फागुन २८, २०८०
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...
सिरियामा देखिएको विविध पक्षको सैनिक शक्ति संघर्षले मानव जातिकै खराब मानवीय संकटलाई देखाएको छ । युद्धभन्दा अगाडिको जनसंख्यालाई हालको सँग तुलना गर्ने हो भने आधाभन्दा बढी सिरियन नागरिक या त मारिए या देश छाड्न बाध्य बनाइएका छन् ।
युद्धबाट प्रभावित भएका परिवारहरूले नजिकको देशमा शरणार्थी बनेर बाँच्ने साहारा खोजिरहेका छन् । संयुक्त राष्ट्रसंघको पछिल्लो रिपोर्ट हेर्ने हो भने सिरियामा तत्काल राहतका लागि लगभग ५ बिलियन डलर आवश्यक पर्छ । तर राहत र उद्दारको कामलाई थाति राखेर अमेरिका र रसिया अनि सिरियाभित्रकै धेरै लडाकु समूहहरू एकआपसमा लडिरहेका छन् ।
कहिलेबाट शुरु भयो संकट ?
२०११ मार्चमा सरकारविरुद्ध अहिंसात्मक प्रदर्शन शुरु भएको थियो, तर सरकारी असहिष्णुताले त्यो प्रदर्शनलाई छिट्टै हिंसात्मक बनाइदियो । सरकारले गरेको सैन्य हस्तक्षेपले त्यतिबेलै धेरै जनता मारिएका थिए । त्यसपछि सिरियामा हतियारधारी समूहहरूले उक्त संकटको फाइदा उठाउँदै युद्ध शुरु गरे ।
जुलाईसम्ममा सिरियाको राष्ट्रिय सेनाबाट विद्रोह गरेर गएकाहरूले ‘फ्री सिरियन आर्मी’ गठन गरेसंगै धेरै सिरियन जनताको हातहातमा हतियारहरू पुग्न थाले । उनीहरूले सरकारविरुद्ध हिंसात्मक गतिविधि शुरु गरेसंगै सिरियामा आमहत्याको श्रृंखला शुरु भएको थियो । उनीहरू बीचमा पनि धार्मिक समूह र गैरधार्मिक समूह छुट्टियो । त्यसपछि त्यहाँको संकटमा बाह्य शक्तिको आगमन भयो ।
को-को सामेल छन् युद्धमा ?
सिरिया सरकारको तर्फबाट सिरियामा 'सिरियन आर्म्ड फोर्स', 'सिरियन अरब आर्मी', र 'रिपब्लिकन गार्ड'को सहभागिता छ । राष्ट्रपति बसर अल असादले आफ्नो सम्पूर्ण शक्ति विद्रोहीलाई ध्वंस पार्नमा लगाइरहेका छन् । उनलाई बाहिरबाट रसिया, इरान, चीन, इराक र उत्तर कोरियाले सहयोग गरिरहेका छन् । केही समय पहिला उनले रसायनिक हतियार प्रयोग गरेको भनेर अमेरिकाले दोष लगाएको थियो, तर त्यो पुष्टि हुन सकेको छैन ।
विद्रोही पक्षबाट 'सिरियन नेशनल आर्मी', 'सिरियन लिबरेसन फ्रन्ट', 'आर्मी अफ इस्लाम', 'इस्लामिक युनियन अफ द सोल्जर्स अफ लिभेन्ट', 'फ्री सिरियन पुलिस' (जुन सरकारी पुलिस फोर्सबाट विद्रोह गरेर आएका थिए) जस्ता हतियारधारीहरूको समूह रहेको छ । यिनीहरूलाई प्रत्यक्ष/अप्रत्यक्ष सहयोग गर्ने बाहिरी देशहरूमा अमेरिका, कतार, साउदी अरेबिया, टर्की, इजरायल, अमेरिकन खुफिया एजेन्सी 'सीआईए', फ्रान्स र लिबिया रहेका छन् ।
सिरियन लोकतान्त्रिक शक्तिको तर्फबाट 'पिपल्स प्रोटेक्सन युनिट', 'वाईपीजी इन्टरनेसनल बटालियन', 'एन्टी टेरर युनिट्स', 'कुर्दिश फ्रन्ट', 'सिभिलियन डिफेन्स युनिट' जस्ता हतियारधारी समूहहरूको सहभागिता रहेको छ । यिनिहरूलाई हतियार र रासनपानी सहयोग गर्नेमा इराकी कुर्दिशहरू, फ्रान्स, अमेरिका, रसिया, सिरिया सरकार पनि र चेक गणतन्त्र रहेका छन् ।
यीमध्ये रसियाले सरकारलाई समर्थन गर्दै आइएसआईएलको विरुद्धमा युद्ध जारी राखेको छ भने अमेरिकाले सरकार र आइएसआईएलको विरुद्धमा लडाइँ जारी राखेको छ । आइएसआईएल भनेको 'इस्लामिक स्टेट अफ इराक एन्ड द लिभेन्ट' भन्ने समूह हो, जुन प्रत्यक्ष रुपमा तालिवानसंग जोडिएको छ । संसारभरका इस्लामिक आतंकीहरूलाई आइएसआईएलले प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्ने गर्दछ ।
स्वार्थको भारी बोकेका अन्तर्राष्ट्रिय शक्तिकेन्द्रका अगाडि सिरियन नागरिकहरू बुख्याँचाजस्तै बनेर एकले अर्कालाई तर्साइरहेका छन् र मारिरहेका छन् । त्यहाँ लडाकु समूहहरू यति धेरै भए कि कुन समूह कोसँग लड्दैछ भन्ने कुरा बुझ्न गाह्रो भइसकेको छ । इरान, रसिया, अमेरिका र अरब देशहरूको भूमिका मुख्यरूपमा सरकार पक्ष र विपक्षमा केन्द्रित छन्, तर आन्तरिक लडाकु समूहहरूले पनि छुट्टै सहयोग प्राप्त गर्दै आइरहेका छन् ।
सामाजिक सञ्जालमा फैलिएको सिरियाको नरसंहार के हो ?
केहीदिन अघिमात्र बसर अल असाद पक्षीय सिरियाली सेना र त्यसका अन्तर्राष्ट्रिय सहयोगीहरूले विद्रोहीहरू बसिरहेको शंकास्पद ठाउँ भनेर पूर्वी गोउतामा हवाई आक्रमण गरे । तत्कालै मर्नेहरूको संख्या ६०० भन्दा बढी नाघ्यो । त्यसमा एक तिहाइभन्दा बढी बालबालिकाहरू थिए ।
युएनले सरकारलाई युद्धविराम गर्न दबाब दिइरहेको अवस्थामा यसप्रकारको हमला सरकार पक्षबाट हुनुले सिधा-सिधा अन्तर्राष्ट्रिय ध्यान खिच्यो । सामाजिक सञ्जालमा उक्त बमबारीबाट सृजित अत्यन्तै गैरमानवीय र संवेदनाहीन समाचार र फोटाहरू सेयर हुन थाले ।
के सिरियासंकट अन्त्य हुन सम्भव छ ?
संसारभरका विभिन्न विश्लेषकहरूले सिरियाको संकट अन्त्य गर्न आफ्ना आफ्ना धारणाहरू सार्वजनिक गर्ने गरेका छन् । संकटका लागि दोषीहरूले आफ्नो आफ्नो स्वार्थलाई बिर्सेर मानवीय नाताले आमनरसंहारका कामहरू गर्न छोड्ने हो भने र रसिया र अमेरिकाको बीचमा सिरियामा हतियार आपूर्ति नगर्ने सहमति हुने हो भने सिरियाको संकट समाधान गर्न सम्भव छ ।
त्यसो त बसर अल असादले सत्ता छाड्नेवित्तीकै पनि उक्त संकटको समाधान हुनसक्छ, तर त्यहाँको सरकारभन्दा पनि विभिन्न हतियारधारी समूहहरूले आफ्ना अनुकूलका स्थानहरूलाई कब्जा गर्न सक्ने भएकाले र नयाँ आतंकी समूहहरू स्थापना गर्नसक्ने भएकोले अन्तर्राष्ट्रिय सहमति र आन्तरिक सहमतितर्फ युएनले जोडबल गर्नुपर्छ ।
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...
डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...