कात्तिक २१, २०८०
चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...
फागुन २१, २०७४
काठमाडौं, २१ फागुन- आईसीसी विश्वकप क्रिकेट प्रतियोगिताको छनोटअन्तर्गत शुरुवाती खेलमा नेपालले टेस्ट मान्यताप्राप्त घरेलु टोली जिम्बाब्वेसँग हार ब्योहोरेको छ ।
३८१ रनको भीमकाय लक्ष्य पछ्याएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २६४ रन जोड्यो ।
सधैं साथ दिँदै आएको बलिङले काम नगरेको दिन ब्याटिङले केही आत्मविश्वास फर्काएको छ । २ सय रन बनाउन पनि निकै ठूलो संघर्ष गर्ने गरेको टोलीले बलियो प्रतिद्वन्द्वीविरुद्ध जोडेको यो स्कोर ब्याट्सम्यानहरूको आत्मविश्वासका लागि निकै महत्त्वपूर्ण छ ।
पहिलो खेलमै हार ब्योहोरेपछि समर्थकहरूमा निराशा देखिएको छ । तर निराश भइहाल्नुपर्ने अवस्था छैन । पहिलो खेलमै हार र रनरेटमा निकै पछि परे पनि नेपालले सुपर सिंक्समा स्थान बनाउने सम्भावना अझै जीवित छ । समूह चरणमा नेपालले अब स्कटल्याण्ड, अफगानिस्तान र हङकङसँग खेल्न बाँकी छ।
बाँकी ३ मध्ये २ खेलमा जीतले नेपाललाई सुपरसिक्समा पुर्याउनसक्छ । नकारात्मक रनरेटमा सुधार नगर्ने हो भने ३ वटै खेल जित्नुपर्ने पनि हुनसक्छ । बाँकी ३ वटै टोली नेपालका लागि परिचित र बलिया प्रतिद्वन्द्वी हुन् ।
मुख्य लक्ष्य भेट्टाउन एक जीत नै पर्याप्त !
कप्तान पारस खड्काले भनिसकेका छन्, यस प्रतियोगितामा नेपालको मुख्य लक्ष्य एक दिवसीय मान्यता पाउनु हो ।
प्रतियोगितामा सहभागी १० मध्ये ५ टोली (वेस्ट इण्डिज, जिम्बाब्वे, अफगानिस्तान, आयरल्याण्ड र नेदरल्याण्ड)सँग यो मान्यता छ । बाँकी ३ टोलीले ४ वर्षका लागि एकदिवसीय टोलीको मान्यता पाउने छन् । सो ३ स्थानका लागि नेपाल, स्कटल्याण्ड, हङकङ, युएई र पपुवान्युगिनी प्रतिस्पर्धी छन् ।
यदि समूह चरणमा कुनै पनि खेल नजितेर वा शीर्ष ३ मा पर्न पर्याप्त अंक नजोडेर अन्तिम २ मा रहेको अवस्थामा सातौं स्थानका लागि प्लेअफ खेल्नुपर्ने हुन्छ । सातौं स्थानका लागि हुने प्लेअफको खेल मात्रै जित्दा पनि एकदिवसीय मान्यता पक्का हुने सम्भावना छ ।
सातौं स्थानको प्लेअफमा नेपालका सम्भावित प्रतिद्वन्द्वी युएई वा पपुवान्युगिनी हुन् । त्यसो त क्रिकेट सम्भावना नै सम्भावनाको खेल भएकाले वेस्ट इण्डिज, आयरल्याण्ड वा नेदरल्याण्ड नहोलान् भन्न सकिन्न । तर यी ३ टोलीलाई प्रतिद्वन्द्वीका रूपमा पाउने अवस्थामा एकमात्र जीत एकदिवसीय मान्यताका लागि पर्याप्त नहुनसक्छ ।
यो बाटोबाट एकदिवसीय मान्यता पाउने हो भने आईसीसीका चार पूर्ण सदस्य (वेस्ट इण्डिज, जिम्बाब्वे, अफगानिस्तान र आयरल्याण्ड) तथा लिग च्याम्पियन्सिप जितेर एकदिवसीय मान्यता पाएको नेदरल्याण्डले सुपर सिक्समा स्थान बनाउनु नेपालका लागि फाइदाजनक हुनसक्छ ।
पूर्ण सदस्य राष्ट्रहरूलाई नै पछि पार्दै ३ एसोसिएट टोलीले सुपरसिक्समा स्थान बनाउने हो भने बाँकीका लागि यो सम्भावना अन्त्य हुनेछ ।
यस्तो छ अहिलेको अंक तालिका
पछिल्लो २ खेलयताको ब्याटिङ लय कायम रहने र बलिङमा पुनरागमन गर्ने हो भने नेपालले बाँकी ३ खेलमा सकारात्मक नतिजा ल्याउनसक्छ ।
अफगानिस्तान र स्कटल्याण्ड नेपालभन्दा केही बलिया र हङकङ नेपालकै स्तरको टोली हो ।
एकदिवसीय मान्यता नै पाइन्न कि भनेर अहिले नै डराइहाल्नुपर्ने अवस्था छैन । नेपालले निर्धक्क भएर आफ्नो क्षमताअनुसार खेल्ने हो भने सुपरसिक्समा पुग्ने सम्भावना जीवितै छ ।
चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...
इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइट राइडर्सले लखनउ सुपर जायन्ट्सविरुद्ध शानदार जीत हासिल गरेको छ । आइतबार राति सम्पन्न खेलमा केकेआरले लखनउलाई ९८ रनले हराएको हो । जितसँगै केकेआर अंक तालिका...
भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्समाथि जीत दर्ता गरेको छ । सोमबार राति घरेलु मैदान इडेन गार्डेनमा भएको खेलमा उत्कृष्ट फर्ममा रहेको कोलकाताले द...
कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...
इंडियन प्रिमियर लिग (आईपीएल)क्रिकेटमा लखनऊ सुपर जाएन्ट्स दिल्ली क्यापिटल्ससँग पराजित भएको छ । दिल्लीको घरेलु मैदानमा सोमबार राति सम्पन्न खेलमा दिल्ली १९ रनले विजयी भएको हो । दिल्लीले दिएको २०९ रनको लक्ष्य पछ्य...
नेपालले वेस्ट इन्डिज ‘ए’सँगको टी–२० क्रिकेट श्रृंखला एक खेलअगावै गुमाएको छ । पाँच खेलको श्रृंखलाअन्तर्गत चौथो खेलमा पराजित भएसँगै नेपालले अन्तिम खेल नखेली वेस्ट इन्डिजलाई नतिजा सुम्प...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...