कात्तिक १८, २०८०
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
विराटनगर, २२ फागुन-एक नम्बर प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरे आफ्ना सहयोगीसहित ८ जनाको टोली लिएर सोमवार बिहान ८ बजे मन्त्रालयबाट निस्किए ।
अनुगमनको लागि भन्दै हिँडेको टोली कहाँ जाने केही अत्तोपत्तो थिएन । कर्मचारी सल्बलाएर कहाँ जान लागेको होला भनेर कानेखुसी गर्दै थिए । कसैलाई जानकारी नै नदिई निस्किएका मन्त्री घिमिरेको गाडीको पछि–पछि अर्को गाडी पनि थियो । अगाडि मन्त्रीको सहित पत्रकारको गाडी पछि–पछि मन्त्रालयका अनुगमन टोलीको गाडी ।
मन्त्रीको गाडी विराटनगरको बरगाछी पुगेर सिधै उत्तर (इटहरी)तर्फ मोडियो । अलिक अघि आयल निगम र ढाटमा केही पत्रकारलाई टिपेर हिँडेको गाडी अघि बढ्दै गर्दा मन्त्री घिमिरेले भने, ‘हामी अनुगमनका लागि जाँदैछौ ।’ के को अनुगमन गर्ने भन्ने बारेमा केही नखुलाएका मन्त्री घिमिरेले इटहरीका केही पत्रकारहरुलाई पनि खबर गर्न लगाए । त्यहाँका पत्रकारलाई पनि केही जानकारी दिइएको थिएन । उनले सबैलाई विराटनगर रोडको एक पेट्रोल पम्प नजिकै बोलाउन भनिएको थियो ।
सुनसरीको दुहवी नगरपालिकाको मुख्य चोकमा पुगेको मन्त्रीको गाडी एकाएक फर्काइयो । करीब सय मिटर दक्षिणतर्फ रहेको एउटा होटलमा रोकियो जुन हिरा होटल थियो । यो अधिकांश संघ–संस्था तथा सरकारी कर्मचारीले खाजा खाने नाम चलेको मिठाइ तथा होटलको रुपमा परिचित छ ।
मन्त्रीले यहाँ खाजा खुवाउने भए भनेर दंग परेका कर्मचारी तथा अनुगमन टोलीका अधिकारीहरू मन्त्री सिधै खाजा खाने ठाउँमा नबसी भित्र पसेपछि थप अचम्मित भए । मन्त्री भित्रको भान्सा भएको स्थान, त्यहाँको सरसफाइको अवस्थाका बारेमा थाहा पाउन भित्र पसेको पाइयो । मन्त्रीले कर्मचारीलाई निर्देशित गर्दै भने, ‘तपाईंहरुले यहाँको सरसफाइको अवस्थाको बारेमा जानकारी लिएर टिप्नुस्,’ कर्मचारीले पनि सोही अनुसार नै गरे ।
नाम चलेको होटलको भान्सा निकै फोहोर थियो । सर्वसाधारणको स्वास्थ्यसँग जोडिएको खाने कुरा बनाउने ठाउँ र शौचालय सँगै थियो । अनि त्यही खानेकुरा पकाउने भान्साको छेवैबाट फोहोरको नाली बग्दै थियो । छेवैमा कात खुट्टा धुँदै गरेको दृश्य देखेका मन्त्रीले त्यहाँको अवस्थाको बारेमा टिपोट गर्न लगाएर केही नबोली गाडी चढेर इटहरीतर्फ लागे ।
इटहरी–दुहवीको दुरी करिब १० किलो मिटर हो । मन्त्री घिमिरेको गाडी सबै पत्रकारलाई बोलाइएको स्थल साथी पेट्रोल पम्पमा गएर रोकियो । गाडीबाट झरेका मन्त्री सिधै शौचालयमा पुगे । त्यहाँका कसैलाई थाहै नदिई शौचालय छिरेका मन्त्रीले त्यहाँका कर्मचारीलाई बोलाएर सरसरफाइ राम्रो नभएकोले सरसफाइको बारेमा ध्यान दिन सुझाए ।
त्यसपछि मन्त्रीको टोली इटहरी बसपार्कमा रहेको २ वटा शौचालय, इटहरीको जनता बहुमुखी क्याम्पस, इटहरी सामुदायिक अस्पतालको शौचालयको सरसफाइको अवस्थाबारे जानकारी लिइरहँदा सबै छक्क परे ।
त्यहाँबाट अघि बढ्दै गएका मन्त्री घिमिरेले मोरङको बेलबारीमा रहेको खड्का आयल सेन्टरको शौचालयमा पसे । त्यहाँको शौचालयमा किरैकिरा देखिएपछि मन्त्री छक्क परे, उनले तत्काल सरसफाइ गर्न दिर्नेशन दिए ।
कर्मचारी आतंकित
सामाजिक विकास मन्त्रीले पछिल्ला दिनहरूमा शौचालय अनुगमनको क्रमलाई तीव्र बनाएका छन् । विराटनगरको विभिन्न शौचालयको अनुगमन गरेका मन्त्री घिमिरे सोमबार सुनसरी र झापाका शौचालयको अवस्थाका बारेमा बुझ्न निस्किएका थिए । सुनसरीको अनुगमनपछि झापा पुगेका मन्त्रीले दमकमा रहेको मालपोत, नापी, दमक बहुमुखी क्याम्पस, इलाका प्रहरी कार्यालय र बसपार्कको सर्वजनिक शौचालयको अवलोकन गरे ।
कसैलाई जानकारी नै नदिई विराटनगरबाट आफ्नो टोलीमा रहेका केही कर्मचारी बेकेर हिँडेका मन्त्री घिमिरे दमकमा रहेको मालपोत कार्यालयमा सिधै भित्र पसेर त्यहाँको अवस्थाको बारेमा जानकारी लिँदा कर्मचारीहरु आतंकित देखिन्थे । उनीहरू काम छोड्दै मन्त्री नजिक आएका थिए । तर मन्त्री एक शब्द पनि नबोली त्यहाँको शौचालयको अवस्था बुझेर फर्किए । मन्त्रीसँग केही आफ्ना कुरा राखौँला भन्ने सोचेका कर्मचारीमा मन्त्रीको एक्कासि गरिएको अनुगमनले अब कारबाही पो हुने हो कि भन्ने त्रासमा देखिएका थिए ।
सामुदायिक क्याम्पसमा उपस्थित हुँदैनन् प्राध्यापक
अनुगमनको क्रममा मन्त्री घिमिरे सहितको अनुगमन टोलीले सुनसरीको इटहरी जनता बहुमुखी क्याम्पस र झापाको दमक बहुमुखी क्याम्पसको अनुगमन पर्यो । अनुगमनका क्रममा जनता बहुमुखी क्याम्पसमा हाजिर हेर्दा ६० प्रतिशत कर्मचारी अनुपस्थित रहेको पाइयो । नियमित स्थायी दरबन्दीमा रहेको प्राध्यापक, सहप्राध्यापक तथा कर्मचारीहरू कतिपयले ११ गतेदेखि नै हाजिर गरेका थिएनन् ।
त्यस्तै अधिकांश कर्मचारीले १६ गतेदेखि नै हाजिर पनि नगरेको र बिदाको कुनै जनाउ नै नदिएको पाइएको सामाजिक विकास मन्त्रालयका कर्मचारी हरि सुवेदीले जानकारी दिए । उनका अनुसार दमक बहुमुखी क्याम्पसमा भने केही व्यवस्थित देखिएको थियो ।
दोषीलाई कारबाही गरिने
मन्त्रीमा नियुक्त भएको हप्ता दिनदेखि अनुगमन थालेका मन्त्री घिमिरेले १८औँ दिन झापा र सुनसरीका शौचालयको अवस्थाका बारे जानकारी लिइ रहँदा त्यो भन्दा पहिला नै विराटनगरमा भएको शौचालय अनुगमनको प्रभाव देखिएको छ ।
भान्साजत्तिकै चर्पी सफा हुनु पर्ने मान्यता राखेर सरकारी शौचालयको अवस्थाका बारेमा आफ्नो ध्यान चर्पीमा केन्द्रित भएको मन्त्री घिमिरेले बताए । ‘पहिलो चरणमा अनुगमन गरेर त्यसको अवस्था मुल्याङ्कन गरी मार्किङ गरिने र अनुगमन समितिले तयार पारेको रिपोर्टको आधारमा मन्त्रालयले सम्बन्धित कार्यालय तथा संस्थाहरुमा रिपोर्टसहित पत्राचार गरेर सफा राख्न भनिने छ,’ मन्त्री घिमिरेले भने ।
शौचलयको सरसफाइलाई ध्यान नदिँदा त्यसले महामारीको रूप लिने भएकोले शौचालयलाई पहिलो प्राथमिकता राखेर सरसफाईमा ध्यान दिन सम्बन्धित कार्यालयहरुलाई भनिएको मन्त्री घिमिरेको भनाइ छ ।
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...