×

NIC ASIA

ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका

बाग्लुङ | बैशाख १९, २०८१

Prabhu Bank
NTC
Premier Steels

बागलुङको मध्य भागमा पर्छ गलकोट नगरपालिका । समथर भू-भागदेखि उच्च पहाडसम्म फैलिएको गलकोटको बस्ती-बस्तीमा सडक पुगेका छन् । तर ग्रामीण क्षेत्रबाट बसाइँसरेर बजार झर्नेको सङ्ख्या घटेको छैन । 

Muktinath Bank

दिनप्रति दिनको बसाइँसराइले गाउँ रित्तिन थालेको छ । बसाइँसराइलाई रोक्नका लागि नगरपालिकाले ग्रामीण सडकहरू स्तरोन्नति गरी गाउँमै सुविधा उपलब्ध गराउने लक्ष्यका साथ काम गरिरहेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नगरपालिका स्थापना हुन पूर्व नै गलकोटमा धेरै सडक ट्र्याक खुलेका थिए । विसं २०७३ अगाडि तीन सय ३० किलोमिटर ग्रामीण सडकको ट्र्याक खुलेको थियो । सात वर्षको अवधिमा एक सय ५७ किलोमिटर थप सडक ट्र्याक खुल्यो ।


Advertisment
Nabil box
Kumari

नगरपालिकाभर नयाँ र पुराना गरी चार सय ८७ किलोमिटर ग्रामीण सडक छन् । ती सबै सडकलाई प्राथमिकताका आधारमा पालिकाले स्तरोन्नति गर्न थालेको छ ।

Vianet communication

गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीका अनुसार ११ वटै वडाको सबै बस्तीमा सडक पुगेको हुँदा अब नयाँ ट्र्याक खोल्ने काम रोकिएको छ । 

यस वर्ष हटिया-हरिचौर-ताराखोला सडक, हटिया बजारदेखि कोटघर सडक र नरेठाँटी-दुदिलाभाटी सडक कालोपत्र गर्न थालिएको भण्डारीले बताए ।

मल्म-पाण्डवखनी, रँगेनी-तोरीखोला-ठानामजुवा सडक र हरिचौर-टेउवालगायत पालिकाभरका २० वटा सडक चालू आर्थिक वर्षमा स्तरोन्नति भइरहेको उनले जानकारी दिए ।

'गलकोटमा धेरै वर्ष अगाडिदेखि सडक खुल्न थालेका थिए, नगरपालिका स्थापना भएर जनप्रतिनिधि आएपछि शुरूका वर्षदेखि सडकमा लगानी गरिएको थियो', प्रवक्ता भण्डारीले भने, 'अब धेरै बस्तीमा सडक पुगिसकेको हुँदा नयाँ ट्र्याक नखोल्ने योजनामा छौं, अति आवश्यक परेको ठाउँमा ट्र्याक खोल्नै परे खोलिने छ नत्र स्तरोन्नतिमा ध्यान दिनेछौं ।'

गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले सडक गुरुयोजना बनाएर काम गर्न थालेको बताए । अघिल्लो वर्षदेखि नै पालिकाभरिका सडक बाह्रै महिना सञ्चालन हुने स्तरको बनाइएको र अब कालोपत्र गरिने उनको भनाइ छ ।

प्रमुख गैरेका अनुसार विसं २०७४ साल यता ११ किलोमिटर ढलान तथा कालोपत्र, ६५ किलोमिटर ग्राभेल, पाँचवटा मोटरेबल पुल र दुई दर्जन कल्भर्ट निर्माण भएका छन् । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग गलकोटमा करिब ४५ किलोमिटर फैलिएको हुँदा यसले यातायातमा ठूलो टेवा पुर्‍याएको छ ।

नगरपालिकाले सडकलाई स्तरोन्नति गर्न थालेपछि यात्रा र सामान ढुवानीमा सहज भएको गलकोट नगरपालिका ६ का वीरबहादुर खत्रीले बताए । अघिल्लो वर्षसम्म थुप्रै सडक साँघुरा र अप्ठ्यारा हुँदा यात्रा गर्न निकै कठिन हुने गरेको थियो ।

अहिले धेरै सजिलो भएको खत्रीको भनाइ छ । सडक स्तरोन्नतिपछि गाडी भाडासमेत घटेकोमा स्थानीयवासी खुसी भएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x