×

NMB BANK
NIC ASIA

कीर्तिमानी महिला

इन्जिनियर तबस्सुम: संस्कृत विश्वविद्यालयबाट पीएचडी गर्ने एकमात्र मुस्लिम

बुटवल | बैशाख २२, २०८१

NTC
Premier Steels

पश्चिम नेपालको प्रमुख शहर हो बाँकेको नेपालगञ्ज । नेपालगञ्ज मुस्लिम समुदायको बाहुल्य शहरमा पनि पर्छ । केही दशकअघिसम्म त्यहाँका मुस्लिम समुदायमा छोरीले पढ्नुपर्छ भन्ने चेतना कमैलाई मात्र थियो । त्यही समुदायमा जन्मिएकी थिइन्– तबस्सुम सिद्दिकी । परम्परा पछ्याउने समुदायको घेराबाट बाहिर निस्केर तबस्सुमका बुवा डा सलाहुद्दिन अख्तर सिद्दिकी न्यायाधीशसम्म बन्न सफल भए । यसले गर्दा उनले छोरा/छोरीलाई पढाउन कुनै कसर बाँकी राखेनन् । तबस्सुमलाई पढाउन बोर्डिङ स्कूल पठाए ।  

Muktinath Bank

विद्यालयमा अन्य समुदायका साथी (विद्यार्थी) र शिक्षकसँग घुलमिलका लागि समस्या भए पनि बुवाको साथ पाएर तबस्सुमले राम्रोसँग पढिन् । पढ्न शुरू गरेपछि अन्य सामाजिक बन्धन, आर्थिक अभाव र विभेद उनले कहिल्यै खेप्नु परेन । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तिनै तबस्सुमले हालै हिन्दूहरूले धेरै अध्ययन गर्ने भनेर चिनिएको नेपाल संस्कृत विश्वविद्यालयबाट विद्यावारिधि (पीएचडी) गरेर कीर्तिमान राखेकी छिन् । हिन्दू वास्तुकलामा पीएचडी गरेर उनी डा तबस्सुम बनेकी छिन् । उनको हातमा अहिले मुस्लिम समुदायबाट संस्कृत विश्व विद्यालयबाट पोस्टग्राजुवेट (पीएचडी) गर्ने कीर्तिमान छ ।  


Advertisment
Nabil box
Kumari

तबस्सुमको शोध शीर्षक ‘हिन्दू वास्तुशास्त्र तथा इस्लामिक वास्तुकलाबीच तुलनात्मक अध्ययन र समकालीन नेपाली वास्तुकलामा त्यसको प्रभाव’ रहेको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर–९ इदगाहा ‘रोड’की तबस्सुम आर्किटेक इन्जिनियरसमेत हुन् । आफ्नो समाज बुझ्नका लागि आफूले संस्कृत पढेको उनी बताउँछिन् । ‘आफ्नो समाज नबुझी कुनै पनि क्षेत्रमा सफलता हासिल गर्न सकिँदैन’ उनी भन्छिन्, ‘त्यसैलै हिन्दू वास्तुकलामा पढ्ने रुचि बढाए । हरेक वास्तु संरचनामा हाम्रो शास्त्र र कला खोज्न थालेँ ।’ घर वा भवन निर्माण गर्दा होस् वा आन्तरिक सजावटको काम गर्दा, त्यसका लागि उनी पहिला शास्त्रतर्फ फर्किन्छिन् । ‘अनि त्यसमा कलात्मकता भर्न रुचाएँ,’ उनी थप्छिन् । 

Vianet communication

हरेक मानिसको आ–आफ्नै आस्था रहे पनि वास्तुकलालाई लागू गर्न भने नसकिने तबस्सुमको भनाइ छ । उनले अब वास्तुकलालाई पर्यटनसँग जोडेर रिसर्च गरी एकेडेमिक रुपमा काम गर्ने योजना सुनाइन् । 

null

‘हाम्रो समुदायले पढाइमा जोड नदिएको र नेपालका मुस्लिमले हिन्दू धर्मशास्त्र नपढेको विषय बढी चासोको विषय रहयो । यसर्थ मैले पीएचडी पूरा गर्ने नेपालकै पहिलो मुस्लिम महिला हुँ । २०७३ मा नेपाल संस्कृत विश्वविद्यालयमा भर्ना भएर २०८० भित्रै वास्तुकलामा पीएचडी गरेकी हुँ,’ तबस्सुमले भनिन् ।

आफ्नो पढाइको सबैभन्दा ठूलो श्रेय बुवा सलाहुद्दिनलाई जाने उनी बताउँछिन् । ‘मेरो पढाइको सबैभन्दा ठूलो श्रेय नै बाबालाई जान्छ,’ उनले थपिन्, ‘कसैले केही नसक्ने भन्ने हुँदैन । सफलतामा पुग्न अरूका लागि पनि सजिलो थियो होला, मेरा लागि केही अफ्ठ्यारो पनि भयो होला । यसकारण मिहिनेत गर्न र सपना देख्न नछोड्नुस् । आफ्नो सपना पूरा हुन्छ ।’ 

हिन्दूहरूले वास्तुलाई धर्मको एउटा अंकका रुपमा लिन्छन् । तबस्सुम भने कलाको रुपमा पनि बुझ्छिन् ।  ‘वास्तवमा वास्तु एउटा कला हो, जसको वर्णन वेद, उपनिषद आदि संस्कृतका ग्रन्थहरूमा पाइने गरेको छ,’ उनी भन्छिन् । उनी वास्तुशास्त्रलाई वैदिक डिजाइनको संज्ञा दिन्छिन् । यसकारण यसलाई अन्तर्राष्ट्रियकरण गर्न चाहन्छिन् उनी । यसर्थ उनले शोधपत्रलाई पनि अंग्रेजी भाषामा लेखेकी छन् । संस्कृत विश्वविद्यालयमा प्रायः संस्कृत वा नेपाली भाषामा शोध लेख्ने चलन छ ।

नेपालमा हिन्दू धर्मावलम्बीको बाहुल्य छ । यसर्थ इस्लामिक वास्तुकलासँगै हिन्दू वास्तुशास्त्रलाई पनि अध्ययनको विषय बनाएको उनको भनाइ छ । नेपाली वास्तुकलाको माध्यमबाट इस्लामिक बाहुल्य मुलुकहरूसँग सम्बन्ध सुदृढीकरण र पर्यटन विकास गर्ने प्रशस्त सम्भावना रहेको उनको भनाइ छ ।

तबस्सुम विसं २०५६ मा अध्ययनका लागि पाकिस्तान पुगिन् । लाहोरमा रहेको नेसनल कलेज अफ आर्टस्मा ब्याचलर इन आर्किटेक्चर पढिन् । यो कोर्स पूरा गर्न उनलाई ५ वर्ष लाग्यो । त्यसपछि त्यहीँ उनले इन्टेरियर डिजाइनमा  स्नातकोत्तर गरिन् । त्यहाँ पढिसकेपछि उनी ७ वर्षपछि नेपाल फर्किन् । पाकिस्तानमा अध्ययन गरेपनि उनले आफ्नै देशमा केही गर्नुपर्छ भन्ने सोचिन् । तर, नेपाल फर्किँदा देशमा द्वन्द्व चलिरहेको थियो । नेपाल आएर पनि बस्न सहज अवस्था थिएन । यस्तोमा उनी फेरि भारतको लखनऊ गइन् । त्यहाँ उनले एउटा कलेजमा प्राध्यापकको रुपमा काम गरिन् । उनलाई भारतमा भन्दा आफ्नै मुलुकमा फर्केर काम गर्न मन थियो । त्यसैले विसं २०७० मा उनी फेरि नेपाल आइन् ।

स्वदेश फर्किएपछि तबस्सुमले आफूलाई आर्किटेक्ट इन्जिनियरको रुपमा चिनाउनु थियो ।  यसैले ललितपुरको पुल्चोक इन्जिनियर कलेजमा काम गर्न थालिन् । त्यसपछि उनले पुल्चोक र हिमालयन कलेजमा फ्याकल्टी मेम्बरका रुपमा काम गरिन् । उनलाई विद्यार्थीलाई पढाएर मात्र नभइ योबाहेक केही गर्न पाए हुन्थ्यो भन्ने लाग्यो । त्यसपछि पीएचडी गर्ने सोच बनाइन् । विद्यावारित त गर्ने तर कहाँबाट ? कसरी ? उनले विश्वविद्यालय खोजिन् । अन्ततः नेपाल संस्कृत विश्वविद्यालय छनोट गरिन् । ‘मैले अध्ययनका लागि छनोट गरेको विषय संस्कृतमै थियो, त्यसको जानकारी लिनका लागि पनि मैले यो विश्वविद्यालय रोजेँ’ उनी भन्छिन्, ‘संस्कृत विश्वविद्यालय हिन्दुहरूका लागि मात्र हो भन्ने मान्यता छ । यही भ्रम चिर्नका लागि पनि मैले यो विश्वविद्यालयबाट पीएचडी गरेकी हु ।’ शिक्षामा कुनै धर्म र समुदाय हुँदैन । जसले पनि पढ्न सक्छन् भन्ने उदाहरण आफूले दिएको उनको भनाइ छ । सात वर्ष लगाएर उनले पीएचडी गरेकी हुन् ।

तबस्मुमको ७ जनाको परिवार नै शिक्षामा अब्बल थियो । उनी परिवारकी जेठी छोरी हुन् । उनका भाइ मोहम्मद आसिफ सिद्दीकी मलेलियाबाट इन्जिनियरिङ शिक्षा हासिल गरी अहिले कतारमा काम गरिरहेका छन् । आसिफपछिको अर्को भाइ आमिर सिद्दीकी काठमाडौंस्थित गंगालाल हृदयरोग केन्द्रमा काम गरेर अहिले पपुवा न्युगिनीमा प्यासिफिक अन्तर्राष्ट्रिय अस्पतालको मेडिकल डाइरेक्टर छन् । कान्छी बहिनी डा तरन्नुम सिद्दीकी भारतबाट एमपीटी गरेर बीएनबी अस्पतालमा वरिष्ठ फिजियोथेरापिस्ट छिन् । 

तबस्सुम अहिले मुंशी सिद्दीकी परिवारबाट सञ्चालित द मदर फाउन्डेसन नामक संस्थाकी अध्यक्ष छिन् । संस्थाको उद्देश्य नेपालमा समावेशी विकास र प्रजातन्त्रको सुदृढीकरण तथा कला, आर्किटेक्चर एवम् संस्कृतिको माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्धको सुदृढीकरण गर्ने रहेको छ । उनले विभिन्न कलेजमा वास्तुकलासम्बन्धी प्राध्यापन पनि गराइरहेकी छिन् ।

तबस्सुमले भविष्यमा नेपाली कलाकृतिको माध्यमबाट नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढीकरणमा सहयोग गर्ने योजना रहेको बताइन् । ‘यो अभियानको सफलता नेपाल सरकार तथा नेपाली समाजको सहयोगमाथि निर्भर हुन्छ । हेरौं, एउटा मुस्लिम महिलालाई हिन्दू बहुमत समाजले कति महत्व र सहयोग गर्नेछ’ उनले भनिन् । 

नेपाली मुस्लिम समुदायमा शैक्षिक सुधार गर्न मदरसा शिक्षालाई आधुनिकीकरण गर्नु अनिवार्य रहेको तबस्सुमको सुझाव छ । ‘आधुनिकीकरणले मात्रै मदरसा शिक्षालाई राष्ट्रिय प्रवाहमा सक्रिय गराउन सकिन्छ’, तबस्सुम भन्छिन्, ‘यही समुदायको विकासका लागि क्रियाशील हुने मेरो योजना छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

चैत १५, २०८०

२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

बैशाख २९, २०८१

भनिन्छ– मरिसकेपछि पुगिने स्वर्ग कस्तो हुन्छ थाह छैन तर जिउँदै स्वर्ग हेर्न मन लागे रारा जानु । कर्णाली प्रदेशको मुगु जिल्लामा अवस्थित रारा ताललाई धर्तीको भूस्वर्गका रुपमा चित्रण गरिन्छ । राराको सुन्दरता, हावाप...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x