×

NMB BANK
NIC ASIA

कोशीका मुख्य न्यायाधिवक्ता कोइरालामाथि प्रदेशसभाको विशेषाधिकार हननको आरोपः कारबाही गर्ने गठबन्धनको चेतावनी

विराटनगर | बैशाख २०, २०८१

NTC
पत्रकार सम्मेलनमा एमालेका प्रमुख सचेतक रेवती भण्डारीलगायत ।
Premier Steels

इलामको उपनिर्वाचनपछि कोशी प्रदेशका नेताहरू सरकार ढाल्ने गिराउने खेलमा लागेका छन् । मुख्यमन्त्री केदार कार्कीले वर्तमान सरकारको फेरबदल संवैधानिक हिसाबबाट हुन नसक्ने चेतावनीसहितको पत्र प्रदेश प्रमुखलाई दिएपछि विपक्षीहरू आक्रोशित बनेका छन् । मुख्यमन्त्रीले प्रदेशसभाले पारित गरेको संकल्प प्रस्तावको विरोधमा बोल्नु संविधानको धारा १८७ (२) विपरीत भएको आरोप उनीहरूले लगाएका छन् ।

Muktinath Bank

गठबन्धनमा आबद्ध दलहरू नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले बिहीबार संयुक्त पत्रकार सम्मेलन गरेर मुख्यमन्त्रीले संकल्प प्रस्तावको विषयमा संविधानविपरीत बोलेको आरोप लगाएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दुई दिनअघि मात्रै कोशीका मुख्यमन्त्री केदार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङलाई पत्र बुझाउँदै नयाँ सरकार गठनमा कानूनी जटिलता रहेको बताएका  थिए । संकल्प प्रस्ताव संविधानविपरीत रहेको उनको जिकिर रहेको छ । २५ गतेभित्रमा विश्वासको मत लिन वा राजीनामा दिन निर्देशन दिने संकल्प प्रस्ताव प्रदेशसभाले पारित गरेको थियो । वैशाख ७ गते बसेको प्रदेशसभाको बैठकले संकल्प प्रस्ताव पारित गरेपछि मुख्यमन्त्री  कार्की दबाबमा छन् । मुख्यमन्त्रीकै पाटी नेपाली कांग्रेसको एउटा पक्ष भने संकल्प प्रस्तावबारे मौन छ । 


Advertisment
Nabil box
Kumari

संकल्प प्रस्ताव पारित गरेपछि संसद् सचिवालयले प्रदेश प्रमुख तथा अन्य निकायहरूमा त्यसको जानकारी गराएको थियो । मुख्यमन्त्री कार्कीले भने मुख्य न्यायाधिवक्तामार्फत दबाब बढाउन खोजेका थिए ।  उनले मुख्य न्यायाधिवक्ता रुपेश कोइरालासँग राय मागेका थिए । मुख्य महान्यायाधिवक्ता कोइरालाले पनि मुख्यमन्त्रीले विश्वासको मत लिनु नपर्ने तथा तथा संकल्प प्रस्ताव पनि संविधानको विपरीत भएको राय दिएका थिए । 

Vianet communication

संकल्प प्रस्तावबारे महान्यायाधिवक्ता मागेको राय मुख्यमन्त्रीका निजी सचिव भूपेन्द्र खनालले हस्ताक्षर गरेको पत्र संसद् सचिवालयमा समेत पठाइएको थियो । मुख्य न्यायधिवक्ताले संकल्प प्रस्ताव असंवैधानिक र गैरकानूनी रहेकोले मुख्यमन्त्रीले मान्न नपर्ने, राजीनामा दिन नपर्ने र विश्वासको मत पनि लिनुपर्ने निष्कर्ष दिएका थिए । 

मुख्य न्यायाधिवक्ता कोइरालाले मुख्यमन्त्रीलाई संविधानको धारा १८४ को उपधारा ४ को प्रतिबन्धात्मक वाक्यांशविपरीत संकल्प प्रस्ताव रहेको भन्दै त्यसलाई असंवैधानिक भनेका थिए । तर संविधानमा भने धारा १८४ मा उपधारा ४ नै छैन । मुख्य न्यायाधिवक्ताले दिएको सुझाव पनि कानूनविपरीत भएको एमाले–माओवादस्हितका गठबन्धनको ठहर छ । उनीहरूले कोइरालामाथि प्रदेशसभाको विशेषाधिकार हननमा कारबाही गर्ने चेतावनी दिएको छ । संकल्प प्रस्तावविरुद्ध राय दिनु वा बोल्नु प्रदेशसभाको विशेष अधिकारको हनन भएको एमालेका प्रमुख सचेतक रेवती भण्डारीको दाबी रहेको छ । 

‘संकल्प प्रस्ताव गलत लाग्छ भने कानूनी निकायमा जान पाइन्छ,’ प्रमुख सचेतक भण्डारीले भने, ‘तर कानूनी  निकायमा नगइ विपक्षमा राय लेख्ने कुरा हुँदैन । मुख्य न्यायाधिवक्ता कोइरालामाथि प्रदेशसभाको विशेष अधिकारको हननको विषय प्रयोग हुन्छ ।’ 

मुख्य न्यायाधिवक्ता कोइरालामाथि विशेषाधिकारको हननमा प्रदेशसभाको आगामी बैठकले कारबाही गर्न सक्ने उनले चेतावनी दिएका छन् । 

संविधानको धारा १८७ मा प्रदेश सभाको विशेषाधिकारसम्बन्धी व्यवस्था छ । 


 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x