×

NMB BANK
NIC ASIA

सरसर्ती २४ घण्टा

१०० रुपैयाँको नोटमा चुच्चे नक्सा, सुदूरपश्चिममा सत्ता गठबन्धनभित्रै अविश्वास

काठमाडाैं | बैशाख २२, २०८१

NTC
Premier Steels

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
००००
सुदूरपश्चिममा मुख्यमन्त्रीले विश्वासको मत लिने बेला गठबन्धन दलभित्रै अविश्वास बढेको छ । मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिने प्रयोजनको लागि शुक्रवार साँझ प्रदेश सभाको बैठक राखिएको भएपनि बस्न सकेन । अर्को बैठक शनिबार साढे ५ बजेका लागि तय भएको छ । 

Muktinath Bank

उसो त, मुख्यमन्त्रीलाई समर्थन गरेका दलले नै विश्वासको मत दिने–नदिनेबारे औपचारिक निर्णय गरेका छैनन् । नेकपा एकीकृत समाजवादीका नेता सोडारी सुदूरपश्चिमको मुख्यमन्त्री छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नागरिक उन्मुक्ति पार्टीको रेशम चौधरी पक्षले सोडारीलाई विश्वासको मत नदिन भन्दै ह्वीप जारी गरेको छ । रेशम पक्षका ५ सांसदले मत नदिए पनि सोडारीको पक्षमा बहुमत पुग्छ । तर, अहिलेसम्म एमालेसमेत अनिर्णित छ । 


Advertisment
Nabil box
Kumari

एमाले, माओवादी र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा सोडारी गत वैशाख ६ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।
००००
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सत्ता समीकरण भत्काउन देशी विदेशी शक्ति लागिपरेको बताएका छन् ।

Vianet communication

वर्तमान समीकरण भत्काउन प्रधानमन्त्रीको पद किस्तीमा राखेर प्रतिक्रियावादी तत्वहरू लागेको आरोप लगाए । पश्चिम नवलपरासी एमालेको ९ औं जिल्ला अधिवेशनको शुक्रवार परासीमा उद्घाटन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
००००
बागमती प्रदेशसभा सचिवालयमा शुक्रबार बसेको सर्वदलीय बैठकले यही वैशाख ३१ गते बजेट अधिवेशन आह्वान गर्न बागमती प्रदेश सरकारलाई आग्रह गर्ने निर्णय गरेको छ । 

बैठकले प्रदेशसभाअन्तर्गत रहेको विभिन्न पाँच समितिको सभापति चयनका लागि हुने निर्वाचन प्रक्रियालाई आगामी जेठ ४ गतेभित्रै सम्पन्न गर्ने सहमति भएको प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले बताए ।
००००
कोशी प्रदेश मन्त्रिपरिषद्को वैठकले प्रदेशको दोस्रो आवधिक योजना अवधारणपत्र  स्वीकृत गरेको छ । 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार बसेको वैठकले मुख्यमन्त्री कार्यालयबाट प्रस्तावित उक्त प्रस्ताव स्वीकृत गरिएको आन्तरिक मामिला तथा कानुनमन्त्री  एवम् सरकारका प्रवक्ता शमशेर राईले जानकारी दिए ।
००००
आईसीसी टी–२० विश्वकप क्रिकेट खेल्न जाने नेपाली राष्ट्रिय टोलीको बिदाइको कार्यक्रममा पूर्वकप्तान सन्दीप लामिछाने पनि सहभागी भएका छन् ।
काठमाडौंका एक पाँचतारे होटलमा शुक्रबार आयोजना गरिएको उक्त कार्यक्रममा सन्दीप सहभागी भएका हुन् ।
००००
नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले पार्टीको महाधिवेशनपछि नेपालका कम्युनिस्ट पार्टीहरूभित्र सैद्धातिक र वैचारिक दुवै किसिमको भुइँचालो जाने दाबी गरेका छन् । 

एकीकृत समाजवादी रुपन्देहीले शुक्रबार भैरहवामा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव भुसालले आगामी असार १६ देखि २० गतेसम्म काठमाडौंमा हुने महाधिवेशनले भुइँचालोका रुपमा ऐजन्डा ल्याउने बताए ।
००००
सरकारले ६ जना सचिवको सरुवा गरेको छ ।

बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव गणेशप्रसाद पाण्डेसहित ६ सचिवहरूको सरुवा गरेको हो ।
मन्त्रिपरिषद् बैठकले पाण्डेलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा गरेको छ । यस्तै बैठकले १०० रुपैयाँको नोटमा चुच्चे नक्सा राख्नेलगायतको निर्णय पनि गरेको छ । 
००००
झापामा कक्षा १२ को परीक्षा दिएर फर्केकी एक छात्रा घाइते अवस्थामा फेला परेकी छिन् ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी कृष्ण चन्दका अनुसार हिमालय माध्यमिक विद्यालयमा कक्षा १२ को परीक्षा दिएर फर्किँदै गरेकी एनिका अधिकारी गजमेर घाइते अवस्थामा फेला परेकी हुन् ।
००००
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले यही वैशाख २३ गते विश्वासको मत लिने भएका छन् ।
मुख्यमन्त्री नियुक्ति भएको एक महिना भित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । सोही अनुसार उनले वैशाख २३ गते विश्वासको मत लिने तयारी गरेका हुन् ।
००००
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनताको पक्षमा सरकारले ऐतिहासिक काम गरेको बताएका छन् ।

नेपाल पत्रकार महासङ्घको २७ औँ महाधिवेशनका अवसरमा शुक्रबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आफूले देश र जनताका हितमा राम्रा काम मात्र गर्ने प्रण गरेको बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x