश सरकारहरू पछि कांग्रेसहितको गठबन्धन बन्दा फेरबदल भएका थिए । 

कुन प्रदेशमा कसको कति सिट ?

कुनै पनि प्रदेशमा कसैको एकल बहुमत छैन । अहिलेको अवस्थामा सबै प्रदेशमा एमाले र माओवादीसहितका नयाँ सत्ता साझेदार दलहरू बहुमतमा छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदेश निर्वाचन प्रक्रियामा भाग लिएको थिएन । गठबन्धनमा एमाले र माओवादीसहित जसपालगायत छन् । 

कोशीमा एमाले पहिलो दल हो । कोशीमा एमालेसँग ४० सीट छ । दोस्रो दल कांग्रेससँग २९ सीट छ ।

माओवादी केन्द्रसँग १३, नेकपा (एकीकृत समाजवादी)सँग चार र राप्रपासँग ६ सीट छ । जसपासँग एक सीट छ । ९३ प्रदेश सभामा सरकार बनाउन ४७ जना सीट चाहिन्छ । कोशीमा एमाले-माओवादीको बहुमत छ । तर, संवैधानिक जटिलताले तत्काल सरकार बदल्न सम्भव छैन ।

१०७ सदस्यीय मधेश प्रदेश सभामा सरकार गठनका लागि कम्तीमा ५४ सांसद चाहिन्छ । मधेसमा पनि पहिलो शक्ति एमाले नै हो । एमालेसँग २३ सीट छ । दोस्रो दल कांग्रेससँग २२ सांसद छन् । माओवादी केन्द्रसँग आठ सीट, एकीकृत समाजवादीसँग सात सीट छ । जसपासँग १६, जनमत पार्टीसँग १३ र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँग ९ सीट छ । यहाँ ६ जना स्वतन्त्र सांसद छन् । मधेशमा नयाँ गठबन्धनकै बहुमत छ । 

११० सदस्यीय वाग्मती प्रदेश सभामा सरकार बनाउन ५५ सीट चाहिन्छ । वाग्मतीमा कांग्रेस ३७ सीटसहित पहिलो दल हो । दोस्रो दल एमालेसँग २७ सीट छ । माओवादीसँग २१, एकीकृत समाजवादीसँग सात, राप्रपासँग १३, नेपाल मजदुर किसान पार्टी (नेमकिपा)सँग तीन र हाम्रो नेपाल पार्टी र नेपाल समाजवादी पार्टी (नेसपा)सँग एक–एक सीट छ । बाग्मतीमा एमाले-माओवादी मात्रै मिले सरकार बन्छ । 

कुल ६० प्रदेश सभा रहेको गण्डकीमा कांग्रेससँग २७ सीट छ । एमालेसँग २२, माओवादीसँग आठ सांसद छन् । एकीकृत समाजवादी र नेसपासँग एक–एक सीट छ । गण्डकीमा सरकार बनाउन ३० सांसदको साथ चाहिन्छ । सत्ता गठबन्धनसँग गण्डकीमा ठ्याक्कै ३० सांसद छन् ।

लुम्बिनी प्रदेशमा कुल ८७ प्रदेश सभा सदस्य छन् । यहाँ सरकार बनाउन ४४ सीट आवश्यक पर्छ । लुम्बिनीमा एमालेसँग २९ सीट छ । कांग्रेससँग २७ सीट छ । लुम्बिनीमा माओवादीसँग ९ र राप्रपासँग चार सीट छ । जसपा, जनमत र लोसपासँग समान तीन–तीन सीट छ । नागरिक उन्मुक्ति पार्टीसँग चार र तीनजना स्वतन्त्र सांसद छन् ।

कर्णाली प्रदेशमा २० सीट भए सरकार बन्छ । कुल ४० सदस्यीय प्रदेश सभामा कांग्रेस पहिलो दल हो । कांग्रेससँग १४ सीट छ । एमालेसँग १० र माओवादीसँग १३ सीट छ । यस्तै, एकजना स्वतन्त्र सांसद छन् । 

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा कांग्रेससँग १९ सीट छ । माओवादीसँग ११ र एमालेसँग १० सीट छ ।

नागरिक उन्मुक्ति पार्टीसँग सात र एकीकृत समाजवादीसँग चार सीट छ । एक स्वतन्त्र सांसद छन् । सुदूरपश्चिममा सरकार बनाउन कम्तीमा २७ सांसद चाहिन्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कर्मचारीले भन्ने 'माथि' कहाँ हो ? को हो ?

कर्मचारीले भन्ने 'माथि' कहाँ हो ? को हो ?

जेठ १८, २०८१

राणा शासनकालको प्रशासनिक व्यवस्थामा 'माथि' भन्नाले प्रधानमन्त्रीलाई बुझाउँदथ्यो । राजाको शासनकालमा दरबार वा राजालाई माथि भनिन्थ्यो । कर्मचारीले इमान्दारिता छाडेमा वा अनैतिक काम गरेमा कुरा माथि पुग्दथ्यो ...

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

जेठ १६, २०८१

जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

x