×

NMB BANK
NIC ASIA

प्रदेश प्रमुखको राजसी ठाँट, होलीको टीका लगाउन विशिष्टको लर्को !

फागुन १८, २०७४

NTC
Premier Steels

विराटनगर, १८ फागुन– एक नम्बर प्रदेशका अति विशिष्ट ब्यक्तिहरुको उपस्थिती । पूर्वेली गीतको सुमधुर ध्वनी , लामबद्ध विशिष्ट ब्यक्तिहरुको अग्रपंक्तिमा सवैलाई अविर लगाउनका लागि अविर हातमा लिएर बसेका प्रदेश प्रमुख गोविन्दबहादुर तुम्वाहाङ । कार्यक्रमलाई औपतारिकता दिन खोजेको जस्तो देखिएपनि अगाडि ब्यानर राख्ने बाहेकका कुनैपनि औपचारिक कार्यक्रम थिएन । 

Muktinath Bank

प्रदेश प्रमुखले आयोजना गरेको होलीको कार्यक्रममा राजाको हातबाट टिकाग्रहण गर्नको लागि लाम लागेर आशिर्वाद लिन जानेहरुको लर्कोजस्तै भान भएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

फागु पूर्णिमाको शुभकामना दिन तथा एक आपसमा खुसी साटासाट गर्नको लागि प्रदेश प्रमुखको कार्यालयले यसरी शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको हो । 


Advertisment
Nabil box
Kumari

प्रदेश प्रमुखको जिम्मेवारी सम्हालेर आएपछि पहिलो औपचारिक निम्तो गरेर मनाईएको पर्ब होलीको कार्यक्रमले राज्यको मससुस गर्न पाएको सहभागीले प्रतिक्रिया दिए । 
 

Vianet communication

राजसंस्थाको झल्को !

राजसंस्थाको अन्त्य पछि देशमा ठूला राजनीतिक परिवर्तन भएका छन् ।  देशमा २ पटक संविधान सभाको निर्वाचन भयो । संविधान सभाबाट संविधान जारी भयो । राजाको ठाउँमा राष्ट्रपति आए । यहीबीचमा मधेश आन्दोलन भयो, धेरैले ज्यान पनि गुमाए । तर केही महिना अघिसम्म पनि यसरी प्रदेश प्रमुख आउने, प्रदेश कार्यान्वयनमा जाला भनेर सर्बसाधारणमा विस्वासै थिए । सरकारले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनसँगै संघियता पूर्ण रुपमा कार्यान्वयन भयो । हरेक प्रदेशमा प्रदेश प्रमुख र मुख्यमन्त्री सहितको प्रदेश सरकार बनेको छ । 

प्रदेशमा केन्द्रको जस्तै कार्यक्रमको आयोजनाले सरकार आफ्नो गाउँ ठाउँमा आएको महशुस भएको कार्यक्रममा सहभागीहरुले बताएका छन् ।

प्राध्यापक डाक्टर उत्तम कुमार रेग्मीले भने, राष्ट्रपति कार्यालयको झल्को दिने गरि कार्यक्रम भएको देख्दा सरकार आफ्नै गाउँमा आएजस्तै लाग्यो । १२ बजे देखि आयोजना गरिएको कार्यक्रमलाई ब्यवस्थित पारिएको थियो ।’

होलीको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना भईरहँदा सर्बसाधारणको उपस्थिति थियो भने विशिष्ट व्यक्तिहरुलाई निमन्त्रणा गरिएको थियो । 

कार्यक्रममा सभामुख प्रदीप भण्डारी, आन्तरिक मामिलामन्त्री हिक्मत कार्की, सांसद मोती दुगडलगायत  उद्योगी, व्यापारी, प्राध्यापक, राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, पत्रकारलगायतको उपस्थिति रहेको थियो । उनीहरुले एकआपसमा रंग दलेर शुभकामना आदानप्रदान गरे । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x