×

NMB BANK
NIC ASIA

देशकै ठूलो यातायात व्यवसायीको नेतृत्व लिन दौडधूप : खरेल र गाहाको प्यानल भिड्दै

काठमाडाैं | चैत १३, २०८०

NTC
Premier Steels

पश्चिम नेपाल बस व्यवसायी प्रालि बुटवलको नयाँ नेतृत्वको लागि निर्वाचन हुने भएको छ ।

Muktinath Bank

बुटवलमा प्रधान कार्यालय रहेको प्रालिको नेतृत्वको लागि वर्तमान अध्यक्ष दधिराम खरेल र अर्का व्यवसायी पदम गाहाले छुट्टा-छुट्टै प्यानलसहितको टिम बनाएर मैदानमा उत्रिएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यही चैत १६ गतेदेखि बुटवलमा हुने प्रालिको दोस्रो अधिवेशनले तीन वर्षे कार्यकालका लागि नयाँ सञ्चालक समिति चयन गर्नेछ ।


Advertisment
Nabil box
Kumari

सरकारले सबै यातायात व्यवसायीलाई प्रालिमा लैजाने योजना कार्यान्वयन गरेसँगै नेपालकै ठूलो यातायात व्यवसायीको संस्था पश्चिम नेपाल बस व्यवसायी संघ प्रालिमा रूपान्तरित भएको हो ।

Vianet communication

संयुक्त प्यानल बनाएका खरेलले ११ जना सञ्चालक समितिको टिम तयार पारेका छन् ।

प्यानलबाट सदस्यहरूमा रामचन्द्र खड्का, जितेन्द्र खत्री, नारायण भण्डारी, नारायणप्रसाद घिमिरे, गोपालबहादुर पौडेल, चेतनारायण बेल्बासे, रामचन्द्र भुसाल सुरेन्द्र श्रेष्ठ, मोहन पीएस र जीवनकुमार बञ्जाडे रहेका छन् ।

नयाँ नेतृत्वको लागि खरेल प्यानलले पत्रकार सम्मेलन गरी व्यावसायिक हकहित र सम्पूर्ण समस्या समाधान गर्न आफू एकपटक फेरि नेतृत्वमा आउने बताए ।

प्रालिलाई आफू फेरि नेतृत्वमा पुगेपछि संघमा फर्काउने खरेलले दाबी गरे । ‘मेरो कार्यक्षमता सम्पूर्ण व्यवसायीहरूले हेरिसकेका छन् । कुनै पनि गाडी दुर्घटनामा सम्पूर्ण खर्च समिति तिर्दै आएको छ । अब व्यवसायीलाई टायरको उपलब्धताको व्यवस्था पनि गर्छ’, उनले भने । अधिकांश व्यवसायीहरू खरेलको पक्षमा रहेको चुनाव प्रचारप्रसार समितिका संयोजक कृष्णप्रसाद सापकोटा (सागर)ले दाबी गरे ।

यस्तै गाहा समूहबाट कृष्णप्रसाद पाण्डे, रमेशप्रसाद अधिकारी, महेशकुमार कोइराला, मोतिकुमार उपाध्याय, कुश्माखर रेग्मी, प्रेम गौचन, मन्जुकुमारी गाहा, ऋषिराम पाठक, नारायण अधिकारी र राजेश लामा रहेका छन् ।

गाहा बुटवल उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्षसमेत हुन् । प्रालिमा दुई हजार २ गाडी आबद्ध रहेका छन् । व्यवसायीको चाहनाअनुसार आफू नेतृत्वमा आउने गरी अघि बढेको गाहाले बताए ।

कम्पनी ऐन २०६४ अनुसार पश्चिम नेपाल बस व्यवसायी संघबाट रूपान्तरित प्रालिको हालै बसेको बैठकले अधिवेशन तथा साधारणसभासम्बन्धी निर्णय गरेको अध्यक्ष दधिराम खरेलले बताए ।​​​

बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने  साधारण सभा तथा अधिवेशनको आवश्यक तयारी तीव्र रूपमा भइरहेको प्रालिका प्रबन्ध सञ्चालक रामचन्द्र भुसालले जानकारी दिए । नेपालका नयाँ शहर निर्माण, मुलुकको समृद्धि र विकासमा यातायात क्षेत्रमा पश्चिम नेपालको ठूलो योगदान रहेको भुसालले बताए ।

पछिल्लो समय विशेष रूपमा व्यावसायिक हकहित, सवारी व्यवस्थापन र दुर्घटना न्यूनीकरणमा टेवा पुर्‍याउने उद्देश्यले विभिन्न नीतिगत, विधिगत र सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ ।

प्रालिले सार्वजनिक यातायात सेवालाई थप व्यवस्थित र मर्यादित बनाउने कुरामा जोड दिइरहेको प्रालिका सञ्चालक तथा लेखा संयोजक मोहन पीएसले बताए ।

प्रालिका सञ्चालक एवं सवारी व्यवस्थापन तथा दुर्घटना न्यूनीकरण समितिका संयोजक नारायण घिमिरेका अनुसार विक्रम संवत् २०२६ सालमा पश्चिम नेपाल यातायात समितिको नाममा स्थापना भएको भएको सो पश्चिम नेपाल बस व्यवसायी संघ हुँदै आर्थिक वर्ष २०७५/०७६ मा प्रालिमा रूपान्तरित भएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x