×

NMB BANK
NIC ASIA

कांग्रेसजन, लोकतन्त्र रक्षाका लागि मुख होइन, रुख हेरौं ! (ब्लग)

कात्तिक २०, २०७४

NTC
Premier Steels

संसारमा सबै कुराको एउटा निश्चित समय हुन्छ । सो समयमा सबैले सद्बुद्धि प्रयोग गरेन भने पछि गएर पछुताउनु सिवाय अरु कुनै उपाय हुँदैन । हाम्रो समाजमा एउटा भनाइ छ – सिन्दुर पोतेको महत्व र उपयोग त्यतिखेर मात्र हुन्छ, जतिखेरसम्म लगनको समय हुन्छ । अर्थात लगन पछिको सिन्दुर पोतेको औचित्य हुँदैन ।

ठ्याक्कै यही नियति आइलागेको छ नेपाली राजनीति लोकतन्त्र र नेपाली कांग्रेसका लागि । नेपाली समाजका झण्डै तीन पुस्ताले जन्माएको, हुर्काएको र विकसित गरेको नेपाली कांग्रेस पार्टी र लोकतान्त्रिक व्यवस्थामाथि फेरि अर्को षडयन्त्र रचिँदैछ । वाम गठबन्धन वा कम्युनिष्ट गठबन्धनका नाममा ।

स्वतन्त्रता लोकतन्त्र र मानव अधिकारका लागि हाम्रा हजारौं सपूतहरू मारिएका छन्, काटिएका छन् । हजारौं शहीदहरूको रगतले मुछिएको यो माटो र लोकतान्त्रिक व्यवस्थामाथि फेरि अर्काे खतरा र षड्यन्त्रको तानाबाना बुनिदै छन् । त्यसैले जसरी विभिन्न काल खण्डमा कांग्रेसी जनहरूले लोकतन्त्र बचाउन आ–आफ्नो ठाउँबाट उठेका थुप्रै इतिहासहरू छन् । आज फेरि एकपटक उठनुपर्ने बेला आएको छ ।

नेपाली कांग्रेस, लोकतान्त्रिक व्यवस्था, स्वतन्त्रता र मानव अधिकारप्रति आस्थावानहरू । देश तथा विदेशमा रहेका कांग्रेसी र लोकतन्त्र प्रेमीहरूले सद्बुद्धि लगाउनु पर्ने र सच्चिनुपर्ने बेला आएको छ । कांग्रेसी र कांग्रेसप्रति आस्थावान विभिन्न तह तप्कामा कार्यरत सुभेच्छुक आम नेपाली जनताले विभिन्न कोणबाट संलग्नता जनाउनुपर्ने बेला आएको छ ।

फेरि एक पटक एक मुठ्ठि माटो समातौ

कुनै बेला जननायक बीपी कोइरालाले भन्नु भएको थियो ‘मनमा दुविधा भए एक मुठि माटो समात्नु मनमा जे लाग्छ त्यहि निर्णय गर्नु ।’ आजको समयमा एक मुठि माटो समात्यो भने आम नागरिकमा पनि यहि माटोको सुगन्ध मनपर्ने छ । सयौ वर्ष अगाडि विदेशी र विदेशका लागि प्रतिपादित कम्युनिष्ट सिद्धान्त र कम्युनिष्ट झण्डा भन्दा केहि दशक अगाडि यहि माटोमा र यहि माटोका लागि प्रतिपादित सिद्धान्त राष्ट्रिय लोकतन्त्र समाजवाद र एकता चार तारा अंकित झण्डा र रुख नै उपयुक्त लाग्ने छ ।

मुख होइन रुख हेरौ !

आजको समय र परिस्थितीमा पार्टीले उम्मेदवार टुङ्ग्याउदा सबैभन्दा लोकप्रिय निस्कलंक र सामाजिक सदभाव कायम गर्न सक्ने र जित्न सक्ने उम्मेदवार समयमै छनोट गर्नुपर्नेछ । यति गर्दा पनि पार्टीमा सबैलाई सबै उम्मेदवार मनपर्छ भन्नै पनि हौइन । यसरी यति गर्दा पनि मन परेन भने पनि उसले लोकतन्त्र र रुख सम्झेर उम्मेदवारलाई सहयोग गर्नुपर्छ र उम्मेदवारले पनि उम्मेदवारका आकांक्षी सबैलाई एकठाउँमा ल्याएर सहयोग माग्दै सँगसँगै हिडाउनु पर्नेछ ।

आम काँग्रेसी जनले पनि उम्मेदवारको मुख मन परेन भने पनि या व्यक्ति मन परेन भनेपनि उक्त व्यक्तिलाई पार्टि र रुख सम्झेर भोट मागिदिनु र भोट हालिदिनु पर्छ । किनकी अहिले कुनै अमुख व्यक्ति भन्दा पनि पार्टि जिताउने बेला हो । पार्टी बचे लोकतन्त्र बच्छ, लोकतन्त्र बचे देश बच्छ ।

अरुले पिठो बेचेको हेर्ने होइन, आपूmसँग भएको चामल बेच्ने प्रयत्न गर्ने

यो देशमा जति पनि उपलब्धी भए जति पनि अधिकारहरू प्राप्त भए, जति पनि व्यवस्था परिवर्तन भए र जति पनि आन्दोलन भए सबै नेपाली काँग्रेसको नेतृत्वमा भए चाहे त्यो २००७ को प्रजातन्त्र प्राप्ती होस चाहे पहिलो जनआन्दोलनबाट पञ्चायतको अन्त्य चाहे प्रजातन्त्रको प्राप्ती होस ।

देशमा चलिरहेको दोहोर बन्दुकको आतंकको अन्त्य र शान्तिपूर्ण समाजको निर्माणहोस चाहे २४० वर्ष सम्म चलेको निरंकुश राजतन्त्रको अन्त्य र दोस्रो जनआन्दोलको सफलता पश्चात गनतन्त्रको स्थापना र चाहे संविधान सभाबाट कम्युनिष्टहरूले बनाउन नसकेको संविधानलाई दोस्रो संविधानका सभाका माध्यमबाट संविधान निर्माण या संविधान कार्यान्वयनका लागि वर्षाै देखि हुन नसकिरहेको स्थानिय निकायको निर्वाचन कांग्रेसको सरकारले सम्पन्न गरेको छ ।
लेखक अवस्थी 

अहिले प्रयोगका आएको समानुपातिक समावेशीताको सुरुवात कदमजम (कर्णाली आयोग, दलित आयोग, महिला आयोग, जनजाति आयोग, मधेसि) आयोगका माध्यमबाट समानुपाति समावेशीको अभ्यास गर्दै सम्पूर्ण उपलब्धिको नेतृत्व नेपाली काँग्रेसले गरेको हौ । तर आम जनताका सामु यो हामिले गरेका हो भनेर भन्न सकिरहेका छैनौ भने पनि समाजमा यि उपलब्धीको महत्व बुझाउन सकिहरेका छैनौ अरुले वृद्ध भत्ताका नाममा पिठो बेचिरहेका हेरिरहेको छौ र आपूmसँग भएको चामल बेच्न सकिरहेका छैनौ त्यसैले पिठो बेचेको हेर्नै होइन चामल बेच्ने प्रयत्न गरौ ।

भातृ तथा सुवेच्छुक संगठनको सक्रियता बढाउने

कुनै पनि पार्टि बलियो कमजोर हुने त्यस पार्टिसँग आवद्ध भातृ तथा सुवेच्छुक संगठनको महत्वपूर्ण योगदान रहेको छ । त्यसैले यस निर्वाचनमा लोकतन्त्र र पार्टि बलियो बनाउने हो भने भातृ संगठनलाई जिम्मेवारीका साथ चुनावी मैदानमा खटाउनु पर्छ । जसरी नेपाल महिला संघ, नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ लगायत भातृ तथा सुवेच्छुक संगठनले भुकम्प, बाढि पहिरोको आपतकालिन बेलामा सह्रानिय काम गरेर आम जनताको मन जिते त्यसरी नै अहिले पार्टि र लोकतन्त्र जोगाउनका लागि सम्पूर्ण भातृ तथा सुवेच्छुक संगठन लाग्नु पर्नैछ । कुनै पनि भातृ तथा सुवेच्छुक संगठनका अध्यक्ष तथा पदाधिकारीले चुनावमा उम्मेदवारी नदिइकन पार्टिले तोकेको जिम्मेवारी वहन गर्दै पार्टि र लोकतन्त्र बलियो बनाउनका निम्ति अहोरात्र खट्नु पर्नेछ र मातहतका निकायलाई क्रियाशिल गराउनु पर्नेछ ।

बौद्धिक समाजको सहयोग लिने

कुनै पनि देशमा बौद्धिकता कला साहित्य संस्कृति बाच्ने भनेको नै लोकतन्त्र र स्वतन्त्रामा हो । त्यसैले बौद्धिक जमातले पनि लोकतन्त्र र स्वतन्त्रतालाई बचाउन र जर्गेना गर्न चाहिरहेका हुन्छन त्यसैले चुनावमा होमिदा कसरी होमिने भनेर समाजमा रहेका प्राध्यापक, साहित्यकार, संस्कृतिकर्मी, विभिन्न पेशा अंगालीएका बौद्धिक व्यक्तिहरूसँग सहयोग मागेर चुनावमा होमिनु पर्छ । समाजमा लोकतन्त्र स्वतन्त्रता र समाज विकासका लागि उनिहरूलाई सम्मान जनक उपयोग गर्नुपर्छ ।

सञ्चार सामाजिक सञ्जालको सदुपयोग

हिजोका दिनमा गाउँ गाउँमा माइक बोकेर सम्पूर्ण मतादातालाई भोट माग्ने चलन थियो । तर त्यो क्रियाकलाप केहि मात्रामा सामाजिक सञ्जालका कारण सहज भएको छ । त्यसैले हामिले अनुशासित ढंगबाट सामाजिक सञ्जालको प्रयोग गर्नुपर्नै हुन्छ । हामिले अनुशासित ढंगबाट सामाजिक सञ्जाल प्रयोग गर्न नसक्दा या पूर्वाग्रही ढंगले सामाजिक सञ्जाल प्रयोग गर्दा स्थानिय निकायमा केहि घाटा ब्यहोनु पर्याे । आफ्नै पार्टि, पार्टि सभापति, पार्टिका पदाधिकारी माथि गाली गलौज असभ्य शब्द प्रयौग गर्दा कैहि मात्रामा नकरात्मक असर पर्न गयौ ।

पार्टिलै घाटा व्यहौर्नु पर्याे त्यसैले आजका दिनमा त्यो गल्ती नगरौ अनुशासित तरिकाले सामाजिक सञ्जाल प्रयोग गर्दै पार्टि र पार्टिपद्धतीलाई सहयौग गरौ र पार्टि सिद्धान्त र लौकतन्त्र प्रति आस्थावान सञ्चार माध्यम सञ्चार कर्मी सम्पूर्णको पहिचान गरि आम नागरिकलाई लौकतन्त्र र लौकतान्त्रीक व्यवस्था अवगत गराउने कम्युनिष्ट शासन भएका मुलुक चिन, उत्तर कोरियामा लगायत कम्युनिष्ट मुलुकहरूमा मानव अधिकार र स्वतन्त्रताको अवस्थाबारे जानकारी गराउन सञ्चार माध्यमलाई हार्दिकताका साथ सहयोग माग्ने र उपयोग गर्ने ।

अन्तमा, सम्पूर्ण लोकतन्त्र प्रेमी नेपाली काँग्रेस प्रति आस्थावान आम कार्यकर्ता, नेता र सुवेच्छुक समाजले आपसी बैमनश्यतालाई अन्त गर्दै हार्दिकताका साथ एक भएर अगाडि बढनै हो भने आज पनि नेपाली समाजमा लोकतन्त्र र नेपाली काँग्रेसलाई हराउने तागत कोहिसँग छैन । त्यसैले नेपाली काँग्रेस र लोकतन्त्र बचाउनका निम्ति एक आपसमा मिल्नुको विकल्प छैन । समुहगत राजनिती आन्तरिक प्रतिस्पर्धा, आन्तरिक चुनाव वा पार्टि महादिवेशन गरौला अहिले हातमा हात मिलाएर अघि बढदै अन्तरघाट होइन अन्तर मन मिलाएर सँगसगै जानुको विकल्प छैन ।

(लेखक कांग्रेस कार्यकर्ता हुन्)

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x