×

NMB BANK
NIC ASIA

वर्षे अधिवेशनको पहिलो दिन: खोज्दा-खोज्दै नभेटिएको ‘सहमति’

काठमाडाैं | बैशाख २८, २०८१

NTC
Premier Steels

समस्याग्रस्त सहकारीहरूको रकम अपचलनबारे संसदीय छानबिन समिति गठनका विषयमा सत्तापक्ष र प्रतिपक्षबीच सहमति नहुँदा सङ्घीय संसद्को वर्षे अधिवेशनको पहिलो दिनमै दुवै सदनका कार्यसूची प्रभावित भएका छन् ।

Muktinath Bank

     जनताको सार्वभौम थलोका रूपमा रहेको सङ्घीय संसद्को बजेट अधिवेशनसँग नेपाल सरकारको नीति तथा कार्यक्रम र वार्षिक बजेट प्र्रस्तुतगरी पारित गर्नुपर्ने दायित्व रहेको छ । पहिलो दिनमा झै सहकारीका विषयमा संसदीय छानबिन समिति गठन गर्ने वा नगर्ने भन्नेमा मुख्य दलबीचको मतान्तर कायमै रही घेराउ र नारावाजीमा बैठक सम्पन्न हुनथालेमा ती महत्वपूर्ण कार्यसूचीमाथिको छलफल सहज हुने देखिँदैन । सहकारी र लघुवित्तपीडितका सवालका साथै केही दिनदेखि देशका विभिन्न ठाउँमा भएका आगजनी तथा डढेलोबाट जनधनको क्षति, वातावरण प्रदूषणको असर, राष्ट्रिय गौरवका आयोजनाका कामको गति, सरकारको पूँजीगत खर्चमा कमी, खानेपानी अभाव, अशन्न मनसुनजन्य विपद्को पूर्व तयारी, बजार मूल्य नियन्त्रण र सहज आपूर्ति, अर्थतन्त्रलाई कसरी सुधार गर्नेजस्ता जनताका समसामयिक समस्या ज्यूकात्यूँ छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

     यी विषय मुखररूपमा सदनमा उठाउन सत्तापक्ष र प्रतिपक्षका सांसदलाई सदनका बैठक नियमत चल्नुपर्ने आवश्यकता छ तर एउटै विषयमा लगातार सदन अवरोध हुनु र सहमतिमा पुग्न नसक्नुले जनतामा एक प्रकारको दिक्दारी महसुुस भएको हुनसक्छ । यसले संसदीय व्यवस्था र प्रणालीमाथि समेत निराशा पैदा गर्न सक्ने स्वयम् सांसदहरूको बुझाइ छ । राष्ट्रियसभाको आजको पहिलो बैठकमा जनस्तरका मुद्दामा केन्द्रित हुनुपर्ने भन्दै सत्ता पक्ष नेकपा (एमाले) का नेता देवेन्द्र दाहाल र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाका मन्तव्यका सार पनि यस्तै थिए ।


Advertisment
Nabil box
Kumari

     प्रमुख प्रतिपक्षी कांग्रेसलगायत दलले सहकारी अनियमिताका विषयमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेसमेत जोडिएको भन्दै संसदीय छानबिन समिति गठनको माग गर्दै आएकाले उक्त समिति गठन गर्न सत्तापक्ष तयार नभएसम्म सदन चल्न नदिने अडान राखेपछि पहिलो दिनका कार्यसूची प्रभावित भएका हुन् । यही जेठ १ गते संसद्मा राष्ट्रपतिको सम्बोधनबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने मन्त्रिपरिषद्को निर्णयबमोजिम राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रको व्यहोरा सदनका बैठकमा प्रस्तुत हुनै नपाएकाले नीति तथा कार्यक्रम प्रस्तुत हुने दिन नै परिवर्तन हुने देखिएको छ ।

Vianet communication

     यही वैशाख २ गते हिउँदे अधिवेशन पनि सहकारीकै विषयमा अवरोधका कारण विधेयकहरूमा  पर्याप्त छलफल हुन नपाइ अन्त्य भएको थियो । उक्त विधेयक अधिवेशनको अन्तिम दिन पनि सहकारी अनियमिताका विषयमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने प्रतिपक्षीको माग सम्बोधन नभएपछि अवरोधका बीच समापन भएकाले धेरैले बजेट अधिवेशनमा सहमतिको यात्रा आरम्भ हुने अपेक्षा गरेका थिए तर परिणाम त्यस्तो हुनसकेन । यसबीचमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेले प्रमुख दलका शीर्ष नेता र प्रमुख सचेतकहरूसँग गत्यावरोध अन्त्यका लागि परामर्श गर्नुभएको थियो तर ती प्रयास पनि सार्थक हुनसकेनन् । प्रमुख प्रतिपक्षी दल कांग्रेसको आजको संसदीय दलको बैठकले संसदीय छानबिन समिति गठन कांग्रेसको ‘बटमलाइन’ भएको पुनःस्पष्ट गरेको थियो ।

     सो दलले सहकारीको रकम अपचलन सम्बन्धमा उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेको संलग्नताको आरोप लगाउँदै निष्पक्ष र स्वतन्त्र छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने माग पुनः अघि सारेको थियो । कार्यव्यवस्था परामर्श समितिमा सहमतिको प्रयासका कारण निर्धारित समयभन्दा एक घण्टा ढिलो सुरूभएको प्रतिनिधिसभाको पहिलो बैठकजस्तै दोस्रो बैठक पनि प्रमुख प्रतिपक्षी कांग्रेसको अवरोधका कारण स्थगन भएकोे थियो ।

पहिलो बैठक कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टीका सांसदले विरोध र नारावाजी गरेपछि १५ मिनेटका लागि स्थगन भएको थियो । सभामुख घिमिरेले दोस्रो बैठकको कारवाही आरम्भ गर्नासाथ प्रतिपक्षका सांसद रोष्ट्रम घेराउसहित नारावाजीमा उत्रँदै गर्दा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिए पनि विपक्षीले बाटो छेकेका थिए । सभामुख घिमिरेले आशन ग्रहणगरी उपप्रधानमन्त्री लामिछानेका कुरा सुनेर आफ्ना भनाइ राख्न आग्रहगर्दा पनि विपक्षीले नमानेपछि आजको कार्यसूचीमा रहेका कार्यक्रम सूचीबाट हटाइ बैठक स्थगनको घोषणा गरे ।

     राष्ट्रियसभाको पहिलो बैठकमा वर्षे अधिवेशन आरम्भ भएका अवसरमा दलीय आधारमा सांसदहरूले बोल्नेक्रम पूरा भएको थियो भने प्रतिनिधिसभामा बोल्ने क्रम पनि चल्न सकेन । प्रतिनिधिसभाका सभामुख घिमिरेले र राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालले सम्बन्धित सभाका बैठकमा मुलुकका सामु देखिएका चुनौती र समस्या प्रस्तुत गर्न र जनताप्रति जवाफदेही भएर प्रस्तुत हुन सरकार तथा सांसदलाई गरेको आग्रह कामयावी हुन सकेन ।

     पटक पटकका आग्रहका बीच सदनमा अवरोध र नारावाजी भइरहेपछि बैठक स्थगन गर्न उहाँहरु बाध्य हुनुभयो । सहमतिको बिन्दू खोजेर आगामी बैठक सहजरूपमा सञ्चालनका लागि मुख्य दलका शीर्ष नेताको पहल कुनरूपमा अघि बढ्छ त्यस आधारमा वर्षे अधिवेशनको सार्थकता निहित रहनेछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x