×

NMB BANK
NIC ASIA

साढे ११ किलो सुन तस्करीमा फरार व्यक्ति ९८ लाखसहित पक्राउ

काठमाडाैं | बैशाख २८, २०८१

NTC
Premier Steels

काठमाडौंको मालिगाउँबाट ९८ लाख रुपैयाँसहित पक्राउ परेका व्यक्ति साढे ११ किलो सुन तस्करी र संगठित अपराधमा फरार व्यक्ति रहेको खुलेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले रूपन्देही सियारी गाउँपालिका–७ का समिर सुनार र मिलन विकलाई पक्राउ गरेको हो । उनीहरूले प्रयोग गर्र्दै आएको बा १३ च ४८५८ नम्बरको गाडीसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

Muktinath Bank

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईले पक्राउ परेकामध्ये मिलन २०८० असोज १० गते दोलखामा बरामद भएको साढे ११ किलो सुन प्रकरणमा मुछिएका अभियुक्त रहेको बताए । उनले भने, ‘जतिबेला दोलखामा सुन बरामद भएको थियो, उतिबेलै मिलन फरार सूचीमा थिए, प्रहरीले त्यतिबेला संगठित अपराध तथा सजाय ऐनमा समेत मुद्दा दर्ता गरेको थियो ।’ 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अनुसन्धान कार्यालयका अनुसार मिलनविरुद्ध सम्पत्ति शुद्धिकरणमा समेत मुद्दा चलेर अनुसन्धान भइरहेको छ । प्रहरीले मिलनबाट डायरी र मोबाइल बरामद गरेको छ । मिलनले डायरीमा कोड भाषामा रकम लेनदेनको विषय उल्लेख गरेकाले थप अनुसन्धान हुने जानकारी एसएसपी भट्टराइले दिए ।


Advertisment
Nabil box
Kumari

पक्राउ परेका मिलन समिरले विगत दुई वर्षदेखि यो धन्दा चलाउँदै आएको प्रहरीले जनाएको छ । ‘बरामद रकम सुनमै लगानी गर्नको लागि स्टोर गरेर राखेको पाइयो,’ भट्टराईले भने, ‘विगतमा पनि सुनको कारोबार गरेका मिलन र समिरले नेपालमा हुण्डीमार्फत् रकमको व्यवस्था गर्ने र चीनबाट आएको सुन भारतीय व्यापारीलाई पठाउने गरेको देखिन्छ ।’ अनुसन्धान कार्यालयले मिलनसँग सम्पर्कमा रहेका अन्य व्यक्तिमाथि पनि छानबिन हुने बताए ।

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x