×

NMB BANK
NIC ASIA

गरगहना लुटपाटका लागि दम्पतीको हत्या

पर्वत | चैत २१, २०८०

NTC
Premier Steels

पर्वतको जलजला गाउँपालिका-२ मा भएको दम्पतीको हत्या गरगहना तथा नगद लुटपाटका लागि गरिएको पुष्टि भएको छ । 

Muktinath Bank

पर्वतको जलजला गाउँपालिका-२ स्थित मल्लाज दहमा सोमबार राति स्थानीय ६९ वर्षीय सूर्यबहादुर जिसी र उनकी पत्नी ६७ वर्षीया कमला जिसीको हत्या भएको थियो ।
     
जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरीक्षक खुमलाल भुसालले लुटपाट गर्ने उद्देश्यले हत्या भएको बताए । उनका अनुसार हत्यामा संलग्नले सूर्यबहादुरले लगाएको सुनको औँठी तथा कमलाले लगाएको सिक्री र कानको रिङ लुटेर लगेका छन् । मृतक कमलाको कानको लोती नै च्यातेर रिङ निकालेको पाइएको छ । सूर्यबहादुरका कोट तथा पाइन्टका खल्तीहरु फुकालिएको, सुत्ने पलङका बाकस फोडिएको जस्ता दृश्यले लुटपाटकै कारण हत्या भएको पुष्टि भएको प्रहरीले जनाएको छ । 
    
प्रनाउ भुसालका अनुसार मृतक दम्पतीको घाँटी र टाउकामा चोट लागेको छ  । धारिलो हतियार प्रहार गरी उनीहरूको हत्या गरिएको उनले बताए। “लुटपाट गर्ने उद्देश्यले हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानको निष्कर्ष छ”, उनले भने, “अहिलेसम्म हत्यामा संलग्न आरोपी पक्राउ भने परेका छैनन् ।” हत्यामा प्रयोग भएको हँसिया प्रहरीले बरामद गरेको छ ।
    
भुसालले विभिन्न कोणबाट अनुसन्धान भइरहेको बताए । प्राविधिकतर्फ गण्डकी प्रदेश प्रहरीले अनुसन्धान गरिरहेको र ‘म्यानुअल’तर्फ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले अनुसन्धान गरिरहेको उनले बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सूर्यबहादुर दम्पतीले गाउँमा किराना पसल र मिल सञ्चालन गर्दै आएका थिए । जिसीका दुई छोरा दक्षिण कोरियामा छन् । जेठा छोराले म्याग्दीको बेनीमा फेन्सी पसल सञ्चालन गर्दै आएका छन् ।  उनीहरूको घरभन्दा करिब २० मिनेट माथि बस्ती छ । शंकास्पदसँग प्रहरीले सोधपुछ गरिरहेको छ ।
    


Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x