×

NMB BANK
NIC ASIA

चौराहा–गोलपार्क सडक निर्माण कार्य अगाडि नबढेपछि ठेक्का रद्द

बुटवल | बैशाख २३, २०८१

NTC
Premier Steels

पटक-पटक म्याद थप र ताकेता गर्दा पनि बुटवलको चौराहा–गोलपार्क खण्डको निर्माण अघि नबढेपछि ठेक्का रद्द गरिएको छ ।

Muktinath Bank

बुटवलको मुख्य बजार क्षेत्रको साढे ३ किलोमिटर  सडक सात वर्ष अघि बिरुवा कन्स्ट्रक्सन कम्पनी प्रालिले ठेक्का पाएर काम थालेको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सबै क्षेत्रको आग्रह र निर्देशनलाई ठेकेदारले बेवास्ता गरेको भन्दै आइतवार ठेक्का रद्द गरिएको हो ।


Advertisment
Nabil box
Kumari

सडक डिभिजन कार्यालय बुटवलका सूचना अधिकारी महेश्वर दाहालले पटक-पटकको आग्रह निर्देशनलाई बेवास्ता गरी काम नगर्ने ठेकेदार कम्पनीसँगको ठेक्का तोडिएको बताए ।

Vianet communication

दाहालले अब छिट्टै नयाँ सहमतिअनुसार अर्को ठेक्का प्रक्रियामा जाने बताए । 

अहिलेसम्म यो सडकको काम ५० प्रतिशत मात्र भएको छ ।

तीन वर्षमा सक्ने गरी २०७३/०७४ मा आयोजनाको ५३ करोड ९७ लाख ९९ हजार रूपैयाँमा ठेक्का लगाइएको थियो । कार्यालय यस अघि पनि पटक-पटक ठेक्का तोड्ने चेतावनी दिँदै आएको थियो ।

तर कन्स्ट्रक्सनका ठेकेदार सुवित श्रेष्ठले त्यसलाई बेवास्ता गरेका कार्यालयले जनाएको छ । डिभिजन सडक कार्यालय, बुटवलका प्रमुख विसुनदास लामाले काम सम्पन्न गर्नेतर्फ कम्पनीले चासो नदखाएपछि ठेक्का तोडिएको बताए ।

‘निर्माण कम्पनीलाई कार्य सम्पन्न गर्न लिखित तथा मौखिक रुपमा अनुरोध गर्दा पनि काम भएन’, इन्जिनियर लामाले भने, ‘ठेक्का सम्झौताका सर्त बमोजिम दायित्व पूरा नगरेकाले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९ अनुसार ठेक्का अन्त्य गर्ने निर्णय भएको हो ।’​​

मेन लाइन, सर्भिस लेन, नाली लगायतका काम भएका छैनन् ।

सडकको कारण बुटवल बजार क्षेत्र अस्तव्यस्त छ ।

बुटवल उपमहानगरपालिकाले पनि ठेकेदारलाई राखेर निर्माण गति दिन आग्रह गर्दै आएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x