×

NMB BANK
NIC ASIA

भारतीय विमान अनुमतिबिनै नेपालको विमानस्थलमा यात्रुको सुरक्षाजाँच गर्दै

कात्तिक २०, २०७४

NTC
Premier Steels
काठमाडौं, १२ माघ – छिमेकी मुलुक भारतका विमानहरूले विना अनुमति नेपालको अन्तर्राष्ट्रिय विमानस्थलमा आफ्नै सुरक्षाकर्मी राखेर यात्रुहरूको सुरक्षा जाँच गर्ने गरेको खुल्न आएको छ । खासगरी पाँच वर्षयता आधिकारिक र व्यवस्थित रूपमै इन्डियन एयरलाइन्सहरूले उसका स्काई मार्सल मार्फत नेपालको विमानस्थल प्रयोग गरेर भारत जाने यात्रुहरूको जाँचपड्ताल गर्ने गरेको पाइएको हो । p>नेपालको अन्तर्राष्ट्रिय विमानस्थलबाट इन्डियन एयरलाइन्सहरू प्रयोग गरेर भारत जाने यात्रुले विमान चढ्नुअघि तीनवटा सुरक्षा घेरा पार गर्नुपर्ने बाध्यता छ । बाकस जस्तै देखिने (हेरौं तस्वीर) ती सुरक्षा घेरामा यात्रुहरूको चेकजाँच हुन्छ र त्यस्तो कार्यमा इन्डियन एयरलाइन्सकै स्काई मार्सलहरू संलग्न हुन्छन् । त्यस्ता सुरक्षा घेरा नेपाल सरकारको अनुमतिविनै राखिएको नेपाली सरकारी अधिकारीहरूले बताएका छन् ।

गृहमन्त्रालयका सहायक प्रवक्ता उद्धव थापाले अहिलेसम्म कुनै पनि विदेशी एयरलाइन्सले विमानस्थलमा आफ्नै स्काई मार्सल मार्फत छुट्टै सुरक्षा संयन्त्र खडा गरी चेकजाँच गर्न नेपाल सरकारबाट अनुमति नलिएको लोकान्तरलाई जानकारी दिए ।

Muktinath Bank

‘विगतदेखि अहिलेसम्मको कुनै पनि अभिलेख अनुसार कुनै पनि विदेशी एयरलाइन्सलाई चेक गर्न पाउने अधिकारको अनुमति दिइएको छैन,’ उनले भने, ‘कसैले राखेको भए त्यस्तो गर्न दिने, नदिने काम नागरिक उड्डयन प्राधिकरणले गर्नुपर्छ ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

२०५६ सालमा काठमाडौंबाट दिल्ली उडेको इन्डियन एयरलाइन्स अपहरणमा परेपछि भारतीय अधिकारीहरूले नेपाली सुरक्षा व्यवस्थाप्रति गम्भीर उठाएपछि भारतीय विमानहरूले त्रिभुवन विमानस्थलमा आफ्नो छुट्टै सुरक्षा जाँचको संयन्त्र खडा गर्दै आएका थिए । तर हालैका वर्षहरूमा त्यस्तो काम भारतीय विमानहरूले आधिकारिक रूपमै गरिरहेका छन् ।


Advertisment
Nabil box
Kumari

उनीहरूले त्रिभुवन विमानस्थलमा नेपाली सुरक्षा जाँचपछि विमानमा चढ्न योग्य ठहरिएका यात्रुको पुनः आफ्नै संयन्त्रबाट सुरक्षा जाँच गर्ने गर्छन् । एयर इन्डिया लगायतका भारतीय विमानहरूले लामो समयदेखि जहाजको भ–याङमै यात्रुहरू जहाजभित्र चढ्नुअघि स्काई मार्सल राखेर चेकजाँच गर्ने गरेका छन् ।

Vianet communication

नागरिक उड्डयन सुरक्षण नियमावलीले गृह मन्त्रालयको स्वीकृति लिएपछि मात्रै विमानस्थलमा पुनः सुरक्षा जाँच गर्न पाउने व्यवस्था गरेको भएपनि उनीहरूले अनुमति नै नलिई विमानस्थलमा यस्तो जाँच गर्ने गरेको पाइएको हो ।

भारतीय विमानहरूले गर्ने यस्तो प्रक्रियाको धेरै पहिलेदेखि विरोध भइरहेको छ । तर त्रिभुवन विमानस्थलका प्रवक्ता पे्रेमनाथ ठाकुर भारतीय विमानहरूले गर्ने उक्त सुरक्षा जाँचलाई ‘सामान्य’ जाँचको रूपमा लिनुपर्ने बताउँछन् ।‘यात्रुलाई थप सुरक्षित महसूस गराउनका लागि उनीहरूले जाँच गर्छन् भने हाम्रो आपत्तिको विषय होइन,’ उनले भने, ‘भारतीय विमानहरूले सामान्य जाँच गर्छन् । तर विमानस्थलमा स्काई मार्शल राख्न भने हामीले दिएका छैनौं ।’

उनले स्काई मार्शल राख्न नदिएको बताएपनि एयर इन्डियाले अहिले पनि विमानस्थलमा आफ्नो जहाज उड्नुअघि भ–याङमा स्काई मार्सल मार्फत यात्रुहरूको चेकजाँच गर्छ । यसरी उड्डयन प्राधिकरण मातहतको विमानस्थलले उनीहरूलाई जानाजान पुनः यात्रुको जाँच गर्न दिएपछि लामो समयदेखि त्यसको विरोध भइरहेको छ । तर उक्त प्रक्रिया रोकिएको छैन ।

यसरी भारतीय विमानहरूले नेपालको विमानस्थलमा गरिरहेको सुरक्षा जाँचलाई सुरक्षा विज्ञहरूले नेपाली सुरक्षाप्रति भारतको अविश्वासका रूपमा टिप्पणी गरेका छन् ।  उनीहरूका अनुसार एयरपोर्टमा भारतले राख्नेगरेको स्काई मार्सलले नेपालको सुरक्षा व्यवस्थाको विश्वस्नीयतालाई चुनौती दिएको छ ।

‘भारतले मात्रै होइन अघिल्लो वर्ष अमेरिकाको स्टेट डिपार्टमेन्ट (विदेश मन्त्रालय) ले पनि नेपालको विमानस्थलको सुरक्षा व्यवस्था कमजोर भएको बताएको थियो,’ नेपाली सुरक्षाविज्ञ गेजा शर्मा वाग्लेले लोकान्तरसँग भने, ‘चासो राख्नु स्वाभाविक हो तर उनीहरूले नेपालको सुरक्षा प्रणालीलाई स्वीकार गर्नुपर्छ ।’

वाग्लेले मित्रराष्ट्रहरूले सुरक्षा प्रणाली बलियो बनाउन रचनात्मक भूमिका खेल्न सक्ने भएपनि विमानस्थलमै स्काई मार्शल राख्नु चाहिँ गलत भएको बताए ।  कतिपय अफ्रिकी देशमा विदेशी विमानहरूले स्काई मार्शल राख्ने गरेको भएपनि नेपालको सुरक्षा अवस्था त्यो स्तरको कमजोर नभएको वाग्लेको भनाई छ ।

विश्वका धेरै देशहरूले नेपालको विमानस्थलको सुरक्षामा आफूहरूको ध्यान आकृष्ट भएको जनाउँदै आएका छन् । सुरक्षाविद् वाग्लेले नेपालको सुरक्षा कमजोर भएपनि मित्र राष्ट्रहरूले स्वीकार गर्नुपर्ने बताए ।

तालुक निकाय संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उक्त विषयमा अहिलेसम्म पनि छलफल नचलाएको पाइएको छ । पर्यटन मन्त्रालयका एक सहसचिवले अहिलेसम्म भारतीय विमानहरुले नेपालको विमानस्थलमा उसका स्काई मार्शल मार्फत यात्रुको सुरक्षा जाँच गर्ने विषयमा सैद्धान्तिक छलफल समेत नभएको बताए ।

‘उनीहरूले गरेको जाँचले हामीलाई केही असर नपर्ने भएर होला,’ उनको दाबी छ, ‘अहिलेसम्म मन्त्रालयमा छलफल समेत भएको छैन । भारतीय विमानहरूले यात्रुहरुको दोस्रोपटक जाँच गरिरहेको विषय चाहिँ सत्य हो ।’ भारतबाहेक अरू कुनै पनि देशका विमानहरूले त्रिभुवन विमानस्थलमा यात्रुको दोस्रोपटक सुरक्षा जाँच गर्दैनन् ।

विभिन्न मुलुकहरूले नेपालको सुरक्षामा चासो देखाइरहेको भएपनि नेपालले अहिलेसम्म विमानस्थलको आफ्नो सुरक्षालाई मजबुत गराउन ठोस पहल नगरेको आरोप खेपिरहेको छ । सुरक्षाविद्हरूका अनुसार नेपालले विमानस्थलको सुरक्षालाई बलियो बनाउने र भारतीय विमानहरूले गर्दै आइरहेको दोहोरो सुरक्षा जाँच प्रक्रिया हटाउने काम एकैपटक गरिनुपर्ने बताएका छन् । 

तस्वीर स्रोत : सौरभज्योती

पहिलो पटक प्रकाशित  मिति :- २०७३ मंसिर ३ गते

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

धनुषाको शहीदनगर नगरपालिकाका तत्कालीन शिक्षा संयोजक धनेश्वर यादवले झण्डै २ करोड पेस्की लिएर विभिन्न कार्यक्रमका नाममा नक्कली बिल भर्पाइ पेस गरि अनियमितता गरेको पाइएको छ । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका...

चैत ७, २०८०

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अनियमितता प्रकरणमा समेत अर्थमन्त्री वर्षमान पुनको भूमिका शंकास्पद देखिएको छ । २०६८ सालमा अर्थमन्त्री रहेका बेला पुनले प्रचलित कानून, विधि र मापदण्डविपरीत विमानस्थल ...

मंसिर ५, २०८०

संसदीय लोकतन्त्रलाई आदर्श मान्ने नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवादेखि नयाँ दलको रूपमा उदाएको रास्वपाका सांसद स्वर्णिम वाग्ले तथा शिशिर खनालसम्मले महिनामा एकदिन पनि हाजिरी नग...

मंसिर २०, २०८०

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)का प्रिन्सिपल रामकैलाश बिछाको स्नातकोत्तरको शैक्षिक प्रमाणपत्र नक्कली रहेको आरोप त्यहाँ कार्यरत शिक्षकहरूले लगाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्...

माघ २४, २०८०

काठमाडौं महानगरपालिका वडा नम्बर– ३ बाँसबारीमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रनजिकै सञ्चालनमा छ, द चाँदबाग स्कूल । विनोद चौधरी नेतृत्वको सीजी ग्रुपअन्तर्गत सीजी एजुकेसनले सञ्चालन गरेको उक्त स्कू...

पुस २०, २०८०

मकवानपुरको साबिक हर्नामाडी गाविसका रुद्रप्रसाद खतिवडाले २०८० साल कात्तिक २३ गते यातायात कार्यालय चितवनबाट 'ए' र 'बी' वर्ग (मोटरसाइकल, स्कूटर कार, जीप, भ्यान)को लाइसेन्स नवीकरण गराएका छन्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x