×

NIC ASIA

प्रहरीद्वारा रु चार अर्ब तीन करोड ४४ लाख बराबरको राजस्व सङ्कलन

काठमाडाैं | चैत २०, २०८०

Prabhu Bank
NTC
Premier Steels

राजस्व चुहावट र तस्करीका क्षेत्रमा देखिएका नवीन प्रवृत्ति र प्रमुख समस्याको पहिचान गरी प्रभावकारी रुपमा तस्करी नियन्त्रण गर्न नेपाल प्रहरी सक्रिय रहेको छ । तस्करी नियन्त्रण गरी राजस्व सङ्कलन गर्ने क्रममा चालु आर्थिक वर्षको हालसम्म जम्मा रु चार अर्ब तीन करोड ४४ लाख ९६ हजार ५२९.४८ पैसा बराबरको राजस्व सङ्कलन भएको जनाइएको छ । 

Muktinath Bank

उक्त राजस्व चोरी, पैठारी तथा अवैध सुन, चाँदी, मालसामान, नदीजन्य पदार्थ, अवैध काठ बरामद, अवैध मुद्रा, हुन्डी कारोबार, ट्राफिक जरिवाना, फैसला कार्यान्वयनलगायत शीर्षकबाट सङ्कलन भएको हो । ती शीर्षकमा संलग्न सात हजार छ सय ७९ जनालाई प्रहरीले कानुनी दायरामा ल्याई उक्त राजस्व सङ्कलन गरेको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए । उनका अनुसार राज्यको कानुन कार्यान्वयनका क्रममा फैसला कार्यान्वयनबाट पक्राउ, अवैध भन्सार छली, ट्राफिक कारबाहीलगायत कार्यबाट नेपाल प्रहरीले वार्षिक रुपमा ठूलो परिमाणमा राजस्व सङ्कलन गर्दै आएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

लुकाईछिपाईकन भन्सार छली गर्ने, अवैध रुपले सामान भित्र्याउनेजस्ता राजस्व चुहावटका क्षेत्रमा देखिएका समस्या भएको प्रवक्ता ढकालले बताए । उनले भने, “यस्ता समस्याको समाधान गर्दै चेकजाँचमा कडाइ गर्ने, आधुनिक प्रविधिको प्रयोग गर्ने, निगरानी र नियन्त्रणका उपाय अवलम्बन गरी प्रहरीले सक्रिय रुपमा काम गर्दै राजस्व सङ्कलनमा योगदान दिएको र राजस्व चुहावट नियन्त्रणमा खटिएका सरोकारवाला निकायका कर्मचारीसँग समन्वय तथा सहकार्य गरी नेपाल प्रहरीले काम गर्दै आएको छ ।”
सङ्कलित राजस्वमध्ये अवैध मालसमान बरामदबाट रु एक अर्ब ३६ करोड ४४ लाख तीन हजार दुई सय ५६, ट्राफिक जरिवानाबाट रु एक अर्ब १० करोड ३६ लाख ४५ हजार तीन सय ५४ र फैसला कार्यान्वयनबाट रु एक अर्ब दुई करोड ७८ लाख तीन हजार पाँच सय ४३ सङ्कलन भएको प्रवक्ता ढकालले जानकारी दिए । 
चालु आर्थिक वर्षमा हालसम्म सङ्कलित राजस्व तथ्याङ्कको विश्लेषण गर्दा राजस्व सङ्कलन रु छ अर्ब पाँच करोड १७ लाख ४४ हजार ७९४.२२ पैसा हुने प्रक्षेपण गरिएको छ जुन गत आर्थिक वर्षको तुलनामा ३५ दशमलव १७ प्रतिशतले बढी हुने आङ्कलन गरिएको छ ।


Advertisment
Nabil box
Kumari

 उक्त रकम मासिक औसत रु ५० करोड ४३ लाख १२ हजार ६६ का दरले हुन आउँछ । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म आठ महिनाको राजस्व सङ्कलन गत आर्थिक वर्षको आठ महिनाको तुलनामा ५० दशमलव २८ प्रतिशतले राजस्व सङ्कलनमा वृद्धि भएको प्रहरीको तत्थ्याङ्कले देखाएको छ । आर्थिक वर्ष २०७८÷७९ र आर्थिक वर्ष २०७९÷८० को फागुन मसान्तसम्मको राजस्व सङ्कलन दुवै आर्थिक वर्षको आठ÷आठ महिनाको तुलना गर्दा १० दसमलव ४ प्रतिशतले राजस्व सङ्कलनमा कमी आएको देखिन्छ । 

Vianet communication

यसैगरी, आर्थिक वर्ष २०७८÷७९ को फागुन मसान्तसम्म रु दुई अर्ब ९९ करोड एक लाख ४३ हजार २४८. ६२ पैसा र चालु आर्थिक वर्षको फागुन मसान्तसम्म रु चार अर्ब तीन करोड ४४ लाख ९६ हजार पाँच सय २९ रूपैयाँ ४८ पैसा बराबर राजस्व सङ्कलन भएको देखिन्छ । दुवै आर्थिक वर्षको आठ महिनाको राजस्व सङ्कलन दर तुलना गर्दा ३५ दशमलव १८ प्रतिशतले वृद्धि भएको उनले बताए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

जेठ १६, २०८१

जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

x