×

NIC ASIA

दलको नेता परिवर्तनको बहस

देउवा रणनीतिमा चुक्दा कांग्रेसभित्र दलको नेता फेर्नुपर्ने मतः शेखरलाई खुट्टा टेक्न दबाब

काठमाडाैं | बैशाख २८, २०८१

Prabhu Bank
NTC
Premier Steels

अप्रत्यासित रूपमा सत्ताबाट बाहिरिएपछि रणनीतिक अलमलमा परेको नेपाली कांग्रेसभित्र संसदीय दलको नेता परिवर्तनका लागि पुनः एकपटक प्रयास गर्नुपर्ने मत प्रकट हुन थालेको छ ।

संसदीय दलमा सभापति शेरबहादुर देउवाको बलियो पकड छ । तर, रणनीतिक रूपमा देउवा कमजोर भएका बेला दलमा बहुमत जुटाउने प्रयासलाई तीव्रता दिनुपर्ने दबाब बढेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

संस्थापनइतर पक्षका नेताहरू डा. शेखर कोइरालाले एकपटक दलको नेता बन्न जोडबल गर्नुपर्ने पक्षमा देखिन्छन् ।


Advertisment
Rupse Holidays
Nabil box

‘१४ औं महाधिवेशनयता सभापति देउवासँग हाम्रो समूहका नेता डा. शेखर कोइराला प्रतिस्पर्धी रहँदै आउनुभएको छ । सबै विषयमा टसल नदेखिए पनि उहाँहरू दुई प्रतिस्पर्धी नै हो,’ कांग्रेसका एक नेताले लोकान्तरसँग भने, ‘रोक्न खोज्दाखोज्दै २१ फागुनमा कांग्रेस सरकारबाट विमुख भयो । त्यसपछि पनि शेखर दाइसहितले फेरि एमालेसँग मिल्नुपर्ने गरी वार्ता अगाडि बढाउनुभएकै थियो । जसपा विभाजनले परिस्थिति अर्कोतिर पुर्‍याएको देखियो । त्यसैले फेरि शेखर दाइ दलमा बहुमत जुटाउनतर्फ लाग्नुपर्छ भन्ने हाम्रो मत छ ।’ 

Vianet communication

२१ फागुनमा कांग्रेस सत्ताबाट बाहिरिएपछि एमाले र कांग्रेस मिल्नेगरी केही चरण वार्ता भएका थिए । तर, जसपाको पछिल्लो विभाजनपछि सभापति देउवा रणनीतिक रूपमा चुकेको देखिएको छ । यही बेला शेखरले देउवालाई दलमा हराउन सक्नेगरी बहुमतका लागि थप तागत लगाउनुपर्ने मत बलियो बन्दै गएको हो । देउवा रणनीतिकरूपमा कमजोर रहेको मौकामा ८८ सदस्यीय संसदीय दलमा बहुमत पुर्‍याउने प्रयत्नलाई अगाडि बढाउनुपर्ने मत अर्का एक नेताले पनि प्रकट गरे ।

‘पार्टीले चाहँदाचाहँदै पनि माओवादीसँगको गठबन्धन टिकेन । फेरि पनि एमालेसँग मिल्ने भनेर केही चरण वार्ता भयो । तर, सभापतिले पुरानै गठबन्धन ब्युँताउने प्रयास र एमालेसँग पनि छलफल गर्ने दोहोरो व्यवहार देखाएपछि उहाँको रणनीति फेल खायो,’ शेखरनिकट ती नेता भन्छन्, ‘जति छिटो कांग्रेसमा दलको नेतृत्व परिवर्तन हुन्छ, त्यति छिटो पार्टी बलियो हुँदै जान्छ । त्यसैले पनि शेखर दाइले देखिने गरी अग्रसरता लिएर पहल गर्नुपर्छ ।’

null

शेखर पक्षकै अर्का नेता डा. गोविन्दराज पोखरेलले पनि रणनीतिकरूपमा पार्टी नेतृत्व कमजोर देखिएकाले दलको नेता परिवर्तन आवश्यक भएको बताए । 

‘देखिने गरी शेखरले कुनै गतिविधि अगाडि बढाएको वा योजना बनाएको देखिँदैन । तर, कांग्रेसमा संसदीय दलको नेता परिवर्तन गर्न आवश्यक छ भन्ने बोध धेरैलाई छ,’ पोखरेलले भने, ‘कांग्रेस यतिखेर सहकारी प्रकरणबाहेक सत्ता व्यवस्थापनको नीति र रणनीतिमा कमजोर देखिएको  छ । नेतृत्वको कमजोरी देखिएका बेला शेखर दाइले आफूलाई दलको नेताका रूपमा उभ्याउने गरी तयारी गर्नुपर्छ ।’

इलाम र बझाङको चुनावमा सभापति एउटा भाषण गर्न पनि नगएकाले चुनावी परिणाम अनुकूल नआएको दाबी उनले गरे । ‘इलाममा केपी ओलीले डोहोर्‍याएरै सुहाङलाई जिताउनुभयो । तर, हाम्रो सभापति आफ्नै मान्छेलाई टिकट दिए पनि चुनावी प्रचारमा जानुभएन । बझाङमा त २४३ को अन्तरले मात्रै हार्ने स्थिति बन्यो,’ पोखरेल भन्छन्, ‘चुनावी मैदानमा सभापति उत्रिएको भए माहोल फरक हुन्थ्यो । नेतृत्व हस्तान्तरण हुँदैछ भन्ने देखिन्थ्यो । जित्न पनि सकिन्थ्यो ।’

अघिल्लो वर्षको पुस ६ गते भएको संसदीय दलको चुनावमा देउवाले गगन थापालाई फराकिलो अन्तरले पराजित गरेका थिए । ८९ सांसदमा देउवा ६४ मत ल्याएर विजयी भए । तर, शेखर पक्षमा ३३ हाराहारीमा सांसद भए पनि गगनले २५ मत मात्रै पाए । 

समूहको सबै सांसदको मत गगनलाई खसाउन नसक्दा रणनीतिकरूपमा शेखर कमजोर देखिएका थिए । ३४ बाट २/४ सांसद बढाउन सकेको भए शेखरलाई २/४ भोट बढाउँदा आवश्यक ४५ को संख्या पुर्‍याउन सहज हुने थियो । तर आफैं निकटका सांसदले भोट नदिँदा बहुमतका लागि देउवालाई काउन्टर दिने आत्मविश्वास शेखरमा नआएको अर्का एक नेता बताउँछन् । 

शेखरको निकट भएर काम गर्दै आएका अर्का एक नेताले समूहको संख्या र तागत कति हो भन्ने नै यकिन नरहेको बताए । यति मात्रै होइन, समूहको नेताका रूपमा अहिले केही पनि पहल नलिए १५ औं महाधिवेशनका बेला सभापतिको दाबेदारीमा समेत सम्भावना कम हुने उनको तर्क छ ।

‘हाम्रो समूहको मत ३२ देखि ३५ जनासम्म हो । यसमा अलिकति प्रयत्न गरेको भए गगन थापा उठ्दा नै ४० हाराहारी मत पुग्न सक्थ्यो । तर, समूह भित्रैकाले किन गगनलाई मत बढाउने भनेर लाग्दा २५ भोट आयो,’ ती नेता भन्छन्, ‘संसदीय दलमा बहुमत पुर्‍याउन शेखर दाइमा इच्छा/चाहना नभएको होइन, तर टीमकै सबै मत अर्को नेतालाई झार्न नसक्दा गगनकै नियति हुन्छ कि भन्ने डर देखिन्छ । अघिल्लोपटक सबै सांसदले प्रयत्न गरिदिएनन् । त्यसैले शेखर दाइलाई ४५ मत पुर्‍याउने आत्मविश्वास नआएको हो ।’ 

संसदीय दलको नेता परिवर्तन हुना साथ सत्ताको नेतृत्व गर्ने अवसर आउनेमा कांग्रेसका धेरै नेता  आशावादी छन् । एमालेले समेत देउवाको विकल्प खोजेको नेताहरू दाबी गर्छन् ।

शेखरको निकट भएर काम गर्दै आएका अर्का एक नेताले समूहको संख्या र तागत कति हो भन्ने नै यकिन नरहेको बताए । यति मात्रै होइन, समूहको नेताका रूपमा अहिले केही पनि पहल नलिए १५ औं महाधिवेशनका बेला सभापतिको दाबेदारीमा समेत सम्भावना कम हुने उनको तर्क छ ।

‘दलको नेता हुनुपर्छ, सभापति हुनुपर्छ भन्ने हुटहुटी राम्रो छ । तर, बैठक गर्ने, छलफल गर्ने, समूहमा हामी यति छौं भनेर प्रस्ट भएर इमान्दार प्रयास गरेको देखिँदैन,’ ती नेताले भने, ‘भिड्नुपर्ने देउवाजीसँगै नरम व्यवहार गरेपछि साथ दिन्छु भन्ने पनि अलमलमा देखिएका छन् । एटेम्ट गरेर सांसदलाई नबोलाइएपछि संख्या कति हो नै प्रस्ट भएन । १५ औं महाधिवेशनमा नेतृत्वका लागि दाबेदारीलाई बढाउन र बलियो पार्न पनि केही न केही मुभ वा सक्रियता आवश्यक छ ।’ 

गगनलाई भित्रीरूपमा साथ लिन नसक्ने र देउवाप्रति नरम देखिने शेखरको शैलीले पनि सांसद संख्या बढाउन नसकेको नेताहरूको टिप्पणी छ ।

‘देउवासँग असन्तुष्ट रहेका बालकृष्ण खाँण पक्षका सांसदलाई साथ लिन सक्ने वातावरण केही अगाडिसम्म बनेको थियो । तर, समूहमा को हाम्रो हो, को होइन भनेर एउटै कित्तामा उभ्याउने सामर्थ्य शेखर दाइले देखाउन सक्नुभएन,’ ती नेता भन्छन्, ‘प्रयास नै नगरेपछि शेखर दाइको इच्छा हुटहुटीमै सीमित हुन्छ कि भन्ने जोखिम छ ।’

केही समयअगाडि एमाले अध्यक्ष केपी शर्मा ओलीले समेत शेखरलाई प्रधानमन्त्रीको ‘कार्ड’ फालेको चर्चा थियो । कोशीमा एमाले र शेखर समूह मिलेर केदार कार्कीलाई मुख्यमन्त्री बनाए पनि उनलाई एमालेले अपमान गरेको कांग्रेसका एक नेता बताउँछन् । 

‘शेखरलाई प्रधानमन्त्रीको कार्ड फालेर केपी ओलीले कांग्रेसमा खेल्ने चातुर्यता देखाएका छन्, किनकि कांग्रेसमा खेल्न सक्दा र विग्रह ल्याउन सक्दा आफू बलियो बनिने दाउ ओलीले हेरेका छन् । पार्टी फोड्नेदेखि कांग्रेसमा विग्रह ल्याउनेसम्म उनको तयारी हो,’ ती नेता भन्छन्, ‘पूर्वमा शेखरसँग मिल्न खोजे पनि एमालेले विश्वासको मत दिएन । अहिले पनि शेखरकै केदार कार्कीलाई धकेल्ने काम एमालेले गरेको छ । यसैले ओलीको कार्ड उचित छैन भन्ने बुझ्न कठिन पर्ने देखिँदैन ।’

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख ११, २०८१

फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

जेठ २, २०८१

सहकारीपीडितको अर्बौ‌ं रकम अपचलनका विषयमा संसदीय छानबिन समिति गठनको पक्षविपक्षमा नेपाली कांग्रेस र नेकपा एमाले विभाजित हुँदा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चेपुवामा परेका छन् ।&nb...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

प्रकृतिको नियम

प्रकृतिको नियम

जेठ १९, २०८१

प्रकृतिको नियम के भने जति माथि पुग्यो उति झुक्नुपर्ने, गएको ठाउँ हेर्नैपर्ने, गएको ठाउँमा फर्कनै पर्ने । ठूलाठूला बोइङ्गहरू आकाशमा उड्छन्, बादलपारीको मुलुकमा पुग्छन्, समुद्रपारीको मुलुकसम्म पुग्छन् तर, पनि उनीहरू त्...

कर्मचारीले भन्ने 'माथि' कहाँ हो ? को हो ?

कर्मचारीले भन्ने 'माथि' कहाँ हो ? को हो ?

जेठ १८, २०८१

राणा शासनकालको प्रशासनिक व्यवस्थामा 'माथि' भन्नाले प्रधानमन्त्रीलाई बुझाउँदथ्यो । राजाको शासनकालमा दरबार वा राजालाई माथि भनिन्थ्यो । कर्मचारीले इमान्दारिता छाडेमा वा अनैतिक काम गरेमा कुरा माथि पुग्दथ्यो ...

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

जेठ १६, २०८१

जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...

x