×

NMB BANK
NIC ASIA

रकम अभावले कछुवाको गतिमा निर्माण हुँदै विराटनगरको ६ लेन सडक

फागुन २३, २०७४

NTC
Premier Steels

विराटनगर २३ फागुन- रानीदेखि विराटनगर हुँदै इटहरी र धरानको लामो सडक योजनाको काम शुरु भएको २०७० सालदेखि नै हो । यही समयमा शुरु भएका भैरहवा–बुटवल, कोहलपुर–नेपालगञ्ज लगायतका लगायतका क्षेत्रमा काम अन्तिम चरणमा पुगिसकेका छन् । तर रानी–विराटनगर–इटहरी–धरान ६ लेन सडक परियोजनाको काम भने कछुवाको गतिमा भइरहेको छ ।

Muktinath Bank

रानीको भन्सार यार्डदेखि शुरु भएको सडक विस्तारको काममा ढिलाई भएको हो । रानीदेखि ३ किलोमिटर उत्तरसम्म आशिष रोयल एपेक्स जेभी ८० प्रतिशत काम पूरा भएको छ । ५९ करोड ९८ लाखको लागतमा २०७२ असारदेखि २०७५ असारसम्मको सक्ने लक्ष्यसहित निर्माणको ठेक्का पाएको थियो । रानीको ३ किलोमिटरमाथि देखि उत्तर थप ३ किलोमिटर कालिका कान्छाराम जेभीले ठेक्कामा लिएको थियो । ६१ करोड ४७ लाखको लागतमा २०७२ साल असारदेखि २०७५ साल असार मसान्तसम्मको सक्नु पर्नेछ । यसको प्रगति जम्मा ५५ प्रतिशत मात्र पूरा भएको सडक परियोजनाको कार्यालयले जनाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND


Advertisment
Nabil box
Kumari

रानीदेखि ३५ किलोमिटरसम्मको टेण्डर लागिसकेको छ । त्यसमा दुहबी बजारमा डेढ किलोमिटरको टेण्डर लग्नै बाँकी छ । ६ अर्बको सम्झौतामा यसवर्ष जम्मा ५९ करोड रुपैयाँ मात्र निकासा भएको छ ।

Vianet communication

६ लेन सडक परियोजनाको काम अहिले रकम अभावमा रोकिने अवस्थामा पुगेको  छ । हालसम्म ६ अर्ब ५० करोडको ठेक्का सम्झौता भइसकेको छ ।

अहिले ठेक्का लागेका स्थानमा निर्माणको काम भइरहेका छन् । तर यही बेलामा रकम अभाव देखिएको परियोजनाका इञ्जिनियर सुमोद पोखरेलले जानकारी दिए । गतवर्ष पनि रकम निकासामा ढिला हुँदा २ महिना काम रोकिएको थियो । ठेक्का सम्झौता भएको ६ अर्ब ५० करोडमा १ अर्ब २५ करोड रकम मात्र खर्च भएको छ ।

यो वर्ष जम्मा नेपाल सरकारले ५९ करोड रकम निकासा गरेको छ । त्यो रकम सकिएपछि ठेकेदारले काम रोकेको छ ।

दैनिक २ सयभन्दा बढी कामदारले नियमित कायम गर्दै आएको जोगवनी–धरान सडकखण्डमा अहिले ५० जनाले पनि काम नगरेको पोखरेलको भनाई छ । यसको मुख्य कारण रकम निकासा कम हुनुु नै रहेको परियोजनाको ठहर छ ।

अहिलेको यही अनुपातमा काम हुने हो भने रानी–विराटनगर–इटहरी–धरानको काम सक्न १२ वर्ष लाग्ने इञ्जिनियर पोखरेल बताउँछन् । अहिलेसम्म काम नरोकिएको भए पनि तत्काल रकम निकासा नहुने हो भने अबको एक महिनाभित्र काम रोकिने अवस्थामा पुगेको उनले बताए । 

यसरी हुँदैछ काम

महेन्द्रचोकदेखि बरगाछी: यो सडक तुन्दिरमण जेभीले २०७३ असोजदेखि २०७५ वैशाखसम्ममा सक्ने गरी ५२ करोड ६० लाखमा ठेक्कामा पाइको हो । यस खण्डमा तीव्र गतिमा काम भइरहेको छ ।

बरगाछी–एयरपोर्ट मोड: यो सडकखण्ड १ दशमलव ५ किलोमिटर रहेको छ । कञ्चनजंगा पीएस गिताञ्जली जेभीको ठेक्कामा २ करोड ३२ लाखको लागतमा २०७० असार २७ गतेदेखि २०७४ असोजसम्म सक्ने गरी ठेक्का सम्झौता भएको थियो ।

एयरपोर्ट–डिडिसी: ढुकुछु कान्छाराम डिम्डुङ जेभीले काम थालेको २०७० साल असार २७ गतेदेखि नै हो । तर त्यसको म्यद थप गरेर पनि २०७४ असार समान्तमा सकिएको छ । तर त्यो काम अझ पूरा हुन सकेको छैन । 
बरगाछी–डिडिसी (नाली निर्माण): बरगाछीदेखि दुग्ध विकास संस्थानसम्मको नाली निर्माणको ठेक्का पनि सकिएको छैन । १४ करोड १५ लाखको लागतमा २०७१ माघदेखि २०७४ असोजसम्मका लागि सम्झौता भएकोमा अहिले करीब ७० प्रतिशत मात्र प्रगति देखिन्छ ।

आइपीएल पप्पु जेभीले यो कामको ठेक्का लिएको थियो । समयमा नै काम नसक्दा यो ठेकेदार कम्पनी पेनाल्टीमा परेको छ । अब यो कम्पनीले जरिवाना वापत १ करोड ३० लाख तिर्नु पर्ने रानी–विराटनगर–इटहरी परियोजनाले जनाएको छ । 

डिडिसी–नेमुवा–नहर: यो सडकको ठेक्का सम्झौता अनुसार ३ प्याकेजमा लगाइएको छ । ४ किलोमिटर २ प्याकेज र बाँकी एक प्याकेजमा सक्ने गरी ठेक्का सम्झौता भएको हो । यो सम्झौताअन्तर्गत डिडिसी–टंकी, टंकी–बाँसवारी र बाँसवारी–नेमुवा गरी ३ प्याकेजमा काम शुरु भएको छ । टंकी–बाँसवारी सडकखण्डको काम पनि तीव्र पारिएको छ ।

शर्मा कान्छाराम जेभीले २०७१ साल माघदेखि २०७५ असार मसान्तमा सक्ने गरी सम्झौता गरेको छ ।  ९० करोड ८२ लाखको लागतमा निर्माण भइरहेको सडकको काम ४० प्रतशत सकिएको छ । टंकीसिनवारी–नेमुवा सडक निर्माणको ठेक्का कान्छाराम कन्स्ट्रक्सनले पाएको छ ।

यो सम्झौता शुरु भएको बल्ल १ महिना बितेको छ । ३१ करोड लागतमा निर्माण शुरु भएको कामको सम्झौता २०७७ सालमा सकिने छ । यसको दूरी १ दशमलव १८ किलो मिटर छ । 

दुहबी बजार: सुनसरीको दुहबी बजारका काम अघि बढ्न सकेको छैन । यसको दूरी डेढ किलोमिटर रहेको छ । स्थानीयले सडकमा निर्माण गरिएको घर भत्काउने विषयमा विवाद हुँदा ठेक्का सम्झौता नै हुन सकेको छैन । स्थानीयसँगको विवाद नमिल्दा ठेक्का लाग्न सक्ने अवस्था छैन ।

दुहबी–इटहरी: यो सडक तुम्दीरमण जेभी जनकपुरको ठेकेदार कम्पनीले ९ दशमलव ६ किलोमिटर निर्माण गर्ने गरी ठेक्का पाएको छ । १ अर्ब ६९ करोडको लागतमा निर्माण सम्पन्न गर्ने समय २०७५ चैत सम्मको म्याद दिइएको छ । यसमा म्याद थपिने सम्भावना बढी देखिन्छ । यसको उपलब्धि बल्ल ३० प्रतिशत देखिन्छ । यो ठेक्काको सम्झौत अवधि ३० महिनाको हो ।

इटहरी–तरहरा: यो सडकखण्डा सबैभन्दा चौडा सडकको रूपमा स्थापित हुनेछ । यो सडकखण्ड २ प्याकेजमा निर्माण पूरा हुने परियोजनाले जनाएको छ । इटहरी–आमगाछी सडक साढे २ किलोमिटर स्वच्छन्द काज्छाराम शैलुङ जेभीले ९१ करोडको लागतमा २०७६ चैतसम्ममा सक्ने लक्ष्य राखेर काम अघि बढाएको छ । यसको २०७४ साल असोजदेखि ठेक्का सम्झौता शुरु भएको हो ।

आमगाछी–तरहरा सडक खण्ड पनि साढे २ किलोमिटर नै रहेको छ । यसको ठेक्का आशिष–सन्तोषी लुम्बिनी जेभीले पाएको छ । २०७४ कार्तिकदेखि ठेक्का सम्झौता भएको यो सडक २०७७ वैशाखसम्म सम्पन्न गरिसक्नुपर्ने छ । ८९ करोड १० लाखको लागतमा सम्झौता भएको हो ।

इटहरी-तरहरा ४० मिटर चौडा

इटहरी तरहरा सडक ४० मिटर चौडा हुने छ । ग्रिनबेल्ड सर्भिस लेन सकित २०÷२० मिटर सडकलेन बनाउने योजना अनुसार काम अघि बढेको छ । आर्थिक वर्ष २०७५÷०७६ सम्मको परियोजनाको समय सीमा रहेकोमा अझै १४ किलोमिटर टेण्डर गर्नै बाँकी रहेको छ ।

एकैपटक टेण्डर आह्वान गरेको भए सजिलो हुने थियो, तर विभिन्न किस्तामा टेण्डर गर्दा समस्या आएको परियोजनाका अधिकारीहरू बताउँछन् । परियोजना आफ्नै तालले अघि बढेको छ । ‘पटके ठेक्कापट्टाले गर्दा समस्या छ, इञ्जिनियर पोखरेलले भने, ‘सडक सीमा विवाद, विद्युत् लाइन व्यवस्थापन चाँडो हुन नसक्नु, रुख कटानमा ढिलाई गरिदिनुले अप्ठ्यारो भएको हो ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x