मंसिर २५, २०८०
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
काठमाडाैं | बैशाख २३, २०८१
अरनिको राजमार्गअन्तर्गत हनुमन्ते खोलाको पानी बग्ने रिभर कोर्स अतिक्रमण गरेर निजी ड्राइभिङ सेन्टर सञ्चालन भएको पाइएको छ ।
भक्तपुरको हनुमन्ते खोलामा बनेको पुलको दायाँ किनारमा सार्वजनिक जग्गा अतिक्रमण गरी ईजी ड्राइभिङ ट्रेनिङ सेन्टर सञ्चालन हुँदै आएको हो ।
हनुमन्ते खोला पुलको एउटा स्पान नै कभर हुने गरी पानी बग्ने रिभर कोर्स अतिक्रमण भएको पाइएको छ ।
अतिक्रमित निर्माणका कारण पानीको बहाव परिवर्तन गरी पूर्वपट्टिको किनारलाई गम्भीर क्षति पुगेर पुलको संरचना नै जोखिममा परेको हो ।
राष्ट्रिय सतर्कता केन्द्रले उक्त पुलको प्राविधिक परीक्षण गर्दा उक्त अतिक्रमणका कारण पुल नै जोखिमपूर्ण अवस्थामा रहेको पाइएको हो ।
खोलाको पानी बग्ने रिभर कोर्स अतिक्रमण गरेर ड्राइभिङ सेन्टर सञ्चालन हुनुका साथै दर्जनौं कच्ची र पक्की घरहरू निर्माण भएको प्राविधिक परीक्षण प्रतिवेदनमा उल्लेख छ ।
'उक्त अतिक्रमणका कारण निर्माण गरिएका टेवा पर्खाल (ग्याब्लियन वाल)सहितका अन्य संरचनामा पनि गम्भीर असर देखिएको छ,' सतर्कता केन्द्रका एक इन्जिनीयरले लोकान्तरसँग भने, 'खोलाको दायाँपट्टिको भागलाई अतिक्रमण गरी पानीको प्राकृतिक बहावलाई परिवर्तन गरेर पूर्वपट्टिको किनारालाई समेत गम्भीर क्षति पुर्याइएको छ ।'
पुलको बहाव नै परिवर्तन गर्नेगरी अतिक्रमण गरेर बनाइएको संरचनाले पुल नै खतरामा परेको उनले बताए ।
'उक्त अतिक्रमणलाई नियन्त्रण तथा रोकथाम गरिएन भने पुल नै भत्किने जोखिम छ,' उनले थपे, 'पुलका पाइलहरू खोस्रिँदै गएका छन् । पुलको जग नै जोखिममा आइसकेको छ ।'
ढुंगाको गेभियन पर्खालको लोकेशन नमिल्ने ठाउँमा राखिएको छ । परिणामस्वरूप पानीको बहावको दिशाभित्र नै ती पर्खाल बनाइएकाले पुलको अन्य संरचनामा समेत जोखिम बढेको प्राविधिक परीक्षण प्रतिवेदनमा उल्लेख छ ।
सडक विभागको पुल महाशाखाअन्तर्गत अरनिको राजमार्गमा निर्मित ३३ वटा पुलको मर्मतसम्भार गर्ने ठेक्कामा राष्ट्रिय सतर्कता केन्द्रले प्राविधिक परीक्षण गरेको हो, जसअन्तर्गत हनुमन्ते खोलाको पुल जोखिम पूर्ण अवस्थामा रहेको केन्द्रको प्राविधिक परीक्षण प्रतिवेदनबाट खुलेको हो ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...