×

NMB BANK
NIC ASIA

कहिले बन्ला पञ्चेश्वर आयोजना ? वातावरणीय व्यवस्थापन योजना अन्तिम चरणमा

कात्तिक २०, २०७४

NTC
Premier Steels

बैतडी, २९ असोज– पञ्चेश्वर बहुउद्देश्यीय जलविद्युत् आयोजनाको विस्तृत वातावरणीय व्यवस्थापनको योजना निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

नेपाल–भारत सीमामा बग्ने महाकाली नदीमा वातावरण विज्ञहरुको टोलीले प्रभावित क्षेत्रको निरीक्षण तथा स्थानीयवासीसँग छलफल गरी विस्तृत वातावरणीय व्यवस्थापन योजना निर्माण कार्य अन्तिम चरणमा पुर्याइएको हो ।

परामर्शदाता कम्पनी शाह कन्सल्ट इन्टरनेशनल प्रालिले वातावरणविद्, कृषि विज्ञ र सामाजिक विज्ञको टोली अध्ययन अनुसन्धानबाट पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको वातावरणीय प्रभावबारे विस्तृत योजना बन्न लागेको हो ।

अध्ययन टोलीले यसअघि सन् २०१३ मा नेपाल सरकारले स्वीकृत गरेको आयोजनाको वातावरण प्रभाव मूल्यांकनको आधार मानेर उच्च बाँध निर्माणस्थलको अध्ययन अनुसन्धान गरी प्रतिवेदनलाई अन्तिमरुप दिने तयारी गरेको थियो ।

स्थानीयवासीको सुझाव संकलन

नेपाली परामर्शदाता कम्पनी शाह कन्सल्ट इन्टरनेशनलले गत भदौमा आयोजनाको प्रभावित क्षेत्र बैतडी र दार्चुलाका स्थानीय तहमा गएर नागरिकसँग छलफल गरी सुझाव संकलन गरेको थियो ।

स्थानीयवासीको सुझावपछि प्रारम्भिक योजना बनाएको विज्ञहरुको टोलीले अहिले बैतडी र दार्चुला जिल्लामा जिल्लास्तरीय कार्यशाला गोष्ठीको आयोजना गरेर सरोकारवालाहरुको सुझाव संकलन गरेको हो ।

आयोजनाको विस्तृत वातावरणीय व्यवस्थापनको योजनालाई अब अन्तिमरुप दिने परामर्शदाता कम्पनी शाह कन्सल्ट इन्टरनेशनलका वातावरण विज्ञ अजयभक्त माथेमाले बताए । ‘एक्सपर्ट टोलीबाट लामो समयपछिको अध्ययनपश्चात् यो योजनालाई अन्तिम रुप दिने तयारी गरेको छौँँ,’ उनले भने ।

जलाशय क्षेत्रमा व्यापक असर, २२ हजारभन्दा बढी विस्थापित हुने

प्रारम्भिक प्रतिवेदनमा बैतडीको पञ्चेश्वरमा बन्ने विश्वकै दोस्रो उच्च बाँधस्थल क्षेत्रमा ठूलो र व्यापक वातावरणीय तथा सामाजिक असर पर्न सक्ने उल्लेख गरिएको छ ।

विशाल तथा जटिल निर्माणको चरण र आयोजना सञ्चालनको चरणमा बस्ती विस्थापन, करिब ९९४ हेक्टर खेतीयोग्य जमिन डुबान क्षेत्रमा पर्ने, भौतिक संरचना निर्माणको क्रममा वनजंगल नष्ट भई भूक्षय, भू–अस्थिरता, वन्यजन्तु र जडीबुटीको विनाश हुने तथा निर्माणस्थलमा विभिन्न महामारी हुन सक्ने खतरा औँल्याइएको छ ।

जलाशयको निर्माणले करिब दुई हजार ९२६ घरधुरीका २२ हजार ७६५ नागरिक स्थानान्तरण गर्नुपर्ने परामर्शदाता कम्पनीका सामाजिक विज्ञ शिव ढकालले बताए । यस्तै सो क्षेत्रका ऐतिहासिक, धार्मिक र सांस्कृतिक धरोहर नष्ट हुने ढकालले बताए । ‘आयोजना निर्माण र सञ्चालनका क्रममा सामाजिक र वातावरणीय क्षेत्रमा ठूलो हलचल हुन्छ,’ उनले भने ।

उच्च बाँधको निर्माणपछि यस्ता फाइदा

पञ्चेश्वर उच्च बाँधको निर्माणबाट आयोजना क्षेत्रका नागरिकलाई असरसँगै विभिन्न फाइदा पनि हुने विस्तृत वातावरणीय व्यवस्थापनको योजनामा उल्लेख गरिएको छ ।

बाँध निर्माणको क्रममा हजारौँ नागरिकले रोजगारी पाउनेछन्, बाँध निर्माणका लागि आठ हजारभन्दा बढी कर्मचारीको आवश्यकता पर्ने बताइएको छ । यस्तै निर्माणकै क्रममा पनि होटल व्यवसाय पनि फस्टाउने छ भने आयोजना क्षेत्रमा बसोबास गर्ने नागरिकलाई लामो समय रोजगारी मिल्नेछ ।

जलाशय निर्माणपश्चात् पानीको सतहको क्षेत्रफल तथा आयतन बढ्दा मत्स्य उत्पादनमा वृद्धि हुने, पर्यटनको विकासमा टेवा पुग्ने, रोजगारी वृद्धि भई नागरिकलाई जीविकोपार्जन गर्न सहज हुने तथा गरिबी निवारणमा टेवा पुग्ने विज्ञहरुको भनाइ छ । ‘जलाशयबाट माछापालनको ठूलो सम्भावना छ,’ कृषि विज्ञ गोपीकृष्ण सेंडाईले भने, ‘पर्यटनको विकासले पनि फड्को मार्ने देखिन्छ ।’

यस्ता छन् व्यवस्थापनका मुख्य योजना

विस्तृत वातावरणीय व्यवस्थापन योजनामा असरहरु औँल्याएर समाधानका लागि पनि १० वटा मुख्य उपयोजना बनाइएको छ ।

निर्माण प्रभाव व्यवस्थापन योजना, जल ग्रहण क्षेत्र व्यवस्थापन योजना, प्रदूषण व्यवस्थापन योजना, वन संरक्षण तथा व्यवस्थापन योजना, वन्यजन्तु संरक्षण तथा व्यवस्थापन योजना, माछा व्यवस्थापन योजना, जडीबुटी व्यवस्थापन योजना, कृषि सहयोग योजना, पञ्चेश्वर सहयोग योजना र पर्यटन विकास योजना तयार गरिएको छ ।

यी योजनामा प्रभावित क्षेत्रमा देखिने सबै किसिमका असर तथा प्रभावबाट उत्पन्न समस्या समाधानका लागि गरिने कार्य तथा गतिविधि सूचीकृत गरिएको छ । विकास हुने संरचना निर्माणको क्रममा हुने वातावरणीय क्षतिलाई व्यवस्थापन गर्दै आयोजनालाई दिगो बनाउन यी योजना लागू हुने बताइएको छ ।

यो विस्तृत योजनालाई पञ्चेश्वर विकास प्राधिकरण र त्यसअन्तर्गतका एकाइ, परामर्शदाता, निर्माण ठेकेदार, विशेषज्ञ टोलीले कार्यान्वयन गर्नेछ ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख २०, २०८१

काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x