×

NMB BANK
NIC ASIA

स्थानीय तहमा हुने भ्रष्टाचारको नमूना

नगरका शिक्षा संयोजकले पेस्कीमै बुझे झण्डै २ करोड, मासु पसलबाट खानाको बिल, प्राय: कागज फर्जी

काठमाडाैं | मंसिर १५, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

धनुषाको शहीदनगर नगरपालिकाका तत्कालीन शिक्षा संयोजक धनेश्वर यादवले झण्डै २ करोड पेस्की लिएर विभिन्न कार्यक्रमका नाममा नक्कली बिल भर्पाइ पेस गरि अनियमितता गरेको पाइएको छ ।

Muktinath Bank

धनुषाको लक्ष्मीनियाँ गाउँपालिकाको मावि कुम्हरौडामा शिक्षकको दरबन्दीमा रहेका यादव शहीद नगरपालिकामा स्रोत व्यक्ति बनेर गई शिक्षा संयोजकका रूपमा काम गर्दा ठूलो रकम हिनामिना गरेको पाइएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राष्ट्रिय सतर्कता केन्द्रले स्थलगत छानबिन तथा विभिन्न कागजात अध्ययन गर्दा अनियमितता पुष्टि भएको छ ।


Advertisment
Nabil box
Kumari

गम्भीर अनियमितता गरेको भेटिएपछि केन्द्रले थप छानबिन तथा कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रतिवेदनसहितको सक्कल फाइल पठाएको छ ।

Vianet communication
Laxmi Bank

आर्थिक वर्ष २०७६/०७७ र २०७७/०७८ मा शिक्षा संयोजकको रूपमा विभिन्न कार्यक्रम गर्ने भनी आफ्नै नाममा पेस्की लिएर यादवले अनियमितता गरेका हुन् ।

यहाँसम्म कि अवैध रूपमा आर्जन गरेको त्यही सम्पत्तिबाट यादवले जनकपुरको थापाचोकमै दुई ठाउँमा आलिसान महल समेत ठड्याएका छन् । यादव अहिले मावि महुलियामा शिक्षकको रूपमा कार्यरत छन् ।

आर्थिक वर्ष २०७६/०७७ मा यादवले ६० लाख ९७ हजार ८ रुपैयाँ पेस्की लिएकोमा फर्छ्यौट नगरेको केन्द्रको छानबिनबाट पाइएको छ ।

२०७६  चैत ३० गते  शैक्षिक कार्यक्रम खर्च (अतिरिक्त क्रियाकलाप) भनेर ९ लाख रुपैयाँ, कम्प्युटर तालिम (शिक्षा विकास कार्यक्रम)बापत ३ लाख रुपैयाँ, विषयगत तालिमबापत १२ लाख रुपैयाँ, डीआरआर तालिमबापत १ लाख ५० हजार रुपैयाँ यादवले पेस्की बुझेका छन् ।

उनले सोही मिति चैत ३० गते ईआईएमएस तालिमबापत २ लाख रुपैयाँ, शिक्षक अभिभावक अभिमुखीकरण कार्यक्रमबापत २ लाख रुपैयाँ, गुणात्मक शिक्षासम्बन्धी अन्तरक्रियाका लागि भनेर ५० हजार रुपैयाँ पेस्की बुझेका छन् ।

त्यसैगरी चैत ३० गते नै अर्को अभिमुखीकरण तालिमका लागि १ लाख रुपैयाँ, शिक्षा विकासका लागि ३ लाख रुपैयाँ र अन्य विभिन्न कार्यक्रमका लागि २०७७ जेठ २६ गते १४ लाख, कार्यक्रम र मिति नखुलेको शीर्षकमा एकपटक ६ लाख रुपैयाँ र अर्को पटक ९७ हजार ८ रुपैयाँ गरी कुल ६० लाख ९७ हजार ८ रुपैयाँ बुझेका छन् ।

यादवले बुझेका ती पेस्की रकममध्ये विभिन्न मितिमा गरी ८ लाख रुपैयाँ नगरपालिकाको खातामा फिर्ता गरेका छन् ।

आर्थिक वर्ष २०७७/०७८ मा समेत लाखौं पेस्की, नक्कली बिल भर्पाइ पेस

२०७८ जेठ २६ गते यादवले जीवन स्वास्थ्यशैली कार्यक्रम र कोभिड १९ मनोसामाजिक परामर्शबापत ४ लाख रुपैयाँ भुक्तानी लिएका थिए । ती कार्यक्रमहरू सञ्चालनका लागि निजलाई दिइएको कार्यादेश , बिल भर्पाइको तेरिज आदि नखुलेको, साथै भुक्तानी पाऊँ भनी दिएको निवेदनमा मिति समेत उल्लेख नभएको राष्ट्रिय सतर्कता केन्द्रको छानबिन प्रतिवेदनमा उल्लेख छ ।

कोभिड- १९ को समयमा मनोपरामर्शसम्बन्धी कार्यक्रम सञ्चालनका लागि २ लाख रुपैयाँ पेस्की लिएको भ्याट रकमको सीमाभन्दा बढी रकममा भ्याट बिल नकाटेको, धेरै दिनको बिल एकपटक काटेको छानबिनबाट खुलेको छ ।

अस्वाभाविक मूल्य राखी कार्यक्रम भएको लामो समयपश्चात ठूलो रकम प्यान बिलमार्फत काटेको तथा एउटै भौचरबाट गरिएको भुक्तानीमा विभिन्न मितिमा सञ्चालन भएका भनिएका कार्यक्रमको एउटै बिल भर्पाइ पेस गरेको पाइएको छ ।  जस्तै, दिनेश वैष्णव होटलको बिल नम्बर १५१ बाट २०७८ वैशाख २९ को ६३ हजार रुपैयाँको बिल विभिन्न मिति (२०७७ भदौ ६ गते, भदौ २६ गते, फागुन १९ गते र २०७८ वैशाख २६ गते) सम्पन्न ४ वटा कार्यक्रमका लागि एउटै बिल बनाई पेस गरिएको तथ्य छानबिनबाट पाइएको छ ।

विभिन्न मितिका कार्यक्रमको एउटै बिल भर्पाइ पेस भएको देखिएकाले ती कार्यक्रम सञ्चालन भएको भन्नेमा विश्वस्त हुने आधार नदेखिएको प्रतिवेदनमा उल्लेख छ ।

२०७७ भदौमा भएको भनिएको खर्चका लागि होटलले २०७८ वैशाख २९ मा बिल जारी गर्नुले पनि अनियमितता देखिने केन्द्रको प्रतिवेदनमा उल्लेख छ ।

'ठूलो रकम भुक्तानी पाउनुपर्ने होटलहरूलाई उनीहरूकै खातामा रकम भुक्तानी गरिनुपर्नेमा शिक्षा संयोजक धनेश्वर यादव स्वयंले भुक्तानी लिएको देखिएकाले सो खर्चमा अनियमितता भएको छैन भन्ने आधार देखिएन,' केन्द्रको छानबिन प्रतिवेदनमा उल्लेख छ ।

थापा जनरल अर्डर सप्लायर्स (स्थायी लेखा नम्बर ६०१४१५४५८) को मिति नलेखिएको बिल नम्बर ३२ को बिलबाट ६ हजार रुपैयाँ भुक्तानी भएको देखिएको तथ्य छानबिनबाट फेला परेको छ ।

२०७७ फागुन १४-१५ गते सञ्चालित कोभिड १९ मनोसामाजिक परामर्श कार्यक्रममा यातायात खर्च बापत दिइएको भनिएको खर्च बुझेका ३६ जनाले प्रतिदिन ५ सय रुपैयाँको दरले जम्मा ३६ हजार रुपैयाँको भर्पाइमा बुझ्ने व्यक्तिको सही छाप शंकास्पद देखिएको प्रतिवेदनमा उल्लेख छ । २०७७ फागुन १५ गते सोही कार्यक्रममा चियानास्ताबापत स्टार होटलको बिल नम्बर ६५ बाट ४४ हजार रुपैयाँको प्यान बिल काटिएको छ ।

स्वीकृत नर्म्सविना तजबिजीरूपमा यादवले २०७८ असार २० गते विभिन्न ४ वटा कार्यक्रमका लागि भन्दै ७ लाख रुपैयाँ खर्च गरेका छन् ।

कार्यक्रममा सहभागीहरूका लागि आतेजातेबापत दैनिक ५ सय रुपैयाँका दरले उपलब्ध गराइएको पाइएको छ । उक्त कार्यक्रममा भएका प्रस्तुतीकरणको विवरण संलग्न नभएको, केबल बैठक भत्ता र खाजा खानामा सम्पूर्ण रकम सकाइएको कुरा छानबिन प्रतिवेदनमा उल्लेख छ ।

कार्यक्रमको प्रभावकरिता र उपलब्धि मूल्यांकन नभएको, प्रतिसेसन केबल २० जना मात्र सहभागी गराई कार्यक्रम लम्ब्याउने प्रपञ्च मात्र रचेको स्पष्ट देखिएको, सबै कार्यक्रम बिहानको समयमा सम्पन्न भएको देखाई अनावश्यक रूपमा भत्ता बुझेको, सबै कार्यक्रममा एकै प्रकारको खर्च भएको, एउटै भौचरबाट खर्च गरिएका विभिन्न मितिका कार्यक्रमहरूको एउटै बिल भर्पाइ पेस गरेको देखिएको प्रतिवेदनमा उल्लेख छ ।

त्यसबाहेक कार्यक्रमका लागि भनी अस्वाभाविक फर्मबाट बिल जारी गरिएको पाइएको छ । जस्तै, न्यु चौधरी मिट हाउस (प्यान नम्बर ३०१३०८१११) लाई मिति २०७८ असार १ मा जारी बिल नम्बर २१ बाट चिया, नास्ता, खानाबापत २० हजार रुपैयाँ र २०७८ असार ५ मा जारी बिल नम्बर २५ बाट चिया, नास्ता, खाना र पानीबापत १६ हजार रुपैयाँ भुक्तानी भएको देखिएको छ ।

'उक्त मिट हाउसका सञ्चालक बिनोद चौधरीको फोन नम्बर ९८०७६८२९२९ मा छानबीन टोलीले सम्पर्क गरी बुझ्दा निजको मासुपसलमा चिया नास्ता एवं खानाखाजा नपाउने भनी जवाफ दिएकाले सो बिल भर्पाइ फर्जी भएको स्पष्ट हुन्छ,' छानबिन प्रतिवेदनमा उल्लेख छ ।

यातायात खर्चबापत रकम बुझेको भर्पाइ नभएता पनि सो रकम खर्च भनी भुक्तानी माग गरिएको, प्रायः होटललगायतका सबै बिलमा एउटै व्यक्तिको ह्यान्डराइटिङ रहेको, उपस्थित शिक्षक र अभिभावकको ठेगाना स्पष्ट नभएको, सबै बिल भर्पाइको एउटै दर रेट रहेको र कार्यक्रममा तोकिएको सम्पूर्ण रकम खर्च भएको देखाइएको छ ।

संयोजक र प्रशिक्षकलगायतलाई दिने पारिश्रमिकको स्विकृत नर्म्स  नभएको पनि उल्लेख छ । साथै बिलमा पनि प्रशस्तै कैफियत भेटिएको छ । 'पछिल्लो नम्बरको बिल अघिल्लो मितिमा काटेको देखिएकाले उक्त बिल भर्पाइ फर्जी पेस गरिएको स्पष्ट हुन्छ । साथै ५५६ नम्बरको बिलमा विक्रेताको हस्ताक्षर नभएको र बिल नम्बर ५५७ मा आइटम बाईज जोडजम्मा नभएकाले पनि अनियमितता भएको प्रस्ट देखिन्छ,' छानबिन प्रतिवेदनमा उल्लेख छ ।

२०७८ असार १ देखि ३ गतेसम्म तीन दिने सुरक्षित सिकाइ कार्यक्रम सञ्चालन भएकोमा प्रत्येक दिन २०-२० जना गरि तीनवटा समूहलाई तालिम दिएको भर्पाइ पेस भएको तर प्रत्येक समूहलाई कति समय (कार्यघण्टा) तालिम दिएको भनी उल्लेख नभएको पाइएको छ । तीनवटै समूहका संयोजक र प्रशिक्षक एउटै देखाई अनियमितता गरेको पाइएको छ ।

उक्त कार्यक्रममा सहभागीहरूको यातायातमा ९० हजार रुपैयाँ, प्रशिक्षक भत्तामा ५२ हजार ८ सय रुपैयाँ, असार १ गतेका लागि स्टेसनरीमा ६५ जनाका लागि ९ हजार ३५० रुपैयाँ, असार २ गते ६५ जनाको स्टेशनरीमा १० हजार १२५ रुपैयाँ खर्च देखाइएको छ । त्यसैगरी  ब्यानरमा १ हजार ७९९ रुपैयाँ, खाजा-खानामा ४० जनाका लागि २० हजार रुपैयाँ, सोही मितिमा खाना-खाजाको अर्को बिलमा २० हजार रुपैयाँ खर्च देखाइएको छ ।

तीन दिनको उक्त कार्यक्रमका लागि खाना-खाजामा होटल राजनन्दनी,हराबाडाको बिल नम्बर १४१ बाट २० हजार रुपैयाँ, सोही मितिमा सोही होटलको बिल नम्बर १४१ बाट २० हजार रुपैयाँ, दिनेश वैष्णव होटलको २० हजार रुपैयाँ, स्टार होटल यदुकोहाको २० हजार रुपैयाँ, न्यू चौधरी मिट हाउस यदुकोहाको २० हजार रुपैयाँ गरी पाँचपटकको १ लाख रुपैयाँ बिल देखाइएको छ । उक्त कार्यक्रममा जम्मा २ लाख ६४ हजार ७५ रुपैयाँ खर्च देखाइएको छ ।

यादव नगरपालिकामा शिक्षा संयोजकको रूपमा कार्यरत रहेपनि उनले विद्यालय अनुगमन र प्रअ बैठक खाजा खर्चका नाममा १ लाख ८० हजार रुपैयाँ भुक्तानी लिएको पाइएको छ ।

१३ दिन विद्यालय अनुगमनका नाममा तत्कालीन नगर प्रमुख उदयकुमार बरबरियाले २ हजारको दरले २६ हजार रुपैयाँ, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शत्रुघन यादवले १६ सयको दरले २० हजार ८ सय रुपैयाँ, श्रोत व्यक्ति धनेश्वर यादवले १२ सयको दरले १५ हजार ६ सय रुपैयाँ, संयोजक रामरतन पासवानले १२ सयको दरले १५ हजार ६ सय रुपैयाँ, लेखापाल लोकबहादुर नेपालीले १५ सयको दरले १९ हजार ५ सय गरी कुल ९ लाख ७५ हजार रुपैयाँ अनुगमन भत्ता बुझेका छन् ।

कुन विद्यालयमा कुन मितिमा अनुगमन गरी के कस्तो निर्देशन एवं सुझाव दिइएको भन्नेजस्ता प्रतिवेदन संलग्न नगरिएकाले सो अनुगमन र खर्चको प्रभाववारितामा प्रश्न उठ्न जाने देखिएको प्रतिवेदनमा उल्लेख छ ।

'अनुगमन गरेको भनी हस्ताक्षर गरिएको कागजमा उक्त विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी लगायत सरोकारवालाहरूको हस्ताक्षर समेत नभएकाले सो अनुगमन केवल कागजमा मात्र भएको स्पष्ट भएको छ । सामुदायिक विद्यालयको अनुगमन गरी सुधार गर्ने दायित्व बोकेका जिम्मेवार व्यक्तिहरूले नै अनुगमनको नाममा रकम बुझ्ने परम्पराको अन्त्य हुनु पर्ने देखिन्छ,' छानबिन प्रतिवेदनमा उल्लेख छ ।

अर्कातर्फ सोही विद्यालय अनुगमनको क्रममा खाजा खाना भनी मिट हाउसलगायतलाई ३२ हजार ८ सय रुपैयाँ भुक्तानी गरिएको समेत पाइएको छ । त्यस्ता बिलहरूमा मिति र कस्को नाममा बिजक जारी गरिएको हो भन्ने कुरा समेत नखुलेको, साथै प्रअ  बैठक खाजाखर्चमा ५० हजार १ सय रुपैयाँ खर्च भएको प्राप्त कागजातबाट देखिएको भनी प्रतिवेदनमा उल्लेख छ ।

२०७८ जेठ २ मा भौचर नम्बर १९ बाट कार्यालय सञ्चालन तथा व्यवस्थापनबापत शिक्षा संयोजक धनेश्वर यादवले ४५ हजार ६६० रुपैयाँ बुझेका थिए ।

'सामान नगरपालिकामा माग गर्ने पनि शिक्षा संयोजक धनेश्वर यादव र उक्त सामान खरिद गरि रकम सोधभर्ना लिने पनि निज धनेश्वर यादव नै भएको पाइयो,' छानबिन प्रतिवेदनमा उल्लेख छ ।

२०७८ जेठ २६ गते भौचर नम्बर २८ बाट कक्षा ८ को परीक्षा सञ्चालन खर्चबापत धनेश्वर यादवले ५ लाख रुपैयाँ भुक्तानी लिएका थिए । प्रश्नपत्र छपाइबापत २०७८ वैशाख १५ गतेको नैशी जेनरल अर्डर सप्लायर्स (स्थायी लेखा नम्बर  ३०५३७९५६४) को बिल नम्बर ९२ बाट ३ लाख ४८ हजार ३२४ रुपैयाँको बिल पेस गरिएको छ ।

'तर, उक्त बिलको भुक्तानी सोही फर्मलाई भ्याटबापतको ३० प्रतिशत रकमले हुन आउने १२ हजार २१ रुपैयाँ  कटाई गर्नुपर्ने र सो कट्टी गरिएको रकम सम्बन्धित फर्मको नाममा राजस्व दाखिला गर्नुपर्नेमा शिक्षा संयोजकको नाममा नै भुक्तानी गरिएको पाइयो । यसरी नियमविपरीत भुक्तानी दिने कार्यालय प्रमुख शत्रुधन यादव, लेखा प्रमुख लोकबहादुर नेपाली र शोधभर्ना लिने शिक्षा संयोजक धनेश्वर यादवले बदनियत गरेको पाइएको छ,' केन्द्रको छानबिन प्रतिवेदनमा उल्लेख छ ।

सोही परीक्षासम्बन्धी बैठक खर्च भनी नगरप्रमुख, शिक्षक र कर्मचारी गरी ९ जनाले प्रतिबैठक १ हजार रुपैयाँका दरले १२ वटा बैठकबापत कुल ९६ हजार रुपैयाँ बुझेका छन् ।

उक्त बैठक बस्नुको कारण र निर्णय केही उल्लेख भने गरिएको छैन । २०७७ पुस २० गतेदेखि २०७८ वैशाख ३१ गतेसम्ममा बैठकको हाजिरी एउटै पानामा गरिएको पाइएको छ ।

साथै, २०७८ वैशाख ३१ गते एकै दिनमा दुईवटा बैठक सञ्चालन गरिएको भनी हस्ताक्षर गरिएको छ । बैठक भत्ता लिने प्रयोजनकै लागि मात्र सो कागजात तयार गरिएको देखिएको, बैठकमा छलफल भएका विषय र भएका निर्णय सुन्ने बैठकको माइन्युट नै नराखिएको, बैठक के विषयमा छलफलको प्रयोजनका लागि बसेको हो भन्ने विषय समेत खुलेको छैन । उल्लेखित व्यक्तिहरू के हैसियतमा बैठकमा उपस्थित भएका हुन्, के कसरी उनीहरूलाई बैठकका लागि छनोट गरिएको हो, आदि विषयको कानूनी आधार के हो भने खुल्न नसकेको प्रतिवेदनमा उल्लेख छ ।

२०७८ असार ३० गते भौचर नम्बर  ५५ बाट वैकल्पिक कक्षा सञ्चालन व्यवस्थापनबापत शिक्षा संयोजक यादवले ८ लाख ९७ हजार ५० रुपैयाँ भुक्तानी लिएका थिए ।

उक्त कार्यक्रमबापत सनवे कम्प्युटर एन्ड टेक्नोलोजी (प्यान नम्बर ६००८१८९५१ )को बिल नम्बर २ बाट २०७८ जेठ १५ गते २ लाख ८२ हजार ५ सय रुपैयाँ भ्याट समेत यादव आफैंले भुक्तानी लिएको पाइएको छ ।

'यति ठूलो कार्य कुनै फर्मलाई दिनुपूर्व पूरा गर्नुपर्ने प्रक्रिया पूरा गरेको देखिएन र भुक्तानीको विधि पनि प्रक्रियागत भएको पाइएन । यस कार्यक्रममा पेस भएका खाजाखानाका बिल समेत मिटशप लगायतबाट पेस भएको साथै रिचार्ज कार्डमै १२ हजार ५ सय रुपैयाँसहित अस्वाभाविक खर्च भएको पाइयो,' छानबिन प्रतिवेदनमा उल्लेख छ ।

माथि उल्लेख गरिएजस्तै अन्य विभिन्न कार्यक्रममा यादवले पेस्की रकम बुझी अनियमितता गरेको पाइएपछि थप छानबिन गरी कारबाहीका लागि केन्द्रले प्रतिवेदन अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाएको छ ।

'पूर्व शिक्षा संयोजक धनेश्वर यादवलाई कार्यक्रम सञ्चालनको नाममा पेस्कीमाथि पेस्की थपी फर्छ्यौट गर्नेतर्फ सम्बन्धित प्रमुख प्रशासकीय अधिकृत, लेखा शाखा प्रमुख कसैले पनि काम कारबाही नगरेको, कार्यक्रमको बिल भर्पाइ पेस गर्दा नक्कली बिल भर्पाइ पेस गरेको, अनियमित तरिकाले बैठक भत्ताहरू लिएको लगायतका कार्यहरू गरेको देखिँदा यसमा निवर्तमान र वर्तमान प्रमुख प्रशासकीय अधिकृत, लेखा शाखा प्रमुख र तत्कालीन शिक्षा संयोजक धनेश्वर यादवको मिलेमतो भएको छैन भन्न सकिने आधार नदेखिएकाले यसमा विस्तृत अध्ययन अनुसन्धान गर्नुपर्ने देखिँदा छानबिन प्रतिवेदनको प्रतिलिपि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाई उजुरीको लगत कट्टा गर्ने निर्णय गरियो,' केन्द्रको प्रतिवेदनमा उल्लेख छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १८, २०८०

प्रत्येक भाषणमा पारदर्शिता र सुशासनको गफ लगाउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सचिवालयलाई निकै जम्बो बनाएको पाइएको छ । परिवारका सदस्यदेखि आफूनिकटका व्यक्ति समेत झन्डै ३ दर्जन बढीलाई निय...

मंसिर २०, २०८०

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)का प्रिन्सिपल रामकैलाश बिछाको स्नातकोत्तरको शैक्षिक प्रमाणपत्र नक्कली रहेको आरोप त्यहाँ कार्यरत शिक्षकहरूले लगाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्...

मंसिर ५, २०८०

संसदीय लोकतन्त्रलाई आदर्श मान्ने नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवादेखि नयाँ दलको रूपमा उदाएको रास्वपाका सांसद स्वर्णिम वाग्ले तथा शिशिर खनालसम्मले महिनामा एकदिन पनि हाजिरी नग...

पुस २०, २०८०

मकवानपुरको साबिक हर्नामाडी गाविसका रुद्रप्रसाद खतिवडाले २०८० साल कात्तिक २३ गते यातायात कार्यालय चितवनबाट 'ए' र 'बी' वर्ग (मोटरसाइकल, स्कूटर कार, जीप, भ्यान)को लाइसेन्स नवीकरण गराएका छन्...

पुस २, २०८०

कार्यक्रम : राष्ट्रपति, उपराष्ट्रपतिसहित भीभीआईपीहरूको लर्को लागेको एउटा भव्य विवाह समारोह । ​ मिति : २०८० साल, मंसिर २९ गते, शुक्रवार​ स्थान : गोकर्ण रिसोर्ट, काठमाडौं । (पाँच तारे स्तरको डिलक्स रिसोर्ट) ...

चैत ७, २०८०

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अनियमितता प्रकरणमा समेत अर्थमन्त्री वर्षमान पुनको भूमिका शंकास्पद देखिएको छ । २०६८ सालमा अर्थमन्त्री रहेका बेला पुनले प्रचलित कानून, विधि र मापदण्डविपरीत विमानस्थल ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x