×

NMB BANK
NIC ASIA

संसारका धेरै वस्तुहरू रंगीन छन् । रंगीन हुने थिएनन् भने हाम्रो आँखाले ति चिजहरूलाई ठम्याउन सक्ने थिएन । फूलहरू मध्ये हामीलाई सुन्दर लागेको रंग टिपेर चुल्ठो या अन्य ठाउँमा सजाउँछौं । कपडाहरू किन्न जाँदा हामीले मन पर्ने रंगको कपडा ल्याउँछौं र लगाउँछौं । यद्यपि, पानी, हावाजस्ता केही चिजहरू बेरंगी हुन्छन्, तै पनि हामीलाई नभइ हुँदैन ।

Muktinath Bank

तर सत्ताको रंग कस्तो होला ? रातो, पहेँलो, हरियो या निलो ? हरेक चिजमा राजनीति हुन्छ । हरेक राजनीतिको मूल ध्येय सत्तामा पुग्नु नै हुन्छ । तर, सत्ताको रंगचाहिँ आजसम्म पत्ता लागेको छैन । कुनै-कुनै नेताहरू सत्ताविना एक सेकेण्ड पनि बाँच्न नसक्ने भएकाले त्यो पनि हावा र पानी जस्तै रंगहीन हुन्छ की भनेर लख काट्न सकिएला तर, सबैको आँखाले सत्ता मात्र किन देख्छ ? रंग नभइ त नदेखिनु पर्ने ? 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर, सत्ताको रंगको बारेमा केही कथनीहरू भने छन् । दशवर्षे सशस्त्र युद्ध गरेकाहरूले बेलाबेलामा सत्ता रातो हुन्छ भन्थे । ‘उदाउँदै गरेको रातो गणतन्त्रलाई सलाम छ’ भन्ने उनीहरूको नारालाई केलाएर हेर्ने हो भने, यदि गणतन्त्र रातो भए सत्ता पनि रातै हुनुपर्ने हो भनेर अन्दाज गर्न सकिन्छ ।


Advertisment
Nabil box
Kumari

अमेरिकामा कुनै कानूनको उल्लंघन भएमा, प्रशासनिक संयन्त्रले त्यसलाई हस्तक्षेप गर्ने कामलाई ‘कलर अफ ल’(कानूनको रंग) भन्ने एउटा वाक्यांश प्रयोग गरिन्छ । ’कलर अफ ल’कै कानूनमा पनि त्यो कुन रंगको कानून हो भनिएको छैन । अर्थात कानूनले जे गर्छ, त्यसैलाई कुनै ’रंग’को परिभाषा दिइएको पो हो कि ? रातो, निलो, हरियो, पहेँलोजस्तै त्यसलाई ’कानूनी रंग’ भनिएको हुनुपर्छ ।

Vianet communication

नेपालको परिप्रेक्षमा हेरौँ । सत्ताको रंग जुनसुकै भए पनि त्यो अत्यन्त आकर्षक, सुन्दर र सुगन्धित हुनुपर्छ । त्यसलाई चुमेर नै कुनै नेताले समाधि लिन चाहन्छ । ’स्वर्गमा जाने कि सत्तामा जाने ?’ भनेर कुनै नेतालाई प्रश्न गरियो भने स्वाभाविकरूपमा उसको उत्तर हुन्छ, 'सत्तामा जाने !' 'त्यसको भए सत्ता कुन रंगको हुन्छ भन्नुस् न त ?' भनेर अर्को पटक सोधियो भने, सम्भवतः नेताहरू अवाक हुन्छन् । आखिर त्यो कस्तो चिज हो, जो सबैलाई मन पर्ने, तर रंग थाहा नहुने । 

सत्ताका लागि गठबन्धन बनाइन्छ । भ्यागुताको धार्नी जोडिन्छ । तर, सत्ताकै लागि भनेर पार्टी फुटाइन्छ पनि । सत्ता साँच्चिकै अनौठो चिज हुनुपर्छ, जुन फुटेर गए पनि पाइने, जुटेर गए पनि पाइने ।

एकछिनलाई मानिलिउँ, सत्ता सेतो रंगको हुन्छ । तर, काला कर्तुतहरू बाहिर आउँछन् । सेतो सत्ताबाट काला कर्तुतहरू बाहिर ननिस्किनुपर्ने हो । त्यसो भए सत्तालाई कालो छ भन्दिउँ, तर कालो धनलाई सेतो बनाउनका लागि सत्ताको प्रयोग गरिन्छ भन्ने सुनिन्छ । जुन आफैँ कालो छ, उसले कालो चिजलाई सेतो बनाएर कसरी निकाल्न सक्छ ?  एकछिनलाई मानिलिउँ, सत्ता हरियो रंगको हुन्छ, तर सत्तालाई प्रयोग गरेर रातो खुन बगाइन्छ । हरियो सत्ताले हरियै खुन बगाउन किन सक्दैन ? एकैछिनलाई मानिलिउँ सत्ताको रंगै रातो हुन्छ रे, तर सत्तामा जान नपाउनेहरू कालो निलो किन हुन्छन् त ? 

अल्बर्ट आइन्स्टाइन अहिले नेपालमा बसेर अनुसन्धान गरिरहेका हुन्थे भने, उनले 'थ्यौरी अफ रिलेटिभिटी’को सट्टा 'थ्यौरी अफ अथोरिटी’ प्रतिपादन गर्ने थिए । ’टाइम ट्राभल’को सम्भाव्यताको अध्ययनको सट्टा उनले ’चेयर्स ट्राभल’को अध्ययन गर्ने थिए होलान् ।

एक प्रसिद्ध भारतीय वैज्ञानिकले 'रामन इफेक्ट अफ लाइट’ भन्ने सिद्धान्त प्रतिपादन गरेका थिए । उनको त्यो अनुसन्धान समुद्रको पानी गहिराइमा गाढा निलो किन देखिन्छ भन्ने प्रश्नमा आधारित थियो । उनी यदि नेपालमा हुन्थे भने पक्का सत्ताको रंग पत्ता लगाइदिन्थे । किनभने जति सत्ताको नजिक पुग्यो, जुनसुकै रंगको भए पनि गाढा बन्दै जाने रहेछ भन्ने कुरा त नेताहरूको हाउभाउबाटै हामीलाई थाहा भइसकेको छ ।

सत्ताका लागि गठबन्धन बनाइन्छ । भ्यागुताको धार्नी जोडिन्छ । तर, सत्ताकै लागि भनेर पार्टी फुटाइन्छ पनि । सत्ता साँच्चिकै अनौठो चिज हुनुपर्छ, जुन फुटेर गए पनि पाइने, जुटेर गए पनि पाइने । त्यो अझ कतिसम्म अनौठो जिज भने, पाउन नसकेको झोकमा रुनेहरूले पनि पाएका छन्, पाएपछि रोएकाहरू पनि छन् । जनताको भोट पाएर पनि सत्ता पाइएको छ, जनताले हराएकाहरूले पनि सत्ता पाएका छन् । नेपालको इतिहासमा सत्ता भन्ने चिज ठूलो ’प्याराडक्स’ बनेर बस्ने कुरा पक्कापक्की भयो ।

एकताका राजनीतिको एउटा समूहले अर्को समुहलाई ’सत्ता कब्जा’ गर्ने दिशामा अघि बढ्यो भनेर आरोप लगाएको थियो । तर, 'सिरियस जोक’ के भने नि, आरोप लगाउने समूह आफैं सत्तामा थियो । 

सत्ताको रंगको त कुरै छाडौं सत्ता 'जीवित’ वस्तु हो कि 'मृत’ वस्तु हो भन्ने कुरासमेत पत्ता लागेको छैन । जीवित हो भनौँ भने, सत्तामा पुग्नेहरूले यत्रो अराजकता मच्चाउँदा ’ऐया !’ सम्म भन्नुपर्ने हो । यदि मृत हो भने, सत्ता बचाउनका लागि नेताहरूले नानाथरीका सम्झौता, सन्धी, नदीनाला बेचबाच किन गर्थे र ? जुन चिज मृत छ, त्यसलाई बचाउनुको के अर्थ ? 

रंग मात्र नभएर सत्ताको लिङ्ग, जातभात, भेषभुषा लगायत कुनै पनि कुराहरूको पहिचान देखिँदैन । तर, अझ गज्जब के भने, जुन कुराको कुनै पहिचान छैन, त्यसैसंग पहिचान माग्दै ठूला-ठूला आन्दोलनहरू भएका छन् । सत्ताको सीमा छैन, तर त्यही सत्ताबाट प्रदेशहरूको सीमा निर्धारण गर्न लगाइन्छ । अभाषिक सत्ताबाट भाषिक पहिचान कसरी प्राप्त गर्ने हो ? 

पंक्तिकारको सल्लाह के छ भने, अब सत्तामा जान उद्दत भएका मान्यवरहरूले त्यहाँ जानुभन्दा अगाडि सत्ताको रंग, बनावट, पहिचानलगायत सत्ताको इतिहासको बारेमा पनि अध्ययन गरेर उचित निश्कर्षमा पुगेपछि मात्र ’सत्तायात्रा’ तय गरुन् । के कुरा बुझ्न अझै जरुरी छ भने, आम जनताले मतपत्रमा लगाएको स्वास्तिकको छापजस्तो नीलो रंग सत्ताको हुँदैन ।

twitter : @ishuaryal

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक ३०, २०८०

केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...

मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

कात्तिक २४, २०८०

राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...

फागुन १, २०८०

गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...

असोज ३०, २०८०

आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x