×

NMB BANK
NIC ASIA

एकदिवसीय क्रिकेट शृङ्खला : नेपालको निम्छरो ब्याटिङ, एक खेल अगावै​ सिरिजमा आयरल्याण्ड ‘ए’को कब्जा​​​​​

काठमाडाैं | चैत २३, २०८०

NTC
Premier Steels

आयरल्यान्ड ‘ए’ले एक खेल अगावै एकदिवसीय क्रिकेट शृङ्खलामाथि कब्जा जमाएको छ । ​

Muktinath Bank

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको दोस्रो एकदिवसीय खेलमा आयरल्यान्ड ‘ए’ले नेपाल ‘ए’लाई १ सय १४ रनको फराकिलो अन्तरले पराजित गर्दै शृङ्खलामा कब्जा जमाएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आयरल्यान्ड ‘ए’ पहिलो खेलमा २१ रनले विजयी भएको थियो ।​​


Advertisment
Nabil box
Kumari

आयरल्यान्ड ‘ए’ले जितका लागि प्रस्तुत गरेको एक सय ७५ रनको लक्ष्य पछ्याएको नेपाल ‘ए’ १६ दशमलव पाँच ओभरमा ६० रनमा समेटियो । नेपाल ‘ए’ टोलीका कुनै पनि ब्याटरहरूले उल्लेख्य रन बनाउन सकेनन् । 

Vianet communication

नेपाल ‘ए’का लागि भीम सार्कीले १७ र कप्तान विनोद भण्डारीले १६ रन बनाउनुबाहेक अन्य कुनै पनि ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । 

पाँच ब्याटरहरू देव खनाल, आरिफ शेख, रिजन ढकाल, कमल ऐरी र मौसम ढकाल शून्य रनमा आउट भए ।  नरेन भट्टले छ, अर्जुन साउदले पाँच, बसिर अहमदले छ र सहाब आलमले एक रन बनाए ।

आयरल्यान्ड ‘ए’का लागि म्याथ्यु हम्फ्रिज एक्लैले छ विकेट लिए । साथै फिओन ह्याड र थोमस माएजले दुई/दुई विकेट लिए । 

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको आयरल्यान्ड ‘ए’ले ३८ दशमलव चार ओभरमा अलआउट हुँदै एक सय ७४ रन बनाएको थियो । 

उसका लागि गानिभ होयले अर्धशतकीय पारी खेले । उनले ५९ बल खेल्ने क्रममा दुई छक्का र पाँच चौको सहयोगमा ५० रन बनाए । कप्तान निल रकले ३८ बलमा तीन छक्का र तीन चौकाको सहयोगमा ४५ रन बनाए भने लियाम मकार्थीले ३५ रन बनाए । साथै पिटर मुरले १७ रन बनाउनुबाहेक अन्य ब्याटरले उल्लेख्य रन बनाउन सकेनन् । 

नेपाल ‘ए’का लागि रिजन ढकाल र सहाब आलमले तीन/तीन विकेट लिए भने मौसम ढकालले दुई र कमल ऐरीले एक विकेट लिए । 

प्रतियोगिताको अन्तिम खेल आइतवार हुनेछ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

बैशाख २४, २०८१

इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइट राइडर्सले लखनउ सुपर जायन्ट्सविरुद्ध शानदार जीत हासिल गरेको छ । आइतबार राति सम्पन्न खेलमा केकेआरले लखनउलाई ९८ रनले हराएको हो ।  जितसँगै केकेआर अंक तालिका...

बैशाख १८, २०८१

भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्समाथि जीत दर्ता गरेको छ ।  सोमबार राति घरेलु मैदान इडेन गार्डेनमा भएको खेलमा उत्कृष्ट फर्ममा रहेको कोलकाताले द...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x