×

NMB BANK
NIC ASIA

गाउँकी ‘गहना’ थिइन् शान्ति, बलात्कारीले बाँच्नै दिएनन्

फागुन २३, २०७४

NTC
शान्ति तामाङ्गकाे घर
Premier Steels

बिराटनगर, २३ फागुन– मोरङको मिक्लाजुङ गाउँपालिका–७ मधुमल्लाको सिसौली टोल । टोलबाट अलि पर गंग्रे खोलाको किनार, सबैबाट टाढिएजस्तो एक झुपडी छ । बाँसले बेरेर पुराना जस्तापाताले छाएको यो झुपडी शान्ती तामाङ्गको ‘घर’ हो । 

Muktinath Bank

केही दिन अगाडिसम्म यो घरमा बेग्लै चहलपहल हुन्थ्यो । टोलबाट टाढा भए पनि गाउँका मानिसहरु यो घरमा आइरहन्थे । शान्ति गाउँका लागि ‘गहना’ जस्तै थिइन् । गाउँमा हुने हरेक काममा शान्तिको उपस्थिति अनिवार्य जस्तै हुन्थ्यो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर अहिले शान्तिको यो घर कुनै समसान जस्तो लाग्छ । मंगलवार लोकान्तरकर्मी पुग्दा शान्तिको घरको ढोका खुल्लै थियो । घरभित्र चामलका केही बोरा थिए, सामानहरु यत्रतत्र छरिएका । 


Advertisment
Nabil box
Kumari

सिसौली टोल नजिकै आइवार साँझ शान्तिको शव भेटिएको थियो । सोही दिन विहान गाउँकै एक बालिकालाई गुन्यू–चोलो दिने कार्यक्रममा गएकी उनी साँझसम्म शव बनिसकेकी थिइन् । ढुङ्गाले किचेर अनुहारसमेत चिन्न नसकिने गरी छतविक्षत् अवस्थामा उनको शव फेला परेको थियो । 

Vianet communication

हत्या भएकी शान्ती दास्रो विवाह गरेर मधुमल्ला पुगेकी हुन् । उनका पहिलो श्रीमान् नेपाली सेनामा काम गर्थे । पहिलो श्रीमानले अर्की श्रीमति ल्याएपछि बाध्य भएर उनले दोस्रो विवाह गरेकी हुन् । पहिलो श्रीमान्बाट उनकी एक छोरी छन् । 

दाइ पृथ्वी राईका अनुसार शान्ति गाउँ–घरमा असाध्यै मिल्ने स्वभावकी थिइन् । गाउँमा हुने प्राय सबै धार्मिक कार्यक्रममा उनको सहभागिता अनिवार्य जस्तै हुन्थ्यो । 

‘हत्या भएको दिन उनी विहानै गुन्यू–चोलो कार्यक्रममा गएकी थिइन्,’ शान्तिका दाइ पृथ्वीले सुनाए, ‘त्यही कार्यक्रममा गएका कसैले उनको हत्या गरेको हुनसक्छ ।’

शान्ती घरमै तानबाट ढाका बुन्थिन् । उनका श्रीमान गाउँ घरमा सुँगुरका पाठा किनेर बजारमा बिक्री गर्थे । उनका छोरा विशाल काठमाडौंमा सेक्युरिटी गार्डको काम गर्थे । १३ वर्षीया छोरी भने गाउँकै स्कूल पढ्छिन् । आमाको हत्या भएको खबर सुनेपछि विशाल पनि घर पुगेका छन् । 

पीडामाथि पीडा

शान्तिका आफन्तहरु उनको हत्यारालाई पक्राउ गर्न माग गर्दै इलाका प्रहरी कार्यालय मधुमल्लामा धर्नामा छन् । प्रहरीले बलात्कारपछि हत्या भएको हुनसक्ने बताएपछि आफन्तहरु झन क्रोधित बनेका छन् । नामजस्तै शान्त शान्तिको हत्या भएपछि अहिले गाउँ ने शोकाकूल बनेको छ । 

‘घटना भएको ३ दिन भइसक्दा पनि प्रहरीले हत्यारालाई पक्राउ गरेको छैन,’ शान्तिकी भाउजु उर्मिला राईले भनिन्, ‘बलात्कारपछि हत्या भएको भनिएको छ । यस्तो कुरा थाहा पाएपछि झन पीडा थपिएको छ । प्रहरीले अनुसन्धान गरिरहेका छौं मात्रै भन्छ ।’

सामूहिक बलात्कारपछि हत्या

प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानबाट शान्तिको सामूहिक बलात्कार पछि हत्या भएको हुनसक्ने तथ्य पत्ता लागेको छ । ‘शरीरमा कुनै लुगा थिएन । अनुहार भरी ढुङ्गाले हानेर किच्चिएको थियो,’ घटनाको अनुसन्धान गरिरहेका इलाका प्रहरी कार्यालय उर्लावारीका प्रहरी नीरिक्षक चन्द्रबहादुर थापाले भने, ‘घटनाको प्रकृति हेदा मादक पदार्थ सेवन गरि बलात्कार गरेर उनको विभत्स हत्या भएको हुन सक्छ ।’ 

प्रहरीले शान्तिको शव गंग्री खोलामा फालिएको अवस्थामा फेला परेको बताएको छ । आइतवार मध्याह्न १२ बजेतिर शान्तिको हत्या भएको हुनसक्ने प्रहरी बताउँछ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x