×

NMB BANK
NIC ASIA

ट्राफिक प्रहरीको पीडा– ‘डाक्टरले १० वर्ष आयु घट्यो भन्छन्’ [भिडियो रिपोर्ट]

पुस २५, २०७४

NTC
Premier Steels

काठमाडौं पौष २४–  मेलम्ची खानेपानीको पाइपलाइन र सडक विस्तारका लागि राजधानीका सडक खन्न थालिएको धेरै वर्ष भयो । अहिले पनि ललितपुर, काठमाडौंका विभिन्न क्षेत्रमा मेलम्ची खानेपानीको पाइपका लागि खनिएका सडक कालोपत्रे गर्ने काम भएको छैन । 

Muktinath Bank

उच्च सवारी चाप रहने मुख्य सडकहरुमै पाइप लाइन र पानी लिकेज चेकका लागि भन्दै खनिएका सडकलाई त्यतिकै छोड्दा उड्ने धुवाले राजधानी धुलै धुलोको केन्द्र बनेको छ । जसका कारण राजधानी बस्नका लागी नै जोखिमपूर्ण बन्दै गएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND


Advertisment
Nabil box
Kumari

कलंकी-कोटेश्वर सडक खण्ड, चावहिल-जोरपाटी सडकखण्ड र थानकाेट–कलंकी सडक खण्डको अवस्था त विकराल नै छ । सवारी चाप अत्याधिक हुने समयमा ती क्षेत्रहरु धुलोका कारण कुइरीमण्डल बन्ने गरेको छ । 
जसका कारण पैदल यात्रुदेखि त्यसक्षेत्रमा बसोबास गर्नेको अवस्था धुलोका कारण गम्भीर बनेको छ । 

Vianet communication

त्यसमध्ये सवैभन्दा धेरै मारमा सडकमा आठ घण्टा डिउटी गर्ने ट्राफिक प्रहरी पर्ने गरेका छन् । 

धुलोधुवाँ र अस्तव्यत सडकको बीचमा दिनभर सवारी व्यबस्थापनका लागि ट्राफिक प्रहरीहरु खटिएका हुन्छन् । धुलोधुवाबाट वच्नका लागि सामान्यतया माक्स, स्कार्फ, चस्माको प्रयोग हुन्छ । तर ट्राफिक प्रहरीलाई भने माक्स लगाएर पुग्दैन । यसरी सवारी व्यबस्थापनमा खटिएका ट्राफिक प्रहरीको स्वास्थ्यको बारेमा कुनै निकायलाई चासो छैन । 

२७ वर्षदेखि प्रहरीको जागिर खाएर पछिल्लो समय कुशल ट्राफिक प्रहरीको पहिचान बनाएका ललितपुरका ट्राफिक प्रहरी प्रमुख सिताराम हाछेथु सडकमा खटिने प्रहरीको स्वस्थ्यमा निकै गम्भिर समस्या भएको बताउँछन् । धुलो नियन्त्रणमा राज्यका निकायले काम नगर्दा मारमा ट्राफिक प्रहरी परेको उनले गुनासो गरे । 

पछिल्लो समय आँखा जोगाउन भनेर चस्मा ल्याए पनि यसले खासै प्रभाव नपारेकाे बताउँछन हाछेथु । ललिपुर जिल्लामा मात्र धुलो र धुँवाले गर्दा औषतमा दैनिक २ जना ट्राफिक बिरामी हुने गरेको बताए उनले । ‘अस्पतालमा जचाँउन जादाँ डाक्टरले तपाईहरुको आयु धुलो र धुवाले गर्दा १० बर्ष कम हुन्छ भन्छन्’ हाछुथुले लोकान्तरसँग भने । 

ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता उमेश रन्जितकारका अनुसार काठमाडौं उपत्यकामा भएका करिब १४ सय ट्राफिक प्रहरी सबैलाई आँखा र छातीको सुरक्षाका लागि चस्मा र मास्क वितरण गरिएको बताउँछन् । तर पनि दिनानुदिनको प्रदुषणले गर्दा त्यसले राम्रो प्रभाव पार्न सकेको छैन ।

सिंहदरबारको गेट अगाडि ड्युटी गरिरहेका ट्राफिक प्रहरी विनोद ज्ञवाली दिनभर धुलोधुवाँमा काम गरेर बेलुका घर जाँदा आँखा विझाउने, छाति दुख्ने समस्या देखिने गरेको बताउँछन् । 

उस्तै भनाइ छ, कलंकीमा बस्ने ट्राफिक प्रहरी हरि चौधरीको पनि । ‘विहान सफा चट भएर आयो बेलुकि घर जाँदा आफैले आफूलाई नचिन्ने अवस्था हुन्छ । घाँटिको समस्या पनि उत्तिकै हुन्छ’ उनले लोकान्तरसँग भने । 

के भन्छन् डाक्टर ?

धुलोले गर्दा आँखा पोल्ने चिलाउने, रातो हुने जस्ता समस्या देखिने बताउँछन् तिलगंगा आँखा अस्पताका प्रमुख नेत्र विशेषज्ञ डा.रोहित सैंजु । प्रहरी मात्र नभएर सडकमा पैदल हिड्ने र मोटर साइकलमा यात्रा गर्नेहरुको आखामा पनि धुलोले धेरै नै समस्या पारेको डा सैंजुले लोकान्तरलाई बताए । 

मुटु रोग विशेषज्ञ डा. रन्जित शर्मा धुलोका कारण फोक्सो र मटुमा समेत  समस्या आउने बताउँछन् । ‘धुलोधुवाँले गर्दा मुटु र फोक्सोमा हुने रगत प्रवाहमा निकै समस्या आउँछ, स्वासप्रश्वसमा पनि उत्तिकै समस्या देखा पर्छ, साथै फोक्सो विग्रने, दम हुने, हार्ट अट्याक हुने र कालन्तरमा क्यान्सको पनि खतरा हुनसक्छ’ उनले लोकान्तरसँग भने ।  

राजधानीमा उच्च ओहोदाका व्यक्तिदेखि सर्वसाधारणलाई गन्तव्यमा पुग्न मद्दत गर्र्ने ट्राफिक प्रहरीको स्वस्थ्यको ख्याल गर्नु राज्यको दायित्व हो । देशको राजधानी शहरमा देखिएको धुलो र धुवाले राज्यको निरिहता प्रकट गरेको मात्र होइन, नागरिकलाई अस्वस्थ र रोगी बनाउँदै लगेको छ । यसतर्फ सम्बन्धित निकायको ध्यान कहिले पुग्ला ?


 

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ २७, २०८०

सुन तस्करी सम्बन्धमा कर्मचारीमाथि धरपकड शुरू गरिएको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका कर्मचारीले काम ठप्प पारेका छन् । साउन २ गते समातिएको ६० किलो सुन तस्करीको अनुसन्धानका क्रममा भन्सारका क...

साउन ७, २०७९

लगनखेल बसपार्क नजिकको पाटन अस्पताल छेउमा रहेको कर्मचारी सञ्चय कोष भवनको चौथो तल्लामा अवस्थित ‘रुट केनल सेन्टर’मा पुग्दा अनौठो दृश्य देखियो । एक व्यक्ति दाँत दुखेर उपचार गराउन आएका थिए । उनको सा...

कात्तिक ३, २०८०

ललितपुर महानगरपालिकाको खोकनामा शुक्रवार सिकाली जात्रा मनाइएको छ। जात्रामा विभिन्न बाजागाजासहित नेवारी संस्कृतिमा स्थानीयको बाक्लो उपस्थिति रहेको थियो।  स्थानीय बासिन्दा जगतबहादुर डङ्गोलका अनुस...

असार ५, २०७८

मेलम्ची बजारभन्दा २ किलोमिटर माथि टिम्बु हल्देमा रहेको हेलम्बु ट्राउट रिसर्च सेन्टरमा सञ्चालक ज्ञानेन्द्र कक्षपति र मेलम्ची नगरपालिका–११ बिसमुरेका नारायण चालिसेसहित १५ जना कामदार ट्राउट माछा ठूलो खोलाबाट सा...

मंसिर २, २०७५

काठमाडौं – कमलादिको गणेश मन्दिर छेउमै जमराको जुस बनाउँदै थिइन् डोल्मा गुरुङ । गोरखाकी डोल्माको दिनचर्या जमराको जुस बनाउँदैमा बित्छ । त्यसबाट उनले दैनिक १४–१५ सय रुपैयाँ कमाउँछिन् । बिहान ५ बजे...

असार ५, २०७८

कोरोनाभाइरस (कोभिड १९) को महामारीले देश आक्रान्त छ । कोरोनाको दोस्रो लहर अझै घातक रूपमा फैलिँदा सयौंले ज्यान गुमाएका छन् । हजारौं संक्रमित भएका छन् । बीचमा त अवस्था यस्तो पनि आयो, अस्पतालमा बेड नपाएरै ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x