×

NIC ASIA

उम्मेदवारी फिर्ता लिने सम्भावना न्यून छ, छलफल हुँदैछः कोमल ओली

कात्तिक २०, २०७४

Prabhu Bank
NTC
Premier Steels

काठमाडौं, १९ कार्तिक – राप्रपा नेपाल छाडेर एमाले प्रवेश गरेकी कोमल ओलीले दाङ क्षेत्र नम्बर ३ बाट उम्मेदवारी फिर्ता लिने कि नलिने भन्ने अन्योलमा रहेको बताएकी छिन् । पहिले टिकट दिने भन्ने पक्का भएर आफूले तयारी गरिसकेपछि एमाले पार्टीले अरुलाई नै टिकट दिएको ओलीले बताइन् ।

एमालेले स्थानीय सुन व्यवसायी हिराचन्द्र केसीलाई पार्टीको टिकट दिएको छ ।

पहिले आफूले प्रत्यक्षबाट चुनाव लड्नेमा पक्का भइसकेकाले स्थानीय महिला, युवा तथा गाउँलेबीच सहकार्य र प्रचार गरिसकेकाले अहिले आफूलाई उम्मेदवारी फिर्ता लिन असहज भएको ओलीले बताइन् । ‘कार्यकर्तासँग छलफलमा छु, चुनावी तयारी गरिसकेकाले उम्मेदवारी फिर्ता लिने सम्भावना न्यून छ, आज एक बजेसम्म पार्टीलाई निर्णय दिनुपर्ने छ’, ओलीले लोकान्तरसँगको फोन वार्तामा भनिन् ।

गायिका तथा सञ्चारकर्मीसमेत रहेकी ओलीले आफूले चुनाव जित्ने सम्भावना रहेको र अहिले पनि साठी प्रतिशत साथीहरुले उम्मेदवारी फिर्ता नलिन आग्रह बताइन् ।

उता एमाले भने कोमल ओलीले उम्मेदवारी फिर्ता लिएर पार्टीलाई सघाउनेमा विश्वस्त देखिएको स्रोतले बताएको छ ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x