×

NMB BANK
NIC ASIA

कांग्रेसले राजीनामा मागेपछि रवि

९ मिनेट १८ सेकेन्डमा कांग्रेस बेहोस हुने गरी जवाफ दिन्छु : रवि लामिछाने

काठमाडाैं | चैत २, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले कांग्रेसलाई बेहोस पार्ने गरी जवाफ दिन तयार रहेको बताएका छन् । 

Muktinath Bank

आफैंमाथि प्रश्न उठाउँदै कांग्रेसले सदन अवरुद्ध गरेपछि रविले सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेसलाई बेहोस पार्ने गरी जवाफ दिन तयार रहेको बताएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘जवाफ दिन तयार छु । ९ मिनेट १८ सेकेन्डमा सबै कुरा प्रष्ट पार्दिन्छु । जवाफ दिएपछि कांग्रेसहरू बेहोस हुने हुन् कि ?’, रविले भने, ‘नागरिकको सवालमा काम गर्ने गरी म्यान्डेट पाएको हौं । यो शक्ति नेपाली जनताले दिएका हुन् ।  कति दिन पदमा हुन्छु थाहा छैन । तर जति दिन हुन्छु डटेर लाग्छु ।’


Advertisment
Nabil box
Kumari

कांग्रेसको नारा अझै चर्को भए पनि अनुसन्धानमा कुनै प्रभाव हुन नदिने उनले बताए ।  ‘माछा होस् कि भ्यागुतो होस् कसैलाई छोड्दिनँ अनुसन्धानमा प्रभाव पर्न दिन्न । कसको उजुरी हो ? के हो उजुरी हो ?

Vianet communication
Laxmi Bank

एकपटक अवसर पाए कांग्रेसलाई पढाउने इच्छा छ’, रविमाथि सहकारी ठगीमा परेको उजुरीबारे रविले भने, ‘संसद्‌मा विधेयक प्रस्तुत गर्न नदिने, कानुन बन्न नदिने इतिहास बोकेको लोकतान्त्रिक दलले गर्न सुहाउँछ ?’

प्रधानमन्त्रीले चैत ६ गते सदनमा जवाफ दिने भनेपछि कांग्रेसको विरोध उचित नभएको उनले बताए । ‘म आफैंले पनि जवाफ दिन पाऊँ भनेको छु । लोकतन्त्रले दिएको अधिकार हो’, रविले भने, ‘प्रधानमन्त्रीले जवाफ दिने कुरा तय भएको छ । सभामुखले रुलिङ गर्नुभएको छ ।’

एक दिन गृहमन्त्री भए पनि काम गर्ने हुटहुटी आफूमा भएको उनले बताए । 

‘कति दिन गृहमन्त्री हुन्छु थाहा छैन । एक दिन भए पनि आफ्नो काम गर्छु’, उनले भने, ‘प्रतिवेदनले दिएको विषयमा कारबाहीको प्रक्रिया अगाडि बढाउँछु ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x