कात्तिक १८, २०८०
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
काठमाडाैं | बैशाख १७, २०८१
राष्ट्रिय–अन्तर्राष्ट्रिय समुदायले चासोपूर्वक नियालेको इलाम उपनिर्वाचनमा कांग्रेसले लज्जास्पद् पराजय व्यहोर्ने देखिएको छ । बदलिँदो जनमत मापन गर्ने अवसर मानिएको उपनिर्वाचनको नतिजाले कांग्रेस कार्यकर्तालाई झन् निराश बनाएको छ ।
२०७९ मंसिरमा सम्पन्न निर्वाचनमा मात्र १ सय १४ मतले पराजित भएका कांग्रेस उम्मेदवार डम्बर खड्का एमाले उम्मेदवारभन्दा निकै पछाडि छन् । कांग्रेसले विगतको आफ्नो मत होल्ड गर्न नसकेको टिप्पणी भइरहेको छ ।
सोमवार दिउँसोसम्म झण्डै आधा मत गणना भइसक्दा कांग्रेस उम्मेदवारको प्रतिस्पर्धा स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमसँग भइरहेको छ । यो समाचार तयार पार्दासम्म नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ कांग्रेस उम्मेदवार खड्काभन्दा ५ हजार ३ सय मतले अगाडि छन् । अन्तिम परिणाम नआउँदै काठमाडौंमा कांग्रेस नेताहरू चुनाव हारिसकेको निष्कर्षमा पुगेका छन् । बझाङमा पनि कांग्रेस उम्मेदवार पराजित भइसकेका छन् ।
कसको कमजोरीले हार्यो कांग्रेस ?
इलाम २ मा कसलाई टिकट दिने भन्ने निर्णय लिन कांग्रेसलाई धौधौ परेको थियो । सभापति शेरबहादुर देउवाले डम्बरबाहेक अरूलाई टिकट दिन चाहेका थिएनन् । सहमति नजुटेका कारण टिकट वितरणका लागि संसदीय बोर्ड र केन्द्रीय कार्य सम्पादन समितिको बैठक पटक–पटक स्थगित भएको थियो ।
संस्थापनइतर समूह खड्काको नाममा सहमत भएपछि टिकट विवाद टुंगियो । भेषराज आचार्यलाई उम्मेदवार बनाउनुपर्ने सुझाव दिएका संस्थापन इतरका नेताहरू खड्कालाई टिकट दिइसकेपछि बरु मैदानमा सक्रिय भए, तर खड्कालाई टिकट दिलाउन मरिहत्ते गरेका संस्थापन पक्षका नेता इलाम गएनन् ।
फागुन २१ गतेको राजनीतिक समीकरण परिवर्तनपछि सत्ता गुमेको रनमा परेका देउवा एकपटक पनि इलाम गएनन् । यही बीचमा उनी भ्रष्टाचार आरोपमा जेल बसेका स्वर्गीय नेता खुमबहादुर खड्काको शालिक अनावरण गर्न दाङ पुगे । पार्टीका अन्य शीर्ष नेताहरू आफ्ना उम्मेदवार जिताउन पटक–पटक इलाम पुगे पनि देउवा घरबाट बाहिर निस्केनन् ।
‘पार्टी सभापति देउवा, आफूलाई देउवाको उत्तराधिकारी ठानेका उपसभापति पूर्णबहादुर खड्का एकपटक पनि इलाम आएनन्,’ इलामका एक जिल्ला नेताले सोमबार लोकान्तरसँग भने, ‘टुरिस्टजस्तो बनेर आएका उपसभापति धनराज गुरुङ मेची क्राउन होटलमा बसेर फर्के, महामन्त्री गगन थापा पनि झारा टार्न मात्र आए ।’
पूर्वपश्चिम संवाद यात्रा टुंग्याएर इलाम पुगेका महामन्त्री थापा छोटो समय बसेर फर्केका थिए । उनी अहिले अमेरिका भ्रमणमा छन् ।
कांग्रेसले महामन्त्री विश्वप्रकाश शर्मालाई इलामको चुनावी कमान्डर बनाएर पठाएको थियो । तर महामन्त्री शर्मा र स्वयं उम्मेदवार खड्काले फोन नउठाएको र कार्यकर्तालाई कुनै ‘रेस्पोन्स’ नगरेको गुनासो इलाममा व्याप्त छ । शीर्ष नेताको कार्यशैलीलाई लिएर चुनावको अन्तिम नतिजा नआउँदै कांग्रेस कार्यकर्ता नेतृत्वप्रति आगो बनेका छन् ।
शेखरले धर्मगुरुलाई ढोगेको पनि लागेन काम
चुनाव प्रचारको सिलसिलामा नेता शेखर कोइरालाले पटक–पटक इलाम पुगेर कार्यकर्तासँग कुरा गरेका थिए । वैशाख २ गते दाङमा रहेका कोइरालालाई महामन्त्री गगन थापाले फोन गरेर ‘यहाँ कोही नेता भएनन्, अरु कार्यक्रम छाडेर दाइ इलाम आउनु पर्यो’ भनेर बोलाएपछि कोइराला इलाम पुगे ।
जिल्लाका प्रायः अगुवा कार्यकर्तालाई भेटेर उनले आफूलाई उम्मेदवार ठानेर खटिन निर्देशन दिए ।
‘मैले अरू कसैलाई टिकट दिनका लागि लबिङ गरेको थिएँ, तर डम्बर खड्का पार्टीको साझा उम्मेदवार हुनुहुन्छ । इलामको चुनाव जित्नु कांग्रेसका लागि अर्थपूर्ण छ । सबैजना उहाँलाई जिताउन लाग्नुहोला,’ कोइरालाले कार्यकर्तासँग भनेका थिए ।
इलामका कांग्रेस कार्यकर्ताको आग्रहबमोजिम कोइराला वैशाख ४ गते दुर्गम क्षेत्र माङसेबुङ गाउँपालिकाको लारुम्बामा रहेका धर्मगुरू आत्मानन्द लिङ्देनलाई भेट्न पुगे ।
कांग्रेसका अरू नेतालाई भेट्न अस्वीकार गरेको समयमा कोइराला लिङ्देनलाई भेट्न ४ घण्टा लगाएर लारुम्बा पुगेका थिए । धर्मगुरूलाई भेटेर कोइरालाले इलामलाई सन्देश दिन खोजेका थिए । भेटमा लिङ्देनले गिरिजाप्रसादपछि देशले असल अभिभावक नपाएको गुनासो गर्दै देशको बागडोर सम्हाल्नका लागि जनताको अभिभावक बन्न सुझाव दिएका थिए ।
इलामबाट फर्केका कोइराला वैशाख ९ गते बझाङको उपनिर्वाचनमा भाषण गर्न जाने तयारी गरेका थिए । अन्य दलका शीर्ष नेता आएर भाषण गर्दा कांग्रेसका कोही नेता नआउँदा पार्टी कमजोर देखिने भन्दै कार्यकर्ताले बोलाएपछि कोइराला फेरि इलाम गए ।
चुनाव प्रचारको अन्तिम दिन चुलाचुली गएर भाषण गरे । कोइराला एक्लैको दौडधूप काम लागेन, कांग्रेस उम्मेदवार पराजयउन्मुख छन् ।
इलाम र बझाङ दुबै ठाउँमा पार्टीको चुनाव परिचालन रणनीति कमजोर रहेको कांग्रेसका एक केन्द्रीय सदस्यले बताए । ‘अन्य दलका नेताहरू दलबलसहित चुनावी क्षेत्रमा जाँदा हाम्रो सभापति निदाएर बस्नुभयो । उपचुनावमा कसैले अपनत्व लिएन,’ ती केन्द्रीय सदस्यले लोकान्तरसँग भने, ‘आगामी केन्द्रीय समिति बैठकमा यसबारे गम्भीर समीक्षा गर्छौं । नेतृत्वको असक्षमता प्रस्ट देखियो ।’
बझाङको चुनावी कमान्डर बनेका एनपी साउद धार्मिक भ्रमणका लागि पाथिभरा र चतरातिर धाएको आरोप कार्यकर्ताले लगाएका छन् ।
‘थोरै मेहनत गरेको भए बझाङ हामीले जित्ने रहेछौं, नेताहरूको गैरजिम्मेवारीका कारण कांग्रेसले आफ्नो सीट पनि गुमायो,’ ती केन्द्रीय सदस्यले भने ।
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...