×

NMB BANK
NIC ASIA

सरकार गठनको सकस

लुम्बिनीमा सरकारको नेतृत्वबारे माओवादी भन्छ– हामीले गर्ने निश्चित, एमालेको प्रतिक्रिया– औपचारिक जानकारी छैन

बुटवल | चैत २०, २०८०

NTC
मुख्यमन्त्रीका दाबेदार जोखबहादुर महरा ।
Premier Steels

लुम्बिनी प्रदेश सरकारको नेतृत्व गर्नेबारे नयाँ गठबन्धनमा आबद्ध दलहरूले फरक–फरक विषय जानकारी दिएका छन् । नेकपा (माओवादी केन्द्र)ले सरकारको नेतृत्व आफूले गर्ने जनाएको छ ।

Muktinath Bank

गठबन्धन दलबीचको समझदारीअनुसार माओवादी केन्द्रका संसदीय दलका नेता जोखबहादुर महराले सरकारको नेतृत्व गर्नेछन् ।  केन्द्रमा बनेको नयाँ सत्ता गठबन्धनको साझेदारी अनुसार लुम्बिनीको नेतृत्व माओवादीले गर्ने साझेदारी बनेको माओवादी केन्द्रका प्रदेश अध्यक्ष सुदर्शन बरालले लोकान्तरलाई बताए । ‘केन्द्रमा बनेको साझेदारीअनुसार नयाँ सरकारको विषयमा छलफल शुरू भएको हो,’ उनले भने, ‘साझेदारीअनुसार माओवादी केन्द्रका संसदीय दलका नेता जोखबहादुर महराले सरकारको नेतृत्व गर्नेछन् । यसैबीच सत्ता साझेदार दलको बैठक बस्ने पनि तयारी गरिएको छ ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

null 


Advertisment
Nabil box
Kumari

अर्कोतिर नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक तुलसी चौधरीले माओवादीको नेतृत्वमा लुम्बिनी सरकार बन्ने कुरा बाहिर आए पनि औपचारिक रूपमा आफूलाई जानकारी नआएको बताए । तर, केन्द्र सर्कुलर आएको खण्डमा माओवादीको नेतृत्वमा सरकार बनाउन एमाले तयार रहेको उनले स्पष्ट पारे ।

Vianet communication

रोल्पा क्षेत्र नम्बर १ (१) बाट निर्वाचित सांसद महरा यसअघि एमाले नेतृत्वको सरकारमा अर्थमन्त्री बनेका थिए । 

लुम्बिनी प्रदेशमा माओवादी केन्द्र, एमाले, जनता समाजवादी पार्टी (जसपा), नागरिक उन्मुक्ति पार्टी, स्वतन्त्र सांसद र नेकपा (एकीकृत समाजवादी)को समर्थनमा सरकार बन्नेछ । यसअघि विस २०७९ साल पुस २७ गते एमालेका संसदीय दलका नेता लीला गिरी मुख्यमन्त्री हुँदा माओवादीका जोखबहादुर महरा झण्डै तीन महिना अर्थमन्त्री बनेका थिए । 

महरा प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका विश्वासपात्रसमेत हुन । पछिल्लो समय संघमा परिवर्तित राजनीतिक समीकरणपछि फागुन २३ गते मुख्यमन्त्री चौधरीलाई दिएको समर्थन माओवादी केन्द्रले फिर्ता लिएको थियो । 

माओवादीले समर्थन फिर्ता लिएपछि सरकार टिकाउन साना दलहरूसँग छलफल चलाएका मुख्यमन्त्री चौधरीले २२ गते विश्वासको मत लिने भएका छन् । 

चौधरीले साना दललाई मिलाएर सत्ता टिकाउन प्रयासमा जुटेपनि विश्वासको मत पाउने सम्भावना कम देखिन्छ । संसद्मा विश्वासको मत प्राप्त गर्न नसकेमा चैत २३ गते नयाँ सरकार बन्ने बाटो खुल्नेछ । चैत २३ गतेभित्रै आफ्नो नेतृत्वमा सरकार बन्ने दाबी गरेका महराले आन्तरिक तयारी जुटेका छन् । 

लुम्बिनीमा एमालेका २९, नेपाली कांग्रेसका २७, माओवादीका ११, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नागरिक उन्मुक्तिका ४-४, जसपा, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का ३-३, स्वतन्त्र, राष्ट्रिय जनमोर्चा र एकीकृत समाजवादीका १-१ जना सांसद छन् । 

राप्रपाका एकजना सांसद भ्रष्टाचारको अभियोगमा निलम्बनमा परेका छन् । लुम्बिनीमा १० राजनीतिक दलको प्रतिनिधित्व छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x