×

NMB BANK
NIC ASIA

नागरिक उन्मुक्तिको सत्तामोह

सत्तामा नाउपाको दोहोरो चरित्र : ७ मध्ये ५ सांसद मन्त्री, संघ र प्रदेशमा छुट्टाछुट्टै बार्गेनिङ

कैलाली | चैत ६, २०८०

NTC
तस्वीरमा रेशम र रञ्जिता
Premier Steels

छोटो समयमा उदाएको नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले सत्ताका लागि दोहोरो चरित्र देखाउँदै आएको छ । संघमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिएको नाउपा सुदूरपश्चिम प्रदेशमा भने कांग्रेस नेतृत्वको सरकारमा सहभागी छ । संघमा ४ सांसदसहित स्थापना भएको पहिलो वर्ष नै राष्ट्रिय पार्टी बनेको नाउपाका प्रदेशमा ५ जना प्रत्यक्ष र २ जना समानुपातिक गरी ७  सांसद छन् । 

Muktinath Bank

कांग्रेस, माओवादीलगायतका दलको गठबन्धन फुट्दा त्यसको सबैभन्दा बढी फाइदा नागरिक उन्मुक्तिले नै उठाएको छ । प्रदेश सभाका ७ सांसदमध्ये ५ जना मन्त्रीको हैसियतले सरकारमा सामेल छन् । बाँकी दुई सांसदमा पनि कैलाश चौधरीले पनि सत्ताको स्वाद चाखिसकेका छन् । उनी यसअघि भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जानकारी नै नदिई एक्कासि पदबाट हटाएपछि उनी वर्तमान सरकारसँग रुष्ट छन् । अब नागरिक उन्मुक्तिबाट सत्ताको स्वाद चाख्न बाँकी टीका थापा मात्र हुन् । 


Advertisment
Nabil box
Kumari

थापा यसअघि नेकपा एमालेबाट लम्कीचुहा नगरपालिका उप–प्रमुखको जिम्मेवारीमा थिइन् । हाल नाउपाका महासचिव समेत रहेका उनका श्रीमान् रतन थापासँगै एमाले छाडेर आएपछि उनलाई समानुपातिक सांसद बनाइएको थियो ।

Vianet communication

‘अहिले मेरो हकमा कुनै पनि निर्णय भएको छैन, अब के हुन्छ थाहा छैन, पार्टीले दिएको जिम्मेवारी निर्वाह गर्छु,’ उनले भनिन् ।

गठबन्धन टुट्नुअघि नाउपाले सुदूरपश्चिम प्रदेशमा भूमि व्यवस्था तथा कृषि, सहकारी मन्त्रालय मात्रै पाएको थियो । त्यहाँ मन्त्रीका रूपमा रामेश्वर चौधरी र राज्यमन्त्री कैलाश चौधरी थिए । अहिले रामेश्वर यथावत् छन् भने कैलाशको ठाउँमा इन्दिरा गिरीलाई पठाइएको छ ।

संघमा पनि मन्त्री हत्याउने दाउ 

अघिल्लो गठबन्धनका बेला संघीय सरकारमा कृषि मन्त्रीको जिम्मेवारी पाएकी नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले अहिले पनि मन्त्री पाउने आशाले प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन दिएकी छिन् । प्रदेश सरकारबाट समर्थन झिक्न संसदीय दललाई निर्देशन दिए पनि प्रदेशसभा सदस्यहरूले टेरपुच्छर लगाएका छैनन् । बरु संसदीय दलको बैठक नै बसेर कांग्रेस नेतृत्वको प्रदेश सरकारलाई समर्थन यथावत् रहेको निर्णय नै गरेका छन् । आर्थिक मामिला मन्त्री समेत रहेका संसदीय दलका नेता घनश्याम चौधरी केन्द्रीय अध्यक्षसँग सल्लाह गरेरै प्रदेश सरकारमा गएको दाबी गर्छन् ।

‘हामी प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन दिन्छौं, प्रदेशमा तपाईंहरूलाई जहाँ सजिलो पर्छ, त्यहीँ गठबन्धनमा रहनुहोस् भन्नुभएको छ अध्यक्षज्यूले, त्यहीअनुसार हामी सरकारमा सामेल छौं,’ उनले भने । 

सत्ताका लागि बार्गेनिङ

सात प्रदेश सभा सदस्यमध्ये ५ जनालाई मन्त्री बनाएको नाउपाले सत्ताका लागि बार्गेनिङ गरिरहेको छ । संघमा मन्त्री पाउने अवस्था भएमा प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन सक्ने स्रोतको दाबी छ ।

‘मन्त्री बन्न केन्द्रीय अध्यक्ष रञ्जिताले कुनै कसर बाँकी छाडेकी छैनन् । तर, वर्तमान सरकारमा त्यो सम्भावना निकै कम देखिन्छ । त्यो अवस्थामा अहिलेको गठबन्धनले सुदूरपश्चिम प्रदेश सरकार गुमाउन सक्ने अवस्था छ ।’

उनका अनुसार संघमा मन्त्री पाएको अवस्थामा सुदूरपश्चिम प्रदेशमा पनि नयाँ गठबन्धनबाटै सरकार बन्ने छ । संघमा मन्त्री नपाएको अवस्थामा भने प्रदेशमा नेपाली कांग्रेस नेतृत्वको सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत पाउनेछन् ।

जसरी पनि सत्तामै रहनका लागि पार्टीको संरक्षक भनिएका रेशम चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठले विवादको नाटक रचेको स्रोतको दाबी छ । उनीहरू श्रीमान्–श्रीमती हुन् । 

रेशमले प्रदेशमा कांग्रेससँग मिलेको देखाउने र रञ्जिताले केन्द्रमा बार्गेनिङ गर्ने रणनीतिअनुसार उनीहरू अगाडि बढेको नाउपाकै नेताहरू बताउँछन् ।

संघमा मन्त्री पाउन नाउपाले प्रदेशमा तर्साइरहेकाले सुदूरपश्चिमका मुख्यमन्त्री कमल शाहले विश्वासको मत लिने बेलासम्म नाउपाको बाहिर देखिएको विवाद समाधान भइसक्ने नेताहरू बताउँछन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x