×

NMB BANK
NIC ASIA

कुन–कुन नेपाली फिल्म भए पाइरेसी, कसलाई कति घाटा ?

कात्तिक २०, २०७४

NTC
Premier Steels
काठमाडौं, १३ पुस – चलचित्र छक्का पञ्जा पाइरेसीको आरोप लागेका एक युवाले आत्महत्या गरेपछि यो घटना नेपाली चलचित्र वृतमा मात्र चासोको विषय बनेन ।

सामाजिक सञ्जालमा कलाकार दीपकराज गिरीले धम्की दिएका कारण कृष्ण सुवेदीले आत्महत्या गरेको भन्ने समाचार आएपछि दीपकराज गिरी विवादमा समेत मुछिए ।

नेपालमा गैरकानूनी ढंगले अरुको बौद्धिक सम्पत्ति चोरी गर्न नपाइने भएपनि चलचित्र पाइरेसी भएका घटना बारंबार दोहोरि रहेका छन । यसरी चलचित्र पाइरेसी लाखौं रुपैया नोक्सान हुने गरेको चलचित्र निर्माताहरु बताउछन् ।

नेपालमा चलचित्रको बजार सीमित छ । नेपाली चलचित्रप्रति दर्शकको संकुचित दृष्टिकोण त आफ्नो ठाउँमा छँदैछ । राम्रा चलचित्रले समेत आम दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेका हुँदैनन् । पूर्ण व्यबसायिक बनिनसकेको नेपाली चलचित्र क्षेत्रलाई बेलाबेलामा हुने पाइरेसीका घटनाले धक्का दिने चलचित्र निमार्ताहरु बताउछन् ।

दर्शकले रुचाएको चलचित्र पशुपतिप्रसाद पाइरेसी हुँदा झण्डै ३० लाख रुपैयाँ घाटा बेहोर्नुपरेको अभिनेता खगेन्द्र लामिछाने बताउँछन् । उनी भन्छन्, ‘कुनै पनि चलचित्र पाइरेसी हुनु दुखद पक्ष हो । पाइरेसी भएको चलचित्र सकभर नहेर्नका लागि म आग्रह गर्छु ।’

त्यस्तै अर्को चलचित्र ‘बाटोमुनिको फूल’ पाइरेसी हुँदाको हालत पनि उस्तै छ । अभिनेता यशकुमारले उक्त चलचित्र आफैले ऋण खोजेर बनाएको बताउँछन् । चलचित्र पाइरेसी हुँदा लगानी पनि उठ्न नसकेको यश कुमारको गुनासो छ । चार जना निर्माताले सहकार्यमा बनाएको चलचित्र बाटोमुनिको फूल पाइरेसी हुँदा निर्माण पक्षलाई एक करोड घाटा बेहोर्नु परेको अभिनेता तथा निर्माता यश कुमार बताउँछन् ।

‘बाटोमुनिको फूल पाइरेसी हुँदा कुनै कानुन पनि थिएन । बरु अहिले कानुन बनेको छ ।’ यशकुमार थप्छन्, ‘अहिले मान्छेले फिल्म चोर्दा कानुन लाग्छ भन्ने कुरा बुझेका छन् ।’

आफ्ना तीनै चलचित्र पाइरेसीको मारमा परेका अभिनेता दीपकराज गिरी अझै पनि नेपालमा ‘साइबर क्राइम’ सम्बन्धी गतिलो कानुन बन्न नसकेको बताउँछन् । चलचित्र ‘६ एकान ६’ पाइरेसी भएपनि आफूलाई घाटा नभएको तर ‘वडा नम्बर ६’ पाइरेसी हुँदा १० लाख घाटा भएको गिरी बताउँछन् । ‘अहिले छक्का पञ्जा पाइरेसी हुँदा समेत हामी निर्माण पक्षलाई १० लाखको हाराहारीमा घाटा लाग्यो । हामीले छक्का पञ्जा बेचिसकेको हुनाले हाइलाइट्स नेपालले बढी घाटा बेहोर्नुुप-यो ।’ गिरी बताउँछन् ।

नेपाली चलचित्र पाइरेसी हुने क्रम नयाँ भने होइन । चलचित्र ड्रिम्स पनि पाइरेसी भएको थियो । जसबापत ड्रिम्स निर्माण पक्षले २५ लाख रुपैयाँ पाएको थियो । चर्चामा आएका प्राय चलचित्र कुनै न कुनै माध्यमबाट पाइरेसी भइरहनुमा नेपालको कानुन कडा नहुनु नै हो भन्ने यस क्षेत्रका सरोकारवाला बताउछन् ।

यसै त सानो बजार भएकाले नेपाली चलचित्र धेरै ठूलो लगानीमा निर्माण हुँदैनन् । त्यसैमाथि कतिपय चलचित्र पाइरेसी हुँदा निर्माता तथा वितरकलाई ठूलो नोक्सान हुने गर्छ । कतियय समीक्षकले नेपालमा फितलो कानुन हुनु नै बेलाबेलामा पाइरेसीका घटना दोहोरिने कारण हो भन्छन् ।

नेपाली इन्टरनेटको पहुँचसँग नजिकिए पनि साइबर अपराधका बारेमा अनविज्ञ छन् । चलचित्रलाई अनाधिकृत रुपमा इन्टरनेटमा अपलोड गर्दा कानुनको फन्दामा परिन्छ भन्ने धेरैलाई जानकारी नहुँदा पनि बेलाबेलामा पाइरेसीका घटना दोहोरिरहने गरेको कलाकारहरु बताउँछन् ।

अहिले आम जनतामा चलचित्र पाइरेसी हुनु भन्ने छाप बसिसकेको र चलचित्र सम्बन्धी विभिन्न संघ संस्थाले कडा कानुनका लागि पहल समेत गरिरहेकाले पछिल्लो अब पाइरेसीका घटना दोहोरिँदैनन् कि भन्ने आशा गर्न सकिन्छ । अधिवक्ता विरेन्द्र खड्का भन्छन्, ‘कपीराइट ऐन २०५९ को दफा २५ मा २५ हजारदेखि १ लाख तिराउन सकिन्छ । त्यस्तै सोही ऐनको धारा २७ र २८ बमोजिम साइबर अपराध अन्र्तगत पनि कारवाही गर्न सकिन्छ ।’

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x