×

NMB BANK
NIC ASIA

टी–२० श्रृंखलाको पहिलो खेलमा नेपालको जीत

वेस्ट इन्डिजविरुद्ध सनसनीपूर्ण जीत निकाल्दाका ‘एकल नायक’ रोहित

काठमाडाैं | बैशाख १५, २०८१

NTC
Premier Steels

टी–२० क्रिकेटमा दबदबा र सनसनी मच्चाउँदै आएको टेस्ट टोली वेस्ट इन्डिजको ‘ए’ टीमविरुद्ध घरेलु टोली नेपालले शनिवार सनसनीपूर्ण जीत दर्ता गरेको छ । टी–२० विश्वकपअघि ५ खेलको श्रृंखलाका लागि नेपाल आएको वेस्ट इन्डिज ‘ए’माथि नेपालले शानदार ४ विकेटको जीत हासिल गरेको हो । कुनै समय असम्भव जस्तो देखिएको २०५ रनको लक्ष्य पछ्याएको नेपाल २ बल बाँकी छँदै अन्ततः जीतसम्म पुग्न सफल भयो ।

Muktinath Bank

null 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विश्वकप, आईपीएलसहितका विश्वका उत्कृष्ट कप, लिग, टेस्ट र वान डेका महत्वपूर्ण प्रतियोगिता र खेल खेलिसकेका सहभागी टोलीलाई नेपालले पराजित गरेको हो । बलियो टोलीविरुद्ध जीत निकाल्दा कप्तान रोहित पौडेलले सनसनीपूर्ण शतक मात्रै प्रहार गरेनन् । टीमलाई जीत दिलाउन एकल नायकको भूमिकासमेत पूरा गरे । अन्ततः टस जितेर पहिले फिल्डिङ रोज्दै रोहितले गरेको अलराउन्ड प्रदर्शनमा महत्वपूर्ण जीत दर्ता गर्न नेपाल सफल भयो । 


Advertisment
Nabil box
Kumari

कुनै समय १० ओभरमा ८२ रन बनाए पनि कप्तान रोहितको सुझबुझपूर्ण ब्याटिङ र शतकका मद्दतमा नेपालको जीत सम्भव भएको हो । ४७ बलमा ५ छक्का र १० चौकाको मद्दतमा शतक प्रहार गरेका रोहितले थप १२ रन बनाए । त्यस क्रममा एउटा छक्का पनि थपेका थिए । रोहितले ५४ बलमा ११२ रनको महत्वपूर्ण इनिङ्स खेल्दा नेपालको जीतको आधार बनेको हो ।

Vianet communication

null 

उनी १८.५ ओभरमा आउट हुँदा नेपाल १९२ रन जोड्दा ६ विकेट गुमाएको स्थितिमा थियो । रोहितलगत्तै आएका प्रतिश जीसीले १९ औं ओभरको अन्तिम बलमा चौका प्रहार गरेपछि नेपाल जीतसम्म पुग्ने स्थिति देखियो । किनकि ४ विकेट पनि बाँकी र ६ बलमा ९ रन बनाउन कठिन थिएन । 

२० ओभरको पहिलो बलमा गुल्सन झाले १ रन लिए । दोस्रो बलमा प्रतिशतले पनि १ रन लिएर गुल्सनलाई स्ट्राइक दिए । त्यसपछि तेस्रो र चौथो बलमा गुल्सनले लगातार २ चौका हानेपछि नेपालले बलियो टोलीविरुद्ध सनसनीपूर्ण जीत हासिल गरेको हो । १६, १७ र १९ औं ओभर प्रत्येकमा १५ माथिको रन बनाएपछि नेपालले असम्भव देखिँदै गएको खेललाई आफ्नो नियन्त्रणमा ल्याउँदै जीतसम्म पुगेको हो । १६ औ ओभरमा १७, १७ औं ओभरमा १९ र १९ औं ओभरमा १५ रन बनेपछि नेपाललाई जीतसम्म पुग्न कठिन भएन । यी ३ ओभरमा रोहित एक्लैले ३७ रन एक्लै जोेडेका थिए । 

ब्याटिङमा मात्रै होइन नेपालको लागि बलिङ र फिल्डिङमा समेत रोहितले उत्कृष्ट भूमिका निभाए । २६ बलमा ४७ रन बनाएका अलिक अथान्जलाई रोहितले नै ललित राजवंशीबाट क्याचआउट गराएका थिए । त्यस्तै, ५ बलमा १३ रन बनाए आन्द्रे फ्लेचरलाई रोहित र अनिल साह मिलेर रनआउट गरे । 

null

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले २४, कुशल भुर्तेल र कुशल मल्लले १६-१६ रन बनाए । यस्तै कमलसिंह ऐरी, रोहित पौडेल, दीपेन्द्र र अविनाश बोहराले समान १–१ विकेट लिए । अन्तिम ओभरमा दीपेन्द्रले ४ रनमात्रै दिएर १ विकेट लिएपछि वेस्ट इन्डिज ठूलो स्कोर बनाउनबाट चुकेको थियो । अविनाशले ४ ओभरमा २८ रन दिएर एक विकेट लिएर किफायती बलिङ गरे ।

पावर प्लेको ६ ओभरमा वेस्ट इन्डिज ७७-२ को बलियो स्थितिमा थियो । तर त्यसपछि भने नेपाली बलर विस्तारै खेलमा फर्किन पुगे । नेपालसँग पराजित भएपछि वेस्ट इन्डिजका कप्तान रोस्टन चेजले नेपाली कप्तान रोहितको खुलेर प्रशंसा गरे । चेजले नेपालविरुद्ध सबैभन्दा बढी ७४ रनको योगदान दिए ।

null

खेल जितेपछि रोहित आफैंले पनि ‘टुडे वाज माइ डे’ भनेका थिए ।  

प्लेयर अफ द म्याच कप्तान रोहितले जित्दा ‘सट अफ द डे’ लगातार २ चौका प्रहार गरेर खेल जिताउने गुल्सन झाले पाए । नेपालले वेस्ट इन्डिज ‘ए’विरुद्धको दोस्रो खेल आइतवार कीर्तिपुरको मैदानमै खेल्नेछ । 


 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

बैशाख १८, २०८१

भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्समाथि जीत दर्ता गरेको छ ।  सोमबार राति घरेलु मैदान इडेन गार्डेनमा भएको खेलमा उत्कृष्ट फर्ममा रहेको कोलकाताले द...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x