×

NMB BANK
NIC ASIA

उपनिर्वाचनले दिएको सन्देश

इलाम २ को नजिताले पहिचानवादी उत्साहितः विश्लेषक भन्छन्– पहिचानको मुद्दा अब एनजीओको मात्र रहेन

विराटनगर | बैशाख १८, २०८१

NTC
साझा उम्मेदवार डकेन्द्रसिंह थेगिम लिम्बूको पक्षमा चुनावी गतिविधि गर्दै पहिचानवादीहरू ।
Premier Steels

इलाम २ मा भएको उपनिर्वाचनमा नेकपा (एमाले)का सुहाङ नेम्वाङ निर्वाचित भएका छन् । मंगलबार बिहान सकिएको मतगणनामा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्कालाई ५ हजार ८३० मत अन्तरले पछि पार्दै सुहाङ विजयी भएका हुन । 

Muktinath Bank

सुहाङले २७ हजार ७७२ मत ल्याए भने दोस्रो स्थानका खड्काले २१ हजार ९४२ मत पाए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तेस्रो स्थानमा पहिचान पक्षधर उम्मेदवार डकेन्द्रसिंह थेगिम लिम्बूले ११ हजार ४५७ मत ल्याए । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मिलन योङहाङ लिम्बूले ५ हजार ५० मत पाए । मिलनको जमानत नै जोगाउन सकेनन् । 


Advertisment
Nabil box
Kumari

अर्कोतिर पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार थेगिमले भने सम्मानजनक मत पाएका छन् । उनले ल्याएको मतले दलहरूलाई सोच्न बाध्य बनाएको विश्लेषण गरिएको छ । 

Vianet communication

कोशी नामकरणविरुद्ध आन्दोलित पहिचान पक्षधरहरू एकै ठाउँमा उभिएपछि थेगिमले सम्मान जनक मत पाएका हुन् । पहिचानवादी ४१ वटा घटकको समर्थन पाएका थेगिम मुढा चुनाव चिह्न लिएर मैदानमा आएका थिए । २०७८ फागुन १७ गते एमाले, कांग्रेस, माओवादी केन्द्र र राप्रपाका २ तिहाइभन्दा बढी सांसदको समर्थनमा १ नम्बर प्रदेशको नाम कोशी राखिएको थियो । त्यसपछि पहिचान पक्षधरले आन्दोलन गर्दे आएका छन् । 

आन्दोलनकै कारण एकैठाउँमा उभिएका पहिचान पक्षधरहरू इलाममा आएको मतबाट उत्साहित बनेका छन् । इलाममा आएको मत परिणामले उत्साहित बनेको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देनले बताए  । ‘१५ हजार हाम्रो मत हाम्रो आउछ भन्ने थियो,’ उनले भने ‘म्याच फिक्सिङ नभएको भए त्यही १५ हजारको पेरिफेरिले चुनाव जितिन्थ्यो । ’ 

कांग्रेसकै संस्थापन इतर समूहले एमालेलाई भोट दिएको उनले आरोप लगाए । रास्वपालाई कम मत आएकाले पहिचान पक्षधरलाई घाटा भएको उनको भनाइ छ । २०८४ को निर्वाचनमा मेचीदेखि महाकालीसम्म नै पहिचान पक्षधरहरूबीच चुनावी समीकरण हुने संकेत देखा परेको लिङ्देनले बताए । ‘एक निर्वाचन क्षेत्रमा एउटा मात्रै पहिचानवादी उम्मेदवार उठाउनुपर्छ भन्ने सन्देश पनि यो चुनावले दिएको छ,’ उनले भने ‘यो हामीबीचमा सहमति पनि भएको छ । ’ 

पहिचानको मुद्दा गैरसरकारी संस्था (एनजीओ)हरूको मात्रै नभएको भन्ने इलाम २ को मत परिणामले पुष्टि गरेको राजनीतिक विश्लेषक कृष्ण पोख्रेल बताउँछन् । ‘माथिका एलिडको मात्रै नभइ जनस्तरमा पनि त्यो मुद्दा त्यति नै सबल रहेछ भन्ने कुरा स्थापित गरेको छ,’ उनले भने ‘आगामी दिनहरूमा पहिचान पक्षधर अझ सङ्गठित भएर चुनावमा गए भने प्रदेशमा पनि बेग्लै शक्तिको रूपमा उदय हुने अवस्थाको सिर्जना यो चुनावले गरेको छ ।’

८४ को चुनावका उनीहरूको पोजिसन र अवस्थाबारेमा विश्लेषण अहिले नै गर्न हतार हुनेतर्फ पनि उनी सचेत देखिए । तथापि पहिचानवादीहरूको पनि बलियो उपस्थिति हुन्छ भन्ने अवस्था भने इलाम २ ले देखाएको उनको भनाइ छ । 

इलामको उपनिर्वाचनमा १२ दल र ७ स्वतन्त्र गरी १९ जना उम्मेदवार चुनावी मैदानमा थिए ।  इलाम–२ विगत २५ वर्षदेखि एमालेका सुवास नेम्वाङले एकलौटी चुनाव जितेको क्षेत्र हो । एकछत्र चुनाव जितेका सुवासको निधनपछि इलाम–२ मा उपनिर्वाचन भएको हो । उपनिर्वाचनमा पनि सुवासकै छोरा सुहाङले फराकिलो मतान्तरले जित्न सफल भएका छन् । 

पहिचानवादीहरू एक ठाउँमा हुँदा कोशी प्रदेशका धेरै जिल्लाको मत उथलपुथल हुने विश्लेषकहरू बताउँछन् । कोशीका १४ जिल्लामध्ये झापा र मोरङ बाहेकका धेरै जिल्लाको मत अहिले पाइरहेका दलहरूबाट खोसिन सकिने खतरा रहेको विश्लेषक पोख्रेल बताउँछन् । पहिचानवादी एक भए प्रदेशमा ठूलै असर गर्ने उनको भनाइ छ । उपनिर्वाचनले राप्रपालाई भने अस्तित्वको लडाइँमा पुर्याएको उनको विश्लेषण छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x